Advertisement
SKIP THIS

अब नेपालमा १२ लाखमा ४ कोठे घर बन्ने


चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ ।  फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो ।
रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ ।
शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी, सस्तो , ६० बर्ष टिकाउ हुने जनाइएको छ । ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ ।
कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ । यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ । १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।
४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको कार्यकारी निर्देशक छे दोङ्ग इलले जानकारी दिए  । दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनिले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ ।
अबको ३ बर्षभित्र हरेक नेपालीको घरमा पुग्ने योजना कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए । महाप्रबन्धक सम्बाहाम्फेले नेपाली ग्राहकको गच्छे अनुसार १२ लाख रुपैयाँ सम्ममा किचेन ट्वाइलेटसहितको ४ कोठे भवन निर्माण गर्न सकिने  बताए ।
यो प्यानलले आवाशीय भवनहरुका साथै सरकारी भवन,बिद्यालय,अस्पताल,ह्याचरी,हाइड्रोपावर, एयरपोर्ट,रंगशाला,जीम हल,सैनिक प्रहरी क्याम्प,कारखाना,होटेल,रिसोर्ट,डिपार्टमेन्ट स्टोर,पार्टी प्यालेस निर्माण गर्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...