मगर संघ कोरियाद्वारा स्याङजाको बिद्यालयलाई ५० हजार


गिता राना मगर

पोखरा-नेपाल मगर संघ कोरियाले भुकम्पबाट पूर्ण रुपमा क्षती भएको एक विद्यालयलाई ५० हजार रुपैया सहयोग प्रदान गरेको छ । जिल्लाको ओरष्टे गाविस वडा नम्बर ७ पाटनेमा रहेको नवज्योति प्रा. वि.लाई संघले विद्यालय मर्मतसंभारका लागी ५० हजार नगद प्रदान गरेको हो । बिहीबार विद्यालय प्राङगणमा आयोजित कार्यक्रममा नेपाल मगर संघ स्याङजाका अध्यक्ष हेमन्त थापा मगरले विद्यालयका प्रध्यानाध्यापक तेजमाया शर्मालाई रकम हस्तान्तरण गरेका हुन् |

 

सहयोग हस्तान्तरण कार्यक्रममा वोल्दै नेपाल मगर संघ स्याङजाका अध्यक्ष हेमन्त थापा मगरले बैदेशिक रोजगारको शिलसिलामा विदेशी भुमिमा भएर पनि नेपालमा आएको भुकम्पबाट पूर्ण रुपमा क्षती भएको विद्यालयलाई सहयोग गरेकोमा नेपाल मगर संघ कोरियालाई विशेष धन्यवाद ब्यक्त गरे । वैदेशिक रोजगारमा रहेर आफ्नो खाना खाजा खर्च कटाएर नेपालीको जन्मभुमिमा विपदमा परेको पिडामा मल्हम लगाउने काम गरेर ठूलो गुन लगाएको आफुहरुले कहिल्यै नविर्सने उनको भनाइ रहेको थियो ।

 

कार्यक्रममा वोल्दै राहत वितरणका चांजोपांजो मिलाउने ओरष्टेका स्थानियबासी दिलिप थापा मगरले आफुले कोरियामा रहेको नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्गवहादुर थापा मगर र कोरियामा रहेका गोकर्ण थापा मगरको सहयोगमा गाउमा रहेको विद्यालय सम्म सहयोग रकम जुटाउन सफल भएको वताए । भु कम्पका कारण मुलुकका विभिन्न जिल्लाहरुमा भौतिक तथा मानविय क्षती भएजस्तै आफ्नो ठाउमा पनि भविष्यका कर्णधार विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयलाई प्राथमिकतामा राखेर सहयोगका लागी आफुले कोरियामा रहेका साथीहरुसंग समन्वय गरेको उनको भनाइ थियो ।

 

ओरष्टे गाविसका गाविस सहायक सचिव राजु गुरुङले सरकारी विद्यालयलाई सरकारी सहयोग वारे अहिलेसम्म केही सहयोगको चांजोपांजो नमिलेको भएतापनि स्थानियको पहलमा झुप्रो निर्माण गरी विद्यार्थीहरुलाई अध्यापन गराइरहेको वेलामा नेपाल मगर संघ कोरियाले सहयोग गरेर थप उर्जा प्रदान गरेको वताए ।

 

विद्यालय ब्यवस्थापन समिति तथा नेपाल मगर संघ ओरष्टेका अध्यक्ष हुमबहादुर राना मगरले विदेशमा रहेर पनि मगरहरुको पहलमा मगर गाउँका वालवालिकाले अध्ययन गर्ने विद्यालयमा सहयोग गरेर ठूलो गुन लगाएको वताए । नेपाल मगर संघ कोरियाको सहयोगले आफुहरुले भुकम्पबाट पूर्ण रुपमा क्षती भएको विद्यालयलाई पुन निर्माणमा खर्च गर्नेमा ढुक्क हुन समेत आग्रह गरे । भु कम्पबाट पूर्ण रुपमा क्षती भएको नवज्योति विद्यालयमा २९ जना विद्यार्थीहरु अध्ययनरत छन भने तीन जना शिक्षक शिक्षिकाहरुले अध्यापनरत छन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...