Advertisement
SKIP THIS

स्याङ्जा परिवार दक्षिण कोरियाको रहात बितरण कार्यक्रम सम्पन्न


नोमराज गुरुङ्
सोल–कोरिया ।
स्याङ्जा परिवार दक्षिण कोरियाले महा–भुकम्प पीडितको लागि सङ्कलन गरेको रहात बितरण कार्यक्रम सम्पन्न भएको छ । गोर्खाको गाँखु र सौरापानी गा.वि.स.का ३ विद्यालयलाई जस्तापाता र जिल्ला दैविक प्रकोप रहात कोष स्याङ्जालाई नगद हस्तान्तरण गर्दै रहात बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

उसले पहिलो चरणको रहात बितरण कार्यक्रम अन्र्तगत जुन १२ तारिखमा गोर्खाको गाँखु गाविस स्थित बैशाख १२ गतेको महाभुकम्पले क्षेतबिच्छेद भएका गाँखुका संसारी महेन्द्र उच्च मावि र हिमालय मावि र सौरापानी वडा नम्वर ८, रनचोकमा रहेको दुर्गा माविलाई शुक्रबार रहात स्वरुप जम्मा ५१ बण्डल जस्ता पाता बितरण गरिएको थियो ।

जिल्ला शिक्षा कार्यालय गोर्खासँग समन्वय गरी भौतिक संरचना ध्वस्त भएका ३ विद्यायलहरु दुर्गा माविलाई ८ फुटे २० बण्डल र नगद ५ हजार, संसारी महेन्द्र उच्च माविलाई १० फुटे १० बण्डल र हिमालय माविलाई ८ फुटे ७ बण्डल, ७ फुटे ७ बण्डल र ६ फुटे ६ बण्डल जस्ता पाता बितरण गरेको थियो ।

३ विद्यालयहरु मध्य दुर्गा माविमा ४३१, संसारी महेन्द्र उच्च माविमा ४३५ र हिमालय माविमा २१५ विद्यार्थी अध्ययन गर्छन् ।

स्याङ्जा परिवार कोरिया नेपाल रहात बितरण टोलीका संयोजक सूर्य चन्द, स्याङ्जा परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष छ्याम थापा, समाजसेवी लालबहादुर गुरुङ, पत्रकार गीता राना, कृष्ण गुरुङ् र विबेक गुरुङ्लगायतको टोली रहात बितरण पुगेका थिए ।

टोली टाटा भ्यान र महेन्द्र जीपमा लिएर गएको जस्तापाता सडक असुविधाका कारण विद्यालय परिसरमै पु¥याउन नसक्ने भएपछि रनचोक गाविस र गाँखु गाविसका तीनै विद्यालयका अभिभावकहरु ३ घण्टाको पैदल हिँडेर बेसीसम्म जस्ता बोक्न आईपुगेका थिए ।

भुकम्पले क्षतविच्छेद विद्यालयको लागि जस्तापाता लिएर जाने टोलीलाई अविभावकहरुले भब्य स्वागत समेत गरेका थिए ।

गृहजिल्ला स्याङ्जामा भने परिवारले जुन १८ तारिखमा जिल्ला दैविक प्रकोप रहात कोषमा नगद नै हस्तान्तरण गरेको छ ।

टोली संयोजक सुर्य चन्द, संस्थापक अध्यक्ष छ्याम थापा, सुमन आर्याल, बिष्णु ढकाल लगायतको उपस्थितिमा एक औपाचारिक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई नगद ४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले गृहजिल्लामै रहातको लागि विदेशबाट पठाईएको रकमको सहि सदुपयोग हुने बताएका थिए ।

स्याङ्जा परिवार दक्षिण कोरियाले बैशाख १२ गते नेपालमा गएको मह–भुकम्प पीडितहरुको लागि १० लाख रुपैयाँ सङ्कलन गरेको थियो । सो मध्य ६० प्रतिशत रकम बराबरको जस्ता पाता गोर्खा र ४० प्रतिशत रकम गृह जिल्ला स्याङ्जामा हस्तान्तरण गरेको हो ।

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...