कोरीया सपना र वास्तविक भोगाई


कोरियन ड्रामामा देखिने लोभलाग्दो दुनियाँ । कम लागतमै जान पाईने (सामान्य वर्गलाई पनि पैसा जुटाउन खासै समस्या नपर्ने) र सजिलै महिनाको १ लाख कमाई हुने कुरा सुनिसकेपछि मलाई कोरियाप्रतिको मोह एकाएक वढेर आउँछ । महिनाको लाख लाख कमाई हुन्छ भने जावो मासिक ४/५ हजारको जागिर के खान गर्नुप¥यो । त्यसपछि गरिरहेको काम पढिरहेको क्याम्पस सब विचमै छोडेर कोरियाको ठूलो सपना देख्दै कोरियन भाषा पढाउने ठाउँमा गएर भर्ना भई कोरियन भाषा पढ्न थालियो । मनमा पुरै कोरियाकै वारेमा कुराहरु खेल्न थालिसकेछ । लाख कमाईको सोँचले नेपालमा भएको डाक्टर ईन्जिनियर भन्दा पनि आफू महान भएको आभाष हुन्छ । मैले मन पराएको फूलमायाँलाई बुलेट बाईकमा पछाडी राखेर बजारभरी घुमाएको सोँचिरहन्छु ।

अव त कोरिया गईन्छ महिनाको लाख कमाईन्छ । त्यपछि म पनि ईँट्टा जत्रो मोबाईल बोक्ने हुन्छु । बजारमा मेरो ठूलो घर हुन्छ । थुप्रै जग्गा–जमिन जोडिन्छ । एउटा प्राईभेट कार पनि किन्छु अनि राम्री केटीसँग विवाह गरेर सुखका साथ जीवन विताउँछु । यी माथीका कुराहरु कोरियन भाषा क्लासमा भर्ना हुने बेला नै मनमा पलाएका सपनाहरु हुन् । भाषा परिक्षाको फर्म भर्ने वेला लगभग ६० हजारले फर्म भरेको अनि जम्मा पास हुने ७ हजार जना मात्र । त्यो कुराले मनमा अलिकति गरम बनाईदियो । ६० हजारवाट टप ७ हजारमा पर्न सकिएला कि नसकिएला । होईन् मेरो नाम त ७ हजारको सबैभन्दा अन्तिममा निस्किदिए पनि हुन्छ तर निस्किदियोस् भन्ने साथीहरु पनि धेरै थिए । म पनि त्यहि सोँचीरहेको थियो । जसोतसो परिक्षा पास गरियो, र सम्पूर्ण प्रक्रिया पूरा गरेर कारिया प्रवेश पनि गरियो ।

त्यसपश्चातका दिनहरु मेलै मरो देशवाट सोँचेको कोरियाभन्दा साँच्चिकै अलग थियो E-9 भिषामा आएपछिको कोरिया । मैले कोरियन ड्रामामा देखेको र कल्पना गरेको कोरियाभन्दा सयौँ गुणा भिन्न थियो मैले अव भोग्ने वास्तविक कोरिया । पुरै जिरो लेभलवाट शुरु गर्नु थियो यहाँ । नयाँ ठाऊँ, नयाँ साथीभाई, यहाँ बोलिने भाषा अलग (नेपालमा हुँदा जत्तिनै भाषा जानेजस्तो लागेपनि कोरियनले गरेको उच्चारण केहि पनि नवुझिने) कहिल्यै स्वाद नचाखेको खल्लो र वान्ता आउला जसरी नाना थरी गन्ध आउने खाना । कम्पनीमा प्रवेश गर्नेवित्तिकै फलामको ड्याङ ड्याङ चर्को आवाज र श्वासनै रोकिएलाझैं केके हो केके केमिकलको गन्धले सपनाहरु विस्तारै कुहिरोभित्र हराएको कागसरी अलमलिएको अनुभूति हुन्छ । तरपनि वाध्यता र विवशता अव मैले त्यहि ड्याङ ड्याङ चर्को आवाज प्रत्येक दिन १२/१३ घण्टासम्म सुन्नुपथ्र्यो । नानाथरी केमिकलको गन्धलाई फोक्सोमा मज्जाले भर्नु थियो । नखाँदै वान्ता आउलाजस्तो हुने र खादाँपनि केहि नपुगेझैं खल्लो त्यो खानालाई सँधै भोजन गर्नु थियो ।

