कोरियामा कामदारको अतिरिक्त कार्य समय घटने


सोल

दक्षिण कोरियामा स्वादेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य समय ओटी अवधि घट्ने भएको छ । नयाँ नियम अनुसार हप्तामा १२ घण्टा मात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् ।

नयाँ नियम अनुसार हप्तामा कामदारको बेसिक कार्यअवधि ४० घण्टा र अतिरिक्त कार्य अवधी १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् । हाल कामदारको एक हप्ताको कार्य अवधि बेसिक ४० घण्टा र अतिरिक्त २८ घण्टा गरी ६८ घण्टा रहेको छ ।

श्रम तथा वातावरण मन्त्रालयले मंगलबार राष्ट्रिय सभाबाट परिवर्तित नियमको विद्येक पारीत गरेपछि यो नयाँ नियम बनेका हुन् । तीन सयभन्दा बढी कामदार रहेको कम्पनीमा आगामी जुलाईदेखि यो नियम लागु हुनेछ । तीन सयभन्दा कम कामदार भएको कम्पनीमा सन २०२१ देखि र ५० जनाभन्दा कम कामदार भएको कम्पनीमा भने २०२२ देखि यो नियम लागु हुने जनाएको छ ।

लामो समय काम गर्दा कामदारको स्वास्थ्यमा पर्ने असरलाई कम गर्न र कम्पनीहरुको अतिरिक्त अर्थिक भार कम गर्न यो नियम लागु गरिएको जनाइएको छ । नयाँ नियमले ओटीको परिश्रमिक ५० प्रतिशत थप गर्नुका साथै साहुले नियम उल्घन गरे जरिवाना तिर्नु पर्ने हुन्छ । नयाँ नियमले ओटी घटेपछि बेसीक समय मै धेरै काम गर्नु पर्ने भएकाले कामदारको संख्या बढ्ने आशा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...