Advertisement
SKIP THIS

अन्तिम बिद्रोह


समिर बमजन

हो महोदय
मैले बिद्रोह गरेकै हो ।
बिद्रोह त त्यो बेला पनि गरेको हुँ
जुटको बोराभित्र आधा शरीर पोको पारेर
पुर्णिमा रातको साँची बस्दै गर्दा
चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले
बिहानीपख असरल्ल आँसु मात्रै छोडेर
मेरो जिन्दगीबाट गएको दिन ।

दुई छाक पेटभरी खाने
र शरिर छोप्ने गरि एकसरो लाउने
आशाको बीउ रोपेर
मुखियाको टारिखेतमा रातदिन नभनी
असारे गोरु झैं जोतिएकै हुँ ।
हातमा कलम खेलाउने
हजारौ रहरहरुलाइ बलि चढाएर
साहु साइलाको बुकमा बारिमा
यी हातमा कोदालो खनेकै हुँ ।
तर,
गरिबीको चर्को राप र
तिम्रो शोषणको छाँयामा परेर
मेरो सपनाको बिउ टुसाउन नसकेपछि
तिम्रो बिरुद्द बिद्रोह गरेकै हुँ ।

मानव आकृती मात्र
पुर्ण मानव जीवन होइन भनेर
लाटो मष्तिष्कले आफ्नै बिरुद्द
बिद्रोहको झण्डा उठाएपछि
अस्तित्वको खोजिसंगै
काठ्माडौले गराएको
इंटा र बालुवासँगको ताजा सात्क्षात्कार
बंगाली कोइलाखानिको सुरुङमा
पथ्थरको भित्ता र गैतीहरु संगको लुकामारि,
यी सयौं कुइनेटोहरु संग
हजारौं पटक ठक्कर खांदा
निस्किने झिल्काहरुमा
आफ्नो स्वाभिमानको तस्बिर भन्दा
तिम्रै सामन्ती अनुहार बारम्बार झल्किएपछी
अर्को बिद्रोह उठाएको थिएं तिम्रो बिरुद्द
र देखेको थिएं बन्दुकको नालभित्र
आफ्नो अस्तित्वको धमिलो तस्बिर ।

महोदय,
यत्ती चाहिँ मलाइ थाहा छ
बन्दुकहरुको लामो सौदाबाजी पछि
तिमी र म आइपुगेको बिन्दु
अक्षरस भुलेका छौ तिमीले
र भुलेका छौ त्यो पनि
मैले तिम्रो बिरुद्द बिद्रोह गरेको ।

मानबताबाट आफू निर्देशित हुँदै
इतिहासको मागलाइ सर्वोपरी ठानेर
तिम्रै बिरुद्द उठाएको बन्दुक सोझाउदै
तिम्रै रक्षार्थ चौबिसै घण्टा “गारद“ पनि चढेकै हुँ
तर पनि,
पालो पाएन मेरि आमाको च्यात्तिएको चोलीले
फेरिएनन फरिया
लागेन मलम मेरो बाको फुटेको पाइतालामा
अनुभव गरेन स्पर्श त्यो खालि खुट्टाले
एक जोर हात्तिछाप चप्पलको ।

दुई भागमा छुट्टिइसकेको जिन्दगी
मेरो भागमा बांकी रहेको एकभाग
कांधमा बुबाको अर्को बिश्वास
निधारमा काम्दा काम्दैको आमाको आशीर्वाद
छातिमा लत्पतिदै गरेको प्रियसीको अनुनय
पाखुरामा सन्तानको सिरानी बोकेर
मरुभुमिमा अर्को सपनाको बीउ रोप्ने साहस संगै
उभिइरहेको छु लाखौ सपनाहरुको चिहानमाथी ।

यतिबेला त्यो लाटो मस्तिष्क
फेरि पनि सल्बलाइरहेको छ
निरन्तर सोधिरहेको छ
यदि सगरमाथा हुदैनथ्यो भने
के संग तौलिन्थ्यौ र बनाउथ्यौ?
तिमिले जलपी वीरताको कथा ?

पराइ देशको आखाले टाढाबाटै
ठम्याउछ हिमालहरुको देशको मान्छे,
मानौ, म नै त्यही हिमाल हो
जो निरन्तर सामना गर्न सक्छ
अनवरत हिउँका बर्षाहरु
बगाउन सक्छ पसिनाको खोला
र त, टाउकोभरी बर्साइरहन्छ
लगातार आदेशरुपी हिउँ समयले
बगिरहन्छ पसिनाको हिमनदीहरु
मेरै शरीरको बाटो हुँदै
पुग्छन अरबको फांटसम्म
अनि सिचिंन्छ मरुभुमी
उमार्छ बिकाशका गगनचुम्बी महलहरु,
मेरै पसिनाको जगमा उभिएको
यो महलहरुको जंगलभित्र
मेरो सपनाको बीउ उम्रीयो कि उम्रीएन
म अझै पनि बेखबर नै छु
तर कुनै गुनासो पनि छैन
जसले मेरो सपनाको भ्रुणमाथी
छांया मात्रै ओढाइरह्यो ।

एक भाग जिन्दगी र पुरै यौवन सुम्पिए बापत
पराइको नियन्त्रणमा रहेको समयले पनि
मेरै अगाडि उभिएर सम्मान गरिदियो
र उपहारमा थमाइदिएको छ
मेरो आफ्नै शिरमाथि
एउटा सग्लो हिमाल ।
अपहरणमा पारेर
चुपचाप चिहानमाथी कैद गरिएका रहरहरु
उकुसमुकुस भित्रबाटै
सशक्त बिचारमा बदलिएको छ
महोदय,
तिमी भ्रममा नपर्नु कि,
यो मेरो शिरको सेतो कपाल
यौवन र जोश उतै सकिएर फर्किएको
ब्याकुलताको छांया मात्रै हो
बरु तिमी ढुक्क नरहनु,
यो त मेरो सबथोक त्यागेर चुलाइएको
बिश्वास र साहसको चुली हो
जो तिम्रो बिरुद्दमा
“अन्तिम बिद्रोह“ गर्नु छ ।

दक्षिण कोरिया ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...