कोरियामा बढ्दो संगीतिक मोह , कलाकारको लाखौ कमाई


सोल

कोरियाको एक मुख्य चाड सनलान भरखरै सकिएको छ । यो राष्ट्रिय पर्वको फेब्रवरी १५ ,१६ र १७ तारिख तीन दिने सार्वजनिक विदामा हजारौ नेपालीहरु सांगीतिक रौनकमा झुमे । एकै दिन सम्पन्न दुई सांगीतिक कार्यक्रममा दर्शकको अपार भिडले यस्को पुष्टी गरयो । त्यसो त आधा दर्जन रात्री कालिन डान्स पार्टीले पनि युवा युवतीलाई त्यतिकै तानेको थियो ।

फेब्रवरी १६ तारिख सम्पन्न गुल्मी सम्पर्क समितिको “रेसुंगा सागीतिक सौगात ” र बुद्ध इन्टरनेन्डमेन्टको “राइज फर नेपाल” नामक दुइ वटै संगीतिक कार्यक्रम हाउस फुल रहयो । रेसुंगा संगीतिक कार्यक्रममा हाउस फुल भएपछि टिकट बिक्री नै बन्द गर्नु परेको र दर्शकको चापका कारण हलका केही कुर्सीहरु भाचिएको आयोजकले जनाए ।

गुल्मेलीहरुले दोहोरी संगीतिक क्षेत्रका चर्चित अग्रज गायक बम बहादुर कार्कीदेखि हाल हट डान्सरको रुपमा युवाहरुको ढुकढुकी बनेका सोनिका रोकायलाई स्टेजमा उतारेका थिए । त्यसैगरी चर्चित आधुनिक पप गायक सुगम पेखरेल र नेपाल आइडलकी लोकप्रिय गायीका केन्जल मेहरको उपस्थिती अर्को आर्षण बन्यो । कोरियामा हरेक वर्ष उत्तिकै डिमान्ड रहेको सदाबाहर हाँस्य कलाकार विल्सन विक्रम राईको र लोकदोहोरी गायीका रुपा घर्तीमगर र गायक खुमन अधिकारीको प्रस्तुतीले दर्शकलाई थप मनोरञ्जन दिएका थिए ।

अन्राष्ट्रिय कन्सर्टमा ख्याती कमाएका लोक रक गायक तथा संगीतकार विपुल क्षेत्री र ट्राभलिङ ब्यान्डको कार्यक्रममा रक स्वाद लिन पुगेका दर्शकको भिडलाई सुरक्षाकर्मीले नियन्त्रण गर्न सकेनन् । कोरियामा विपुलको पहिलो कन्सर्टको मध्यान्न तिर दर्शकको चाप अत्यधिक भएपछि महिला दर्शकहरु बाध्य भएर बाहिरीन परेको उद्घोषिका रेश्मा राईले बताइन । दर्शकलाई दुर्घना विमाको व्यवस्था गरिएको अन्तराष्ट्रिय स्तरको एस २४ लाईभ हलमा कोरियन सरकारबाट अनुमति लिएर यो कार्यक्रम गरिएको थियो ।

विदाको पहिलो दिन फेब्रवरी १५ मा किम्हेमा मगर संग बुसान शाखाले आयोजना गरेको “झोर्ले संगीतिक कार्यक्रम ” ले पनि दर्शक परिपुर्ण पाएका थिए । तर सोही दिन सउलमा सोलुखुम्बुको कार्यक्रम “एभरेष्ट म्युजिकल ” ले भने दर्शक ठिकै पाएका थिए । गयक शिब परियार, राजसिग्देल र मेलिना राई जस्ता चर्चित गायक गायिका रहेता पनि अन्य दुई कार्यक्रमको तुलनामा दर्शकको उपस्थिती कम थियो । त्यस्तै विदाको अन्तिम दिन आयोजना गरिएको प्रमुख गायक प्रसान्त तामाङ रहेका मकवानपुर सांगीतिक धमाकाले पनि भनेजति दर्शक पाउन सकेन ।

कलाकारको लाखौ कमाई

चर्चित गायक सुगम पोखरेलले दुई वटा कार्यक्रमबाट करिब रु. चार लाख लिएर फर्किए । कोरियाको अर्को शहर किम्हे र सउलमा पोखरेलले संगीतिक प्रस्तुती दिएका थिए । त्यस्तै कोरियामा पहिलो पटक प्रवेश गरेका नव गायिका बबिना किरातीको मुख्य कार्यक्रम मगर संघ किम्हे शाखाले आयोजना गरेको ‘झोर्ले संगीतिक सौगात’बाहेक २ वटा एकल प्रस्तुतीबाट करिब रु. चार लाख कमाइ गरेको आयोजकहरु बताउछन् ।

बबिनाले नेपाली साहित्य समाज दक्षिण कोरियाको प्रस्तुती रहेको एल्बममर्निङ द विगिनिङको प्रमोशनको लागि एकल प्रस्तुती दिएका थिए । टिकटको व्यवस्था गरिएको सो कार्यक्रममा हल भरिएर दर्शकहरुलाई फर्काउनु परेको आयोजक नेससका अध्यक्ष यलजि विबसले बताए । त्यस्तै खोटाङ सेवा समाजले पनि बबिनालाई एकल प्रस्तुतीमा उतारेका थिए ।

करोडौ खर्च

कोरियामा यस्ता संगीतिक कार्यक्रम गर्न नेपालबाट करिब आधादर्जन कलाकार बोलाउदा , कलाकारको पारिश्रम, विमान भाडा, होटल, खानपिन र यातायत गरी झन्डै तीन करोड वन (रु. ३० लाख) खर्च हुने आयोजकहरु बताउछन् । चर्चित सांगीतिक र हाँस्य कलाकारलाई पारिश्रमिक नै रु. १ देखि २ लाखसम्म दिनुपर्ने हुन्छ । अझ चर्चित व्यण्ड बोलाउदा त्यो भन्दा धेरै खर्च हुने भएकाले टिकट मात्रै विक्री गरेर नाफा कमाउन नसकिने आयोजकहरुको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...