झापा मिलन समाजको आयव्यय सार्बजनिक
राजु थापा
सोल-झापा मिलन समाज दक्षिण कोरियाद्वारा गत २०१५, अप्रिल १९ तारिखका दिन सउलको जोग्येसा हलमा प्रदशित कोहिनुर चलचित्रको आय(ब्यय विवरण सार्वजनिक गरिएको छ । समाजले सार्वजनिक चासोका विवरणहरू पारदर्शिरूपमा सकेसम्म छिटो उपलब्ध गराउने उदेश्यले कुनैपनि संघसंस्थालार्इ टिकट वितरण नगरे तापनि हाल देशमा गएको विनासकारी महाभुकम्प पिडितराहत रकम संकलन तथा मृगौला पिडित अतित घले बचाउ सहयोग अभियानमा व्यस्त भर्इ ढिला हुन गएकोमा समाजले क्षमा याचना गरेको छ ।
आँउदा दिनहरूमा सकेसम्म छिटो उपलब्ध गराउने र कोरियाको समुदायमा झापामिलन समाज प्रतिको विश्वासलाइ कायमै राखि आय-ब्यय विवरणको जानकारिमा सदा पारदर्शि रहने प्रण गर्ने ब्यहोरा अवगत गराइएको छ ।
वर्षाका कारण दर्शकको उल्लेखनिय उपस्थिती नभए पनि संघ-संस्थाहरूको बाक्लो उपस्थिती रहेको उक्त सफल कार्यक्रममा समाजले पाथिभरा हाउस स्थापनार्थ सहयोग गर्नुहुने महानुभावहरू ,झापा एफ.सीका सम्पुर्ण खेलाडी लगायत कोरियामा रहेर विभिन्न माध्यामबाट समाजमा अतुलनिय योगदान पुरयाउनुहुने व्यक्तित्वहरूलार्इ सम्मान पनि गरेको जनाएको छ ।
झापा मिलन समाज कोरियामा आपतकालिन राहत कोष स्थापनार्थ गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाइ सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण संघ(संस्था, व्यावसायी, पत्रकार तथा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति झापा मिलन समाज दक्षिण कोरियाले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै आउँदा दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छ ।
अन्त्यमा झापा मिलन समाजद्वारा आयोजित कोहिनुर चलचित्रको प्रदर्शनको आय-ब्यय विवरण र सहयोगदाताहरूको नामावलि निम्नानुसार रहेको ब्यहोरा जानकारि गराइएको छ । यदि कसैको नाम छुट्न गएको छ भने झापा मिलन समाज दक्षिण कोरियालाइ जानकारि गराइ सहयोग गरिदिन अनुरोध गरिएको छ ।
कार्यक्रमबाट कुल आम्दानिः ३३,१९,००० वन
कुल खर्चः २५,१५,००० वन
कुल वचतः ८,०४,००० वन
झापा मिलन समाज दक्षिण कोरियाद्वारा आयोजित ‘कोहिनुर चलचित्र प्रदर्शनको आयब्यय तथा सहयोग विवरण:-