Advertisement
SKIP THIS

सोनसिकको छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने


रमेश परियार
नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया-सोनसिक (SONSIK) ले फेब्रुअरी १०-११, २०१८ मा दक्षिण कोरिया, इक्सन स्थित वोनखोङ्ग विश्वविद्यालयमा सोनसिकको छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ ।

“कोरियाको शिक्षा र अनुसन्धानको नेपालमा कार्यान्वयन तथा कोरियामा नेपालीका लागि अवसर” भन्ने विषयमा २ दिन सम्म कार्यक्रम हुने र हाल कोरियामा रहनु भएका अनुसन्धानकर्ता, प्राध्यापक र विशिष्ट व्यक्तित्वहरुले आफ्नो बिचराहरु राख्नु हुनेछ। कार्यक्रमको लागि सबै वक्ताहरुलाई निमन्त्रणा गरिसकिएको कुरा कार्यक्रमका संयोजक अंजना सिलवालले जानकारी गराउनु भयो।

कार्यक्रमको प्रमुख आतिथिको लागि कोरियाका लागि नेपालका राजदुत महामहिम अर्जुन जंग बहादुर सिंहलाई निमन्त्रित गरिएको र कार्यक्रममा कोरिया रहनु भएका विद्यार्थी, अनुसन्धानकर्ता, प्राध्यापक तथा विशिष्ट व्यक्तिको उपस्थिति रहने र त्यसको लागि आवश्यक सम्पूर्ण तयारीहरु पुरा भएको स्थानिय आयोजक कमिटिका संयोजक प्रकाश राज पाण्डेयले बताउनु भयो।

यस शैक्षिक सेमिनार विद्यार्थीहरुको निम्ति विचारको आदानप्रदान गर्ने, ज्ञानवर्दकका साथसाथै, सबै जनासंग भेटघाटको पनि राम्रो अवसर होस भन्ने कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमका सह-संयोजक प्रकाश देवकोटाले बताउनु भयो । उहाँले कार्यक्रम सम्पूर्ण विद्यार्थी र अनुसन्धानकर्ताहरुको लागि फलदाई हुने बिश्वास प्रकट गर्नु भयो।

सोनसिकले कोरियामा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरु वार्षिकरुपमा गर्दै आएको र सोनसिक १४ औ कार्यसमितिले पनि यसलाई निरन्तरता दिदै छैटौं शैक्षिक सेमिनार आयोजना गरेको र कर्यक्रमको तयारि अन्तिम चरणमा पुगेको सोनसिक सभापति विजय बस्नेतले बताउनु भएको छ।

कार्यक्रममा सहभागी हुनको लागि अनलाइन दर्ता फारम खोली सकिएको र साथै कार्यक्रममा अनुशन्धान तथा जानकारीमुलक पोस्टर पनि सहभागी गराइने हुदा, सम्पूर्ण इच्छुक सहभागीहरुलाई आफ्नो अनुशन्धान तथा जानकारीमुलक पोस्टरको abstract पठाउनको लागि पनि सभापति बस्नेतले अनुरोध गर्नु भयो ।

कार्यक्रम आयोजक कमिटीले कोरियामा रहनु भएका सम्पूर्ण विद्यार्थी, अनुसन्धानकर्ता, प्राध्यापक तथा विशिष्ट व्यक्तिलाई कार्यक्रममा उपस्थितिको लागि निमन्त्रण गर्दै , उत्कृष्ट ५ पोस्टरहरुलाई पुरस्कृत गरिने र सहभागी सबैलाई प्रमाणपत्र प्रधान गर्ने जनाएको छ । सोनसिकले विद्यार्थीहरुको लागि गर्दै आएको विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरुले विदेशमा पनि मिलिजुली सहकार्य गर्ने साथै विद्यार्थीहरुको चैतर्फी विकासमा सहयोग पुर्याएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...