Advertisement
SKIP THIS

भोम्जन परिवारलाई १२ लाख सहयोग


फोनिज कोरिया संवाददाता

काठमाडौं,-नेपाल खेलकुद पत्रकार मञ्चले भूकम्पका कारण ज्यान खेलपत्रकार सुमन भोम्जनको परिवारलाई साढे १२ लाख रुपियाँ बढीको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मञ्चले भोम्जनको घर हेटौडा पुगेर शनिबार सहयोग हस्तान्तरण गरेको हो |

 

मञ्च अध्यक्ष अजय फुयालको नेतृत्वमा भोम्जनको परिवार भेट्न पुगेको मञ्च टोलीले विभिन्न संघ, संस्था र व्यक्तिबाट संकलित १२ लाख ५९ हजार ३ सय ९४ रुपैयाँको चेक सुमनका बाबु सुरेन्द्रबहादुर र आमा विमला लामालाई हस्तान्तरण गरेको थियो ।

 

चेक हस्तान्तरण गर्दै अध्यक्ष फुयालले भोम्जन परिवारलाई आउने दिनमा सबै खाले आवश्यक सबै खाले सहयोगका लागि मञ्च तयार रहेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका मञ्चका सचिव प्रकाश तिमल्सिनाले तिमल्सिनाले सुमनको मृत्यले परिवार र नेपाली खेलकुद पत्रकारितालाई अपुरणिय क्षेति भएको उल्लेख गरे । उनले भोम्जनको परिवारलाई सहयोग गर्ने सबै संघ, संस्था र व्यक्तिहरुलाई मञ्चका तर्फबाट धन्यवाद दिए ।

 

वैशाख १२ को विनाशकारी भूकम्पबाट भोम्जनको ज्यान गएको थियो भने उनको हेटौडास्थित घर बस्न नमिल्ने गरि चर्केको थियो । अहिले उक्त घर भत्काइएको छ । अध्यक्ष फुयाल, उपाध्यक्ष देवेन्द्र सुवेदी,महासचिव महेश आचार्य, सचिव तिमल्सिना, कोषाध्यक्ष प्रमोद पोखरेल, सदस्यद्वय निरञ्जन अधिकारी, प्रज्ज्वल ओली तथा मञ्च तालिम विभाग संयोजक पवन आचार्यलगायतको टोलीले भोम्जनको घर भत्काइएको स्थलको निरिक्षण गरेको थियो ।

 

राजधानीमा रहेर गोखरा पत्रमा खेल पत्रकारका रुपमा कार्यरत भोम्जन मञ्चको मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष हुन् ।

 

भोम्जनको परिवारलाई सहयोग हस्तान्तरण गरिदै । तस्बीर एनएसजेफ

 

करातेका राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुले भुकम्प पिडितलाई घर बनाई दिएका छन् । नगरकोट स्थित महाँमञ्जुश्री–११ लिला देवि वास्तोलाको परिवारका लागि कराते खेलाडी तथा प्रशिक्षकले शनिवार घर वनाएर हस्तान्तरण गरेका हुन् ।

 

करातेका राष्ट्रिय खेलाडी पर्शुराम वास्तोलाको संयोजकत्वमा दशौ सागका स्वर्ण विजेता तथा हाल कराते राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ, एघारौँ सागका स्वर्ण विजेता हाल राष्ट्रिय टिमका खेलाडी सुनिल लामा, राष्ट्रिय खेलाडी तारा गुरुङ, जनक सिंह खड्का, साथै सञ्जु श्रेष्ठ, रोमा गुरुङ, सिमोन्सा श्रेष्ठ र प्रेम वहादुर योगीले भुकम्प पिडित लिला देविको परिवारलाई गाउँकै अस्थायी नमुना घर निमार्ण गरेर हस्तान्तरण गरेको छन् ।

 

हस्तान्तरण पश्चात एकल महिला लिला देविले आफू वनाउन नसकिरहेको अवस्थामा खेलाडीहरु आएर घर निर्माण गरिदिएकोमा खुसि व्यतm गर्दै भनिन, ’मलाई ठूलो सहयोग गरिदिनु भयो, आठ नौँ वर्षको लागि ढुक्क भएको छ ।’ लिलाको परिवारका एक छोरी र एक छोरा छन् । लायन्स क्लव, सामाखुसी मार्फत प्राप्त भएको नगदले खेलाडीहरुले घर वनाएर उपलब्ध गराएका हो ।

 

यसअघि उनीहरुले इटालिमा रहेका भोल एण्ड मिमिको सक्रियातामा ६ लाख बराबरको १ सय १० वन्डिल जस्ता ७३ घरधुरीलाई वितरण गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...