Advertisement
SKIP THIS

देशको पच्चीस सय र विदेशको एक लाख


सिमा लामा

 

एसएलसी पास गरे पछि प्लस टु पढ्न जनकपुर गएँ । कलेज जनकपुरकै पुरानो र चर्चित राम स्वरुप राम सागर बहुमुखी क्याम्पस थियो । कलेजको समय पछि खासै काम थिएन । फुर्सदिलो थिएँ । मनमा केही न केही त गरौ भन्ने लाग्यो । त्यो बेला देशै भरि रेडियोको वोलवाला थियो ।
त्यस्तैमा जनकपुरमा रेडियो जनकपुर खुल्यो । एफएमको परिक्षण प्रसारणको समय थियो । गीतहरु धेरै बज्ने । तर बिच बिचमा एउटा आवाजमा कार्यक्रम पनि आउँथ्यो । मेरो ध्यान त्यो आवाजले तान्थ्यो । विस्तारै म रेडियोको फ्यान भएँ । रेडियो प्रस्तोताको फ्यान भएँ । हुँदा हुँदा रेडियो मै काम गर्नु पर्छ कि जस्तो लाग्यो । एक्लै कोठामा हुँदा रेडियोमा बोल्नेहरुले झै बोले जसरी बोलियो । हैट क्या जिन्दगी छ रेडियोमा बोल्नेको । मान्छेले पनि चिन्ने जागिर पनि खाइने । यस्तो काइदाको जागिर पो जागिर ।
त्यसो त स्कुल पढदा साथीहरु वीचमा बढाई सकेर के बन्ने भनेर चर्चा हुन्थ्यो । साथीहरु थरि थरिका कुरा गर्थे । म केही नसोची जवाफ दिन्थे टिभीमा बोल्छु । उनीहरु छक्क पर्थे । गाउँ भरिका कोही छैनन् तँ कसरी बोल्छस् ? उल्टै सोध्थे ।
कलेज पढ्यो । रेडियो सुन्यो । मनमा रेडियोमा बोल्ने रहर बढेको बढ्यै छ । बोल्ने तर कसरी ? रेडियोका कसैसंग चिनजान भए पो । त्यही माथि दिदी रेडियो विरोधी । रेडियो सुन्न बस्योकी दिदीले पढ भनेर हैरान । शायद दिदीलाई लाग्दो हो यो रेडियो सुनेर के गर्छ ? पढाई बिर्गान त हो ।
आफुलाई रेडियोमा नबोली भाछैन । समय वित्दै गयो । कतैबाट कुनै बाटो छैन रेडियोमा बोल्ने । एक दिन यसो पत्रिका पल्टाउँदै गर्दा नयाँ खुल्ने रेडियोका लागि मान्छे चाहिएको छ भनेर लेखिएको रहेछ । लाग्यो यो विज्ञापन मेरै लागि हो ।
दिदीलाई नभनि रेडियोमा काम गर्ने फर्म भरे । एक हप्तापछि अन्र्तवार्ताका लागि गए । सामान्य कुरा सोधे । कस्तो कार्यक्रम बनाउने ? प्रश्न सोधियो । रमाइलो । उत्तर पनि तुरुन्तै गयो । लौ त फोन इन कार्यक्रम चलाउ त । प्रश्न सोध्नेले अह्राए । यही हो मौका कोठामा एक्लै रेडियो प्रस्तोता भएर चलाइएको फोन इन चलाइदिएँ । कार्यक्रम सकियो । ठीक बेठीक केही भनेनन् । जानुस सम्पर्क गर्छौ । एउटाले भने ।

दस दिन जति पछि फोन आयो । तँपाईको प्रस्तुति राम्रो छ । काम गर्नु आउनुस् । आफैलाई विस्वास भएन । हेर्दाहेर्दै म पनि आरजे बन्ने भए (रेडियोमा काम गर्ने मान्छे, रेडियो जक्की ) । रेडियोमा बोलेको तलब पाइने भो पच्चीस सय । भुँईमा खुट्टै थिएन ।
जिन्दगीको पहिलो तलब पच्चीस सय । कोठा भाडा महिनाको ६ सय तिर्नुपथ्र्यो । पढाई खर्च अलि अलि लाग्ने भो । दाल, चामल, तरकारी घरबाट नै आउथ्यो । खाना खर्च चाहिने भएन । जनकपुरको चोक चोकमा भेट्ने चटपटे, पानीपुरी, चाट खुब सानले खाइन्थ्यो । पैसा सकिन्थ्यो ।
दिनहरु रमाइला थिए । रेडियोको जागिर । पच्चीस सय तलब । जिन्दगी रंगिन थियो । समय वित्यो ।
दस बर्ष पछि अहिले कोरियामा छु । सपनाको घरजग्गा जोड्न आएकी, चाहे जस्तो आफ्नै व्यवसाय गर्न आइपुगेकी । लाखौ कमाउने रहर, विदेशिएकाहरुले फेसबुकका भित्ता भरि लोभलाग्दो फोटाहरु राखेको देख्दा त्यस्तै हुन पाए, बन्न पाए, घुम्न पाए जस्तो लाग्ने रहर । त्यस्तै रहर अनि बाध्यताले कोरियामा ल्याइ पुर्याएको । दिनको ८ घण्टा देखि १२ घण्टा काम गरिएको छ । कोरियाको काम उस्तै हो । एकछिन मेशिन बन्द भयो भने कोरियन दौडदै आइपुग्छ । हतार हतार बनाउँछ र हामीलाई हेरेर छिटो छिटो काम गर भन्दै दौडिन्छ । एक मिनेट पनि ढिलो भए कारण खोज्छन् । टोक्न थाल्छन् । अनि सोच्छु आफनो देशको पच्चीस सय र विदेशको लाख । पच्चीस सय कमाउदा फुरुंग हुने म आज लाख कमाउदा नि खुशी छैन हँ ?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...