कोरियन एसवाई प्यानलद्वारा नेपालमा बिक्रि सुरु


विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी एसवाई प्यानलले नेपालमा प्यानलको बिक्री वितरण सुरु गरेको छ । एसवाई प्यानलले यहि मे २३ तारिकमा चितवनस्थित कम्पनीको कारखानाबाट बुटवल डिलर एशियन हाउजिङ एण्ड कन्ट्रक्सनलाई वाल,रुफ लगायत अन्य सामानहरु बिक्री गरेको कम्पनीको महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए । उनका अनुसार हाल नेपालको पुर्वदेखि पश्चिमसम्म ४० जिल्लामा डिलरहरु रहेको छ । एसवाई प्यानलको उत्पादनहरु प्रयोग गरि बनाएको घर छिटो निर्माण भई समय र पैसाको बचत हुने महाप्रबन्धक सम्बाहाम्फेले बताए ।

के हो एसवाई प्यानल ?

दक्षिण कोरियामा सन् १९९४ मा स्थापना भएको एसवाई प्यानल भवन निर्माण सामग्री उत्पादन गर्ने कम्पनी हो । कम्पनीले कोरियामा विभिन्न प्यानलहरु , झ्याल , ढोका , डेको टायल , रसायन लगायत अन्य सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ । कोरियाको बजारमा ३०% हिस्सा ओगटेको एसवाई प्यानलले चिन , भियतनाम , कम्बोडिया ,इन्डोनेसिया तथा नेपालमा कारखाना खोलेका छन ।

प्यानल निर्माणमा एसिया नं १ तथा बिश्व नं २ प्यानल कम्पनी एसवाई प्यानलले अमेरिका , ब्राजिल , रसिया , जापान,न्युजिल्याण्ड लगायत २० राष्ट्रहरुमा समान निर्यात गर्दै आइरहेको छ । कोरिया एसवाई प्यानलले स्थायी तथा अस्थायी आवासहरु , डिपार्टमेन्ट स्टोर ,होटल ,एयरपोर्ट ,लगायत ६० , ७० तल्लासम्मका विभिन्न भवनहरु बनाउदै आएका छन ।

एसवाई प्यानल नेपालमा

नेपालमा बि.सं .२०७२ मा गएको महाभूकम्पमा परम्परागत अन्य सामाग्रीद्वारा निर्मित घर र भवनहरुमा निकै क्षति भय पश्चात प्यानलद्वारा भूकम्पप्रतिरोधी भवन निर्माण गर्ने आवश्यकता महसुस भएको छ । दक्षिण कोरियाको एसवाई प्यानलले नेपालमा जुलाई २०१७ मा एसवाई प्यानल नेपाल प्रा.लि. कम्पनी स्थापना गरेका छन् ।

हाल २०१८ अप्रिलमा रत्ननगर चितवन – १४ स्थित एसवाई प्यानलको कारखानाको निर्माण सपन्न भइ मे ५ देखि प्यानल उत्पादन परिक्षण गरेका थिए । कम्पनीले मे २३ तारिक देखि बिभिन्न प्यानलहरु बिक्री बितरण सुरु गरिसकेका छन । कम्पनीमा हाल बिभिन्न रंगहरुमा वाल प्यानल तथा रुफ प्यानलहरु उत्पादन भइरहेका छन । केहि समयपछि कम्पनीले स्टिल ढोका , युपिभीसि झ्याल लगायत अन्य बिभिन्न सामानहरु उत्पादन गर्ने कम्पनीका म्यानेजिङ डाइरेक्टर जोङ सक पार्कले बताए । म्यानेजिङ डाइरेक्टर पार्कले नेपालभरी डिलरहरु स्थापना गरि एसवाई प्यानलले नेपालमा राम्रो बजार लिने बिश्वास ब्यक्त गरे ।


एसवाई प्यानलको बिशेषता

१ . दक्षिण कोरियाको उच्च गुणस्तरयुक्त कच्चा पदार्थद्वारा निर्मित

२. कोरिया ,युरोप लगायत पश्चिमी राष्ट्रहरुमा अत्याधिक प्रयोग भएको

३. कम तौल लगायत निर्माण तथा ब्यबस्थापनमा सजिलो

४. भुकम्प प्रतिरोधी भवन निर्माणका लागी अति उत्तम

५.तातो ,चिसो तापक्रमको असरबाट छुटकारा

६. थोरै समयमा निर्माण हुने ,मर्मत गरिरहनु नपर्ने

७. विभिन्न रंग ,साइज तथा आकर्षक डिजाइनमा उपलब्ध

के हो इपिएस प्यानल ?

