Advertisement
SKIP THIS

राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई बजाज पल्सर स्पोर्टस् अवार्ड २०७४ मा जिताउन काेरियाबाट सहयाेग।


राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई बजाज पल्सर स्पोर्टस् आवर्ड २०७४ मा जिताउन काेरियामा कार्यरत भलिबल खेल प्रेमीहरूले सहयाेग रकम संकलन गरि मंगलबार काठमाण्डाैंमा  हस्तान्तरण गरेका छन्।

२०१८ मे ०८ मंगलबारका दिन नेपाल कोरिया भलिबल संघको संयोजकत्वमा मान बहादुर श्रेष्ठलाई भोट गरि विजय गराउन संकलित रकम काठमांडौ रगंशालामा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा हस्तान्तरण गरिएकाे हाे।

नेपाली भलिबल खेलको विकासको लागि दक्षिण कोरियामा स्थापित नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गत २०१८ मे ६ आईतबार यो सिजनकै पहिलो भलिबल प्रतियोगिता पुन समाज दक्षिण कोरियाद्वारा आयोजित प्रथम पुन समाज कप २०१८ को कार्यक्रम स्थलमा संघको संयोजकत्वमा राष्ट्रिय रेफ्री तथा राष्ट्रिय भलिबल खेलाडी अमित रानाको पहलमा सहयोग बक्स सहित फेसबुकमा प्रत्यक्ष प्रसारण गरि उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, अफिसियलहरु ,भलिबल खेलाडीहरु ,भलिबल खेलप्रेमी दर्शकहरु र विभिन्न समाजसेवी व्यक्तित्वहरुसंग सहयोग रकम नेपाली रुपैंया १,०५,००० (एक लाख पांच हजार रुपैंया मात्र)संकलन गरिएको थियो।

उक्त संकलित रकम नेपाल खेलकुद पत्रकार मंचद्वारा आयोजना भएको बजाज पल्सर स्पोर्टस् आवर्ड २०७४ को पिपल्स् च्वाईस् अवार्डमा मनोनयनमा परेका चारजना खेलाडीहरुमध्येमा भलिबल खेलबाट मनोनित चर्चित राष्ट्रिय नेपाली भलिबल खेलाडी मान बहादुर श्रेष्ठलाई एस.एम.एस भोट गरि जिताउनको लागि  काठमाडौं रगंशालामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन कार्यक्रममा नेपालकोरिया भलिबल संघका सल्लाहकार गान्धिव सुवेदी र नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङले संयुक्त रुपमा खेलाडी मानबहादुर श्रेष्ठलाई विजयीको शुभकामना सहित नगद हस्तान्तरण गरेका थिए।

उक्त सहयोग संकलन अभियानमा सहभागी सम्पुर्ण कोरियाबासी नेपालीहरुमा नेपालकोरिया भलिबल संघले हार्दिक धन्यवाद प्रकट गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...