लाफा इन्भेष्टमेन्टकम्पनी लि. ले कोरियामा सेमिनार गर्दै
समग्र आर्थिक सम्व्रिद्धीको लागी देश विदेश रहेका मगर हरुको सामुहिक लगानीमा स्थापित पब्लिक लगानी कम्पनी लाफा इन्भेष्टमेन्ट लिलिटेड ले कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा आगामी फेब्रवरी १७ तारिक दिउसो ३ बजे कोरियन नयाँ बर्ष सलनालको विदा पारी लगानी सम्बन्धि सेमिनार गर्ने भएको छ ।
उक्त सेमिनारमा नेपाल बाट भाग लिन आउने कम्पनीका बोर्ड सदस्यहरसँग कम्पनीको बारेमा प्रत्यक्ष अन्तर्कृया गर्न पाइने भएकोले कोरियाबासीहरुमा उपस्थितिको लागी कम्पनीले अनुरोध गरेको छ । नेपाल, हङकङ, दक्षिण कोरिया, कतार, इजरायल, मलेसिया, बेलायत, अमेरिका, बेल्जियम, ईटाली, पर्चुगल, कुबेत, युएई, बर्मुडा र स्पेनका मगरहरु सस्थापक शेरधनी रहेको विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना गरिएको कम्पनी ले पहिलो परियोजना काठमान्डौको नार्गार्जुन नगरपालिका स्वीजरल्यान्ड पार्क नजिक १०० रोपनीको जग्गामा २०० वटा मगर घरहरु बनाई सामुहिक बसाईको सुरुवात गर्ने लक्ष्यका साथ लाफा भिलेज परियोजना सञ्चालन गरिरहेको छ ।
हाल लाफा भिलेज परियोजना को घडेरीहरुको बुकिङ खुल्ला गर्नुका साथै कम्पनीको ४० प्रतिशत साधारण शेयर मार्च सम्म खरिद गर्न सकिने गरी सर्वसाधारणको लागी शेयर जारी गरेको छ । एक शेयर सदस्य बन्नका लागि १ लाख देखि ५ लाख रुपैया सम्मको शेर खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।
एकता नै बल हो इमान्दारिता नै धर्म हो भन्ने मूल आर्दशलाई आत्मसात गर्दै अगाडी बढेको यस कम्पनीले कतार, कुबेत र हङकङमा त्यसै गरि काठमाडौं, पोखरा, म्याग्दी, इटहरी र धरानमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको छ ।
कोरिया सम्पर्क
अप्त पुनमगर ०१०६२३२७९११
खड्ग थापामगर १०३२१८२३९८
ललित थापामगर ०१०७४५९५८०४
टेक पुनमगर ०१०७३१०६६०६
चित्र थापामगर ०१०६६९१८४९५
चित्रा पुनमगर ०१०९७४६६४४१