विषाक्त मदिराले ८९ को ज्यान गयो


फोनिज कोरिया संवाददाता
 
 
भारत – मुम्बईमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको संख्या शनिबार ८९ पुगेको मुम्बई प्रहरीले जानकारी दिएको छ।भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनञ्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा सेवन गरी मर्नेको संख्या सय नजिक पुगेको जानकारी दिए | उनले यसरी मर्ने व्यक्तिको संख्या ८९ पुगेको तथा २१ व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताए। उनले मर्नेको संख्या अझै बढ्नसक्ने उल्लेख गरे।
गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर बुधबारदेखि मानिसहरू बिरामी पर्न थालेका हुन्। आइतबार पनि यस्ता बिरामी अस्पतालमा भर्ना भइरहेको प्रहरी उपआयुक्तले बताए। नगरको उत्तरी भागमा अवस्थित मालाद वेस्टमा रहेको गरिब बस्तीमा यस्ता मदिरा बिक्री गरेको भनी पाँच व्यक्तिलाई पक्राउ गरिएको छ। आफ्नो क्षेत्रमा यस प्रकारको मदिरा बिक्री गर्न दिएको र लापरवाही गरेको भनी आठ प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिइएको छ।
तैयार खानले आफ्ना श्रीमान्को मृत्यु भएको जानकारी दिइन्। उनले भनिन्, ‘सुरुमा उनलाई बान्ता आउन सुरु भयो र पेट दुख्न थाल्यो।’ त्यसको तीन घन्टापछि श्रीमान्को मृत्यु भएको उनले बताइन्। उनी बितेपछि आफ्नो बिजोग भएको उनले बिलौना गरिन्। उनले भनिन्, ‘उनी त बितिहाले तीनजना बालबच्चासँग मलाई आपत्ति आइलाग्यो।’
ती मदिरामा अधिक मात्रामा मेथानल रहेको छ कि छैन भनी अनुसन्धान भइरहेको छ। सन् २००४ मा पनि मुम्बईमा यस्तै प्रकारको घटना भएको थियो। त्यस समयमा एक सय व्यक्तिको मृत्यु भएको बताइएको छ।
जनवरी महिनामा उत्तर प्रदेशको लखनउमा यस्तै गैरकानुनी रूपमा उत्पादन भएको मदिरा सेवन गरी ३१ व्यक्तिको मृत्यु भएको थियो। सन् २०१३ को अक्टोबरमा उत्तर प्रदेशमा यस्तै मदिरा सेवन गरी तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएपछि प्रहरीले १२ व्यक्तिलाई पक्राउ गरेको थियो।
सन् २०११ मा पश्चिम बंगालमा यस्तै मदिरा सेवन गरी एक सय ७० व्यक्तिको मृत्यु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...