Advertisement
SKIP THIS

नेपाली जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था र भजिन्द्र विच कडा प्रतिस्पर्धा हुने


नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको यही मे ६ तारिख आइतबार हुने महाधिवेशनमा सभापति पदका लागि आस्था विन्दु मल्ल र भजिन्द्र क्षेत्री विच प्रतिस्पर्धा हुने भएको छ ।

को को छन प्रतिस्पर्धामा ?

सभापति पदको लागि वर्तमान उपसभापति भजिन्द्र क्षेत्री र वर्तमान सल्लाहकार आस्था विन्दु मल्लले उम्मेदवारी घोषणा गरेका छन । सभापति संगै अन्य पदका लागि पनि उम्मेदवी दिने क्रम जारी छ ।

हालसम्म उपसभापतिमा वर्तमान महामन्त्री जीतेन्द्र महता, वर्तमान प्रवक्ता नवराज वाग्ले, केन्द्रीय सदस्य पूर्ण पौंडेल, क्षेत्रीय सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि लक्ष्मण दहाल , पूर्व क्षेत्रीय सभापति सुवास योगी  र भिमराज चेम्जोँङ देखिएका छन ।

यसैगरी महामन्त्रीको उम्मेदवारमा हालको केन्दीय सदस्य कमल बहादुर मगर .(कुमार) र पूर्व सह महामन्त्री गणेश तिमिल्सिनाले प्रतिस्पर्धा गर्ने भएका छन । यसैगरी सह महामन्त्रीमा आन्सान क्षेत्रीय सदस्य मित्र बन्धु काफ्ले र क्ष्ँोत्रीय सदस्य राम प्रसाद उप्रेती मैदानमा आउने देखिएको छ । कोषाध्यक्षमा केपि चौलागाईको नाम हाल सम्म आएको छ ।

उम्मेदवारी आउने क्रम जारी रहेकोले यी नामहरु भन्दा अरु पनि महाधिवेशन अवधि सम्म आउन सक्ने छ ।

कसले मार्ला बाजी ?

वर्तमान उपसभापति भजिन्द्र क्षेत्रीले सउल क्षेत्रिय सभापतिमा समेत रहेर काम गरिसकेका हुदा सउल लगायत संगठन भित्र राम्रो पकड देखिएको छ । संगठन भित्रका महाधिवेशन प्रतिनिधिहरले सभापति चुन्ने हुदा क्षेत्रीले चुनाव जित्ने दावी गरिएको छ ।

उता तेश्रो पटक सभापतिको उम्मेदवार रहेका वर्तमान सल्लाहकार आस्था विन्दु मल्ला यसपटक चुनाव जित्नेमा आशावादी देखिएकी छन । दुईपटक केन्द्रीय सदस्य भईसकेको र दुई पटक सोही पदमा पराजित भएको कारण उनलाई सहानुभूतिको पनि मत आउन सक्छ ।

पव्लिक पकड राम्रो भएको , महिला र फेन्थेक लगायत क्षेत्रमा महाधिवेशन प्रतिनिधिहरुमा बहुमत रहेको दावीको साथ मल्लले बाजी मार्ने अडकल गर्ने पनि उत्तिकै देखिएका छन ।

सभापति पदमा पछिल्लो पटक पनि थोरै मतान्तर देखिएकोले यस पटक पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । श्रोतका अनुसार सहमतिको लागि अन्तिम प्रयास हुने भएपनि दुई पक्ष चुनावी मैदानमा उत्रि सकेका छन ।

नेपालमा जस्तो देउवा र पौडेल ,सिटौंला जस्ता गुट प्रत्यक्ष भने देखिएको छैन । अप्रत्यक्ष रुपमा पौडेल र देउवा ग्रुप जस्तो देखिए पनि कोरियाको स्थानीय नेतृत्व अनुसार दुई पक्ष मिश्रित बनेर मैदानमा आउन लागेको श्रोतको दावी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...