Advertisement
SKIP THIS

कतारमा नेपाली कामदारको परिवारलाई ५४ लाख क्षतिपूर्ति दिन आदेश


फोनिज कोरिया संवाददाता

काठमाडौं – कतारको एक अदालतले एक नेपाली कामदारको मृत्युमा कम्पनीलाई दोषि ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ । ति नेपाली कामदार कार्यरत सो निर्माण कम्पनीले सुरक्षाको उपाय अवलम्वन नगरेको भन्दै दोषि ठहर गरिएको दोेहा न्यूजले खवर छापेको छ । ति नेपालीकोे पर्र्ल कतारमा निर्माणाधिन एक टावरको सातौं तल्लाबाट खसेर गतबर्ष ज्यान गएको थियो ।

 

रेडको अल माना नामको कम्पनीका लागि ति नेपाली कार्यरत रहेको समाचारमा जनाइएको छ । तर ति नेपालीको नाम भनें उल्लेख गरिएको छैन । सो दुर्घटनामा दोषि ठहरिएको कम्पनीलाई पीडित परिवारलाई २ लाख कतारी रियाल( नेरु झण्डै ५४ लाख) व्लड मनिवापत तिर्न आदेश अदालतले दिएको छ । यसका साथै सो कम्पनीलाई सुरक्षा सम्वन्धि पर्याप्त व्यवस्था नगरेको भन्दै एक लाख रियाल जरिवाना तोकिएको छ ।

 

यसैगरी सुरक्षा सम्वन्धि विभागका प्रमुखलाई १० हजार रियाल जरिवाना तिराउने आदेश अदालतले दिएको छ । समाचारमा जनाइए अनुसार घटना सन् २०१४ को अप्रिलमा भएको थियो । स्काफोल्डिङको काम गर्ने ति नेपाली श्रमिक सातौ तल्लाबाट खस्न पुगेका थिए । उनको टाउकोमा चोट लागेर घटनास्थलमै ज्यान गएको थियो । कम्पनी तथा सो कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई सुरक्षाको राम्रो प्रवन्ध नगरेको भन्दै अदालतले दोषि ठहर गरेको हो ।

 

अदालतका न्यायाधिस यासिर अलि अल जायातको आदेशमा भनिएको छ ‘सम्पूर्ण अध्ययन पश्चात कम्पनी नै यो दुर्घटनाको कारण देखिन्छ र यसलाई अपराध मान्न सकिन्छ । त्यसैले जरिवाना र पीडित परिवारलाई व्लडमनी तिर्न आदेश दिइन्छ ।‘ खाडीका देशहरुमा कसैको हत्या भएमा वा जानेर वा नजानि गराइएको दुर्घटनामा न्यायाधिसलाई उचित लागेमा पीडित परिवारलाई व्लडमनी दिलाउने चलन छ ।

 

अदालतको सुनुवाईका क्रममा कम्पनीका प्रतिनिधिले भनें घटनामा स्वयं मृतक व्यक्ति नै दोषि भएको जिकिर गरेका थिए । उनीहरुले कम्पनीका ईन्जिनियर तथा सुरक्षा विभागका प्रमुखलाई उनी माथिल्लो तल्लामा काम गर्न गएको जानकारी नभएको तर्क गरेका थिए । तर दुर्घटना पश्चात क्षतिपूर्ति रकम तिर्न भनें कम्पनी तयार रहेको उनीहरुले अदालतसामु बताएका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...