Advertisement
SKIP THIS

गायक विपुल छेत्री व्याण्ड सहित पहिलो पटक कोरिया आउदै


सोल

क्लासिक पप रक गीत संगीतमार्फत हाल देश विदेशमा चर्चा बटुल्दै गरेका गायक विपुल छेत्री यही फेब्रवरीमा पहिलो पटक दक्षिण कोरिया आउने भएका छन् । कोरियाको एक मुख्य पर्व सलनाल (नयाँवर्ष)को अवसरमा यहाँका नेपालीहरुलाई आफ्नो सांगीतिक स्वाद चखाउन गायक छेत्री उनका व्यण्ड ‘द ट्राभलिङ’ सहित आउन लागेका हुन् ।

बुद्ध इन्टरटेन्टमेन्टले फेब्रवरी १६ तारिख आयोजना गर्न लागेको ‘राइज फर नेपाल’नामक संगीतिक कन्सर्टको लागि उनीहरु कोरिया आउने भएका हुन् । कार्यक्रम सउलको स्वागंनारु स्टेशन स्थित अन्तराष्ट्रिय स्तरको ‘यस टोएन्टी लाईभ’ हलमा गरिने भएको छ । तीनहजार दर्शक क्षमता भएको सो हलमा दर्शकलाई विमाको व्यवस्था गरिनुका साथै कडा सुरक्षा प्रदानगरिने आयोजकले जनाएको छ । कार्यक्रमको लागि कोरियन सरकारबाट अनुमति लिइ अन्तराष्ट्रिय मापदण्ड अनुसार गर्न लागेको आयोजकको भनाइ रहेकोे छ ।

भातरका नेपाली गायक विपुल क्षेत्रीका साथ उनका व्यण्डका सदस्यहरु र संगीत साधन सहित आठ जनाको समूह कोरिया आउने भएका छन् । त्यसैगरी कार्यक्रममा थप आकर्षक प्रस्तुतीदिन अलिब्रदर्स र मोडल तथा डान्सर रिनाथापा नेपालबाट आउने छन् ।

भारतको दार्जिलिङ जिल्लाका गायक गीतकार तथा संगगीतकार छेत्री र उनका सांगीतिक व्यण्ड ट्राभलिइ०ले अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, बेलायतलगायत, नेपाल र भारतका विभिन्न ठाउँमा कन्सर्टबाट हजारौ दर्शकलाई झुमाउन सफलभएका छन् । कोरियामा रहेका उनका फयानहरु अहिले नै कार्यक्रमको टिकट लिएर व्यग्र पखाईमा रहेको आयोजकको भनाइ रहेको छ ।

छेत्रीले ‘स्केच अफ दार्जिलिङ’ एल्बलबाट पप रक एल्बम आफ दि एयर पुरस्कार थापेका थिए भने सोहीएल्बमका‘ सिन्डीकेट’बोलको गीतमार्फत हिट्स एफएमबाट बर्षको उत्कृष्ठ पप रक कम्पोजिसन र बर्षको उत्कृष्ठ पुरुष पप गायकको उपाधी पाएका छन् ।

नेपालका अनाथ बालबालिकालाई सहयोग गरिने सामाजिक उद्देश्यका साथ यो संगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...