मर्सको बिरामीद्धारा जेजु टापु भ्रमण गरेको खुलासा
ऐश्वर्य श्रेष्ठ,सोल –मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम (मर्स)नामक भाइरस बाट संक्रमित बिरामीले जेजु टापुको भ्रमण गरेको खुल्न आएको छ ।
जेजु टापुका अधिकारीले बताए अनुसार एक जना मर्स संक्रमित बिरामीले आफनो परिवार साथीभाइसहित सो क्षेत्रको भ्रमण गरेको खुल्न आएको बिहिबार जनाएको छ ।ती व्यक्तिको श्रीमती,छोरा,अन्य परिवार र साथीहरु सहित आठ जना प्लेनबाट जेजु गएको समेत थाहा हुन आएको छ ।
मर्सको सो बिरामीलाई ज्वरो तथा रुघा लागेपछि जुन १२ मा सामसुंग मेडिकल सेन्टरमा मर्सको परिक्षण गरिएको थियो भने पछि मर्स लागेको निश्चित भएको थियो ।
सिल्ला जेजु होटलमा बसेका ती बिरामीलाई त्यहां काम गर्ने कामदारहरुले टिभिमा देखेपछि आफनो होटेलमा मर्सको बिरामी भएको थाहा पाएका थिए ।टिभिमा सो व्यक्तिलाई मर्सको लागेको र छुट्टैं ठाउंमा राख्न लगिएको देखाएको थियो ।
मर्सको कारण दक्षिण कोरियामा हालसम्म २३ जनाको मृत्य भएको छ भने १ सय ६५ जनामा संक्रमित भएको पाइएको छ ।