एसवाई इपिएस प्यानलमा दुई तर्फ ग्याल्भनाइज स्टिल भित्र स्टायरोफोम प्रयोग गरि बनाएको हुन्छ । एसवाई इपिएस प्यानल अरु कम्पनिहरुको उत्पादन भन्दा २०% बढ्ता उच्च उत्कृष्ट घनत्व हुन्छ । यसले थप उत्कृष्ट कुचालकको क्षमता र खाँदिलोपनालाइ बढाउँछ ।

स्टिल वा फलामका सामानमा खिया नलागोस् र नबिग्रियोस् भन्ने हेतुले बाहिरबाट कोटिङ गर्ने प्रबिधिलाई ग्याल्भनाइज भनिन्छ । यसमा समेत हलुका र गरुङ्गो दुबै किसिमका स्टिल र फलाममा यो प्रबिधि प्रयोग गर्न सकिन्छ । जसले फलाम र स्टिललाई सुरक्षित बनाउँछ ।

इपिएसको बिशेषता

१. आगो प्रतिरोधी :

इपिएसभित्र अग्निनिरोधी सामग्री राखेर आम इपिएस प्यानलको अग्नि सुरक्षालाई नया तरिकाले बढाएको हुन्छ ।
२. अग्नि सुरक्षा :

अग्नि प्रतिरोधी र अप्रज्वलनशील पदार्थको प्रयोग गरिएकोले आगलागी भएको अवस्थामा खप्टिएको प्यानलमा आगलागी हुने खतरालाई न्यूनीकरण भएको छ ।

३. इपिएस प्यानल :

यसलाई स्टायरोफोम भनिन्छ । यसमा घनत्वको साथै उत्कृष्ट खाँदिलोपना हुन्छ । यसको मुल्य र कुचालक गुनले ब्यापक रुपमा प्रयोग भएको छ ।

४. निर्माण क्षमता :

यो प्यानल कुचालक सामग्रीहरुको मध्य सबैभन्दा हलुङ्गो खालको हो । यसको उत्कृष्ट खाँदिलोपनाका कारणले गर्दा भार मिलाउन र निर्माण गर्न सजिलो हुन्छ ।

५.सुन्दरता :

इपिएस प्यानल बिबिध ढांचा र रंगमा हुने भएकोले भवनहरुको बाह्य सुन्दरतालाइ बढाउँछ ।

UPVC झ्याल

१.स्लाइड झ्यालहरु

यो PVC बाट निर्मित उच्च श्रेणीको झ्याल हो । यसमा उत्कृष्ट कुचालक गुण हुन्छ र बाहिरी झ्यालको लागि उपयुक्त हुन्छ । यसमा हावा रोक्ने बहुरूप संरचनाले गर्दा उत्कृष्ट खालको कुचालकको काम गर्छ , जुन दिर्घकालिन हुन्छ ।

बिशेषताहरु:

यो झ्यालमा न्यून तापीय सुचालकपना र बहुरूप जडान भएको कारणले गर्दा उत्कृष्ट प्रकारको कुचालक क्षमता हुन्छ । यो सुधारिएको कुचालक झ्याल हो । यसलाई बन्द गर्दा खेरी दुई गुणा बढी हावा रोक्दछ । यो झ्यालको फ्रेम माथिल्लो तथा तल्लो पट्टिलाई उँचो बनाएर सुधारिएको हुनाले हावा रोक्ने र पानि समेत्ग पस्न दिंदैन ।

प्रयोग

यो आरामदायी घरहरुमा,आवासगृहमा , बंगला र साझा आवासीय भवनहरुमा प्रयोग गर्न सकिन्छ ।

२.प्रणाली झ्याल

यो थप बलियो पारिएको बहुसंरचना र कडापन भएको हावाको चाप प्रतिरोधी र कुचालक क्षमतामा सुधार गरिएको झ्याल हो ।

विशेषताहरु:

झ्यालको बिचको बिचको फ्रेममा कडापन बढाउने चौडा वस्तु राखिएको हावाको उच्च चापको प्रतिरोध गर्ने काम यसले गर्दछ । यसमा रहेको सामान्य खालको बाहिरी भागले कोठा भित्र आनन्ददायक वातावरण तयार पार्दछ।

स्टील ढोका

. यो ढोका उच्च ध्वनि ,हावा , ताप ,प्रतिरोधी विशेषता भएको हुन्छ ।

· यसमा दोहोरो ब्लक संरचना निर्मित गरी नकोरिने पदार्थले कोटीङ गरिएको हुन्छ ।

· ग्राहकलाई आकर्षक गर्न ढोकालाई कलात्मक बनाएको हुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...