Advertisement
SKIP THIS

प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व


शिब भुसाल

बुसान,

प्रवासी नेपाली मंच दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीको पाँचौ क्षेत्रिय अधिवेशन २०१७ डिसेम्बर ३१ गते आईतवार सम्पन्न भएको छ । उक्त्त अधिवेशनले हरि थपलियाको अध्यक्षतामा एघार सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षहरुमा त्रय सन्तोस वराल, उमेश, राई र रमेश श्रेष्ठ त्यस्तै सचिवमा तगेन्द्र राई, सह सचिवमा अच्युत थापा, कोषाध्यक्षमा निर्मल न्यौपानेलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा जिपी ज्ञवाली, हरि पसाद पराजुली, दिनेश दाहाल र चन्द्र वहादुर तामागं चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथी परशुराम सापकोटाले प्रवासमा रहेका युवाहरुको नेपाली राजनितीप्रतीको चिन्ता रहनु स्वभाविक रहेको भन्दै थप सक्रीय भएर लाग्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा कोरीयन सत्तासिन पार्टि द डेमोक्रेटिक पार्टीका सांसद तथा ख्यागसांनाम्दो राज्यका का अध्यक्ष मिन हुङ छलले कोरियाको आप्रवासी निती सम्बन्धी जानकारी गराएका थिए ।

प्रवासी नेपाली मंच बुसान किम्ह्रे क्षेत्रिय कमिटी र द डेमोक्रेटिक पार्टी आप्रवासी उपसमितीका उपाध्यक्ष यज्ञराज सुवेदीको सयुक्त अयोजनामा भएको अन्तरकृयामा कोरीयन सत्तासिन पार्टि द डेमोक्रेटिक पार्टीका सांसद तथा ख्यागसांनाम्दो राज्यका का अध्यक्ष मिन हुङ छलले बुदा गत रुपमा कोरियाको आप्रवासी निती सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै द डेमोक्रेटिक पार्टी आप्रवासी उपसमिती का केन्द्रीय उपाध्यक्ष तथा प्रवासी नेपाली मंच दक्षिण कोरियाका केन्द्रिय सल्लाहकार यज्ञराज सुवेदीले नेपालको राजनितीक दलहरु र कोरियाको राजनितीक दलहरु सग समन्ध बिस्तार गर्न मंचले पुलको भुमिका खेल्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रवासी नेपाली मंच दक्षिण कोरियाका माहासचिव श्रमदिप चौलागाईले नेपालको आर्थिक सवृद्दीको लागी प्रवासी संगठनहरुको भुमिका र प्रवासी नेपाली मंचको अबको कार्यदिशाको बारेमा प्रस्ट पार्नु भएको थियो कार्यक्रममा मन्चका क्षेत्रिय अध्यक्ष मिनराज पोख्रेलले राजनैतीक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालको आर्थिक विकाशमा प्रवासमा रहेका युवाहरुको योगदान रहनुपर्ने भन्दै सक्रिय रहन युवाहरुलाई अपिल गरे ।

कार्यक्रममा केन्द्रिय सल्लाहकारहरु , केन्द्रीय उपाध्यक्ष, सचिव , सदस्यहरु , पत्रकार महासंघ कोरियाका अध्यक्ष लगायत बुसान क्षेत्रमा कृयासिल जातिय तथा क्षेत्रिय संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । अधिवेशन बाट निर्वाचित नया कार्यसमिती अध्यक्ष हरि थपलियाले पहिलो संम्बोधन गर्दै केन्द्रीय कमिटी। पुर्व क्षेत्रिय कमिटी पधाधिकारी ,प्रतिनीधी ,प्रवेक्षक तथा अन्य सस्थाबाट उपस्थित हुनुहने सम्पुर्ण अतिथीहरुलाई अंग्रेजी नया बर्ष २०१८ तथा दशौ राष्ट्रिय टोपी दिबस को शुभकामना सहित अगामी कार्यकालमा क्षमताले भ्याए सम्म मन्चको गतिबिधी संचालन गर्ने बिश्वास दिलाउदै उपस्थित सबैलाइ धन्यबाद ब्यक्त गर्नु भयो ।

कार्यक्रम मन्चका क्षेत्रिय अध्यक्ष मिनराज पोख्रेलको सभापतित्वमा सचिव तुल्सी चौधरीले सञ्चालन गर्नु भएको थियो । सत्तासिन पार्टि द डेमोक्रेटिक पार्टीका सांसद तथा ख्यागसांनाम्दो राज्यका का अध्यक्ष मिन हुङ छल ले कोरिया सरकारको आप्रवासी निती समन्धमा भएको अन्तरकृया मा बोल्नु भएको मुख्य भनइ बुदागत प्रस्तुत गरिएको छ ।
१) किम्ह्रे माइग्रेण्ट हाउस मार्फत कृषी तालीम सम्पन्न भएको र गाडी मर्मत तालिम चलिरहेको र अन्य त्यस्तो तालिम आवश्यक भएमा माइग्रेण्ट हाउस मार्फत समन्वय गरेर अन्य तालिम हरु पनि संचालन गर्न सकिने ।
२) कोरियन ब्यापारी र साहू हरुले स्वदेशी र बिदेशी कामदार बिच तलब सुबिधा फरक फरक हुनु पर्छ भन्ने मागलाई जोरदार तरिकाले उठाइरहे पनि यो सरकारले तलब सुबिधामा भेदभाव हुनु हुन्न भन्ने निती लिएको र यो सरकार रहुन्जेल यही निती कार्यन्योन गर्ने बिश्वास दिलाउनु भयो ।
३) बिषेश गरी सरकारले कृषी क्षेत्रमा आउने कामदारहरुको आवास सुबिधा ब्यबस्थित नभएको महसुस गरी सामुहिक आवास निर्माण गरी ब्यबस्थित गर्ने निती लिएको तर कार्यान्योन हुन बाकी रहेको जानकारी दिनु भयो ।
४) बिदेशीलाई हेर्ने श्रम ,कानुन, महिला मन्त्रालयलाई एउटै बनाई छिटो कानुनी उपचार पाउने ब्यवस्था गर्ने निती लिएको ।
५)आप्रवासी कामदारहरुका छोरा छोरी हरुलाई अध्यान गर्नको लागी आवाश्यक भएको ठाउहरुमा बिध्यालयहरु स्थापना गर्ने निती लिएको बताउनु भयो ।
अन्त्यमा उहाले नेपाल जान इच्छा भएको , नेपाल गएर नेपाल र नेपाली सग समन्ध अझै मजबुत बनाउन आतुर रहेको बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...