आफन्त र नजिकको भन्ने कोहि नभएको यो विरानो ठाऊँमा लामो समयसम्मको लागि एक्लै बस्नु थियो । समय वित्दै गयो । विस्तारै ऊ नयाँ वातावरण नयाँ ठाउँमा भिज्दै थियो । अहिले त उसलाई मेसिन र फलामको ड्याङ ड्याङ चर्को आवाज सामान्य लाग्न थालिसक्यो । गन्ध आउने खाना पनि विस्तारै मिठो लाग्दै गयो । नलागेर के गर्नु सँधै त्यहि खानुपर्ने भएपछि । पूरै गाउँ एक फन्को नलगाउँदासम्म दिन विताउन नसक्ने ऊ सानो कोठामा एउटै किसिमका काम गरी घण्टौँ, महिनौँ, वषौँ विताउन सक्ने भएको छ । लगनशिलता र मिहिनेतसँगै काम र खटाईको प्रष्ट परिभाषा अनुभव गर्न कोरीयाले सिकाएको छ । अव यी सीपहरुलाई स्वदेशमा गएर देशविकासमा प्रयोग गर्न सकौँ ।

नेपालमा हुँदा सोँचिने कुरा र कोरिया आईसकेपछिको सोँचाईमा धेरै फरक पर्दोरहेछ । मान्छेका रहर अनि चाहनाहरु आपूर्तिका सिद्धान्तहरु फेल खाने गरी समयअनुसार बीजगणितको अनुपातमा थपिँदै र वढ्दै जादोरहेछ । आशले मान्छेलाई निराश वनाउँछ त्यसैले आवश्यकताभन्दा वढी आशा नराखी जे छ त्यसैमा सन्तुष्टि रहने प्रयास गरौँ । आत्मसन्तुष्टि नै सवैभन्दा ठूलो सफलता हो । सकेसम्म गाह्रो काम नै रोजौँ, गाह्रो काम नै गर्रौ । मह भीरमा हुन्छ त्यसैले मिठो हुन्छ र महत्त्व पनि त्यसकै । कडा मिहिनेतका साथ पाएको फल सायद अलि मिठो हुन्छ ।

नेपालमा हुँदा १ लाखको ठूलो सपना सोँचेर कोरिया प्रवेश गरेको ऊ कोरिया आईसकेपछि महिनाको २ लाख कमाउँदा पनि किन चित्त वुझाउन सकिरहेको छैन् । कोरिया जान मात्र पाए जे–जस्तो काम पनि गरिन्छ भन्ने मन कोरिया आईसकेपछि अरु साथीहरुले गर्ने भन्दा आफूले गर्ने काम गाह्रो ठानेर कम्पनी परिवर्तनको लागि नोदोम्बु धाउन थालिन्छ । कम्पनी परिवर्तनको लागि काम गरिरहेको कम्पनीवाट रिलिज लेटर पाउन र पाईसकेपश्चात भनेजस्तो र चाहेजस्तो पायक पर्ने ठाऊँमा कम्पनी नपाउने समस्याहरु विकारल बन्दै गईरहेको छ ।

तसर्थ कोरीयामा रोजगारीको लागि आउनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरु सकेसम्म र मिलेसम्म कम्पनी परिवर्तन नगर्नुहोला कोरीयामा जहाँ गएपनि काम गर्नैपर्छ । आखिर जुन काम गरेपनि काम गर्नु गाह्रो नै हुन्छ तसर्थ अरुको लहैलहैमा लागेर कम्पनी परिवर्तन नगर्नुहोला । तपाँई अहिले काम गर्दै गर्नुभएको कम्पनीमा समस्या नै भएपनि धेरै वुझेर मात्र परिवर्तन गर्नुहोला ।

अन्तमा हामी कोरियामा निश्चित अवधिको लागि मात्र काम गर्न आएका प्रवासी मजदुरहरु हौँ । तसर्थ कोरिया बसुञ्जेल हामी नेपाली नेपाली बीचमा कहिल्यै झगडा नगरी मिलेर वसौँ । एकले अर्कोलाई परेको बेला सहयोगका हातहरु उठाऔँ । कोरिया रहुञ्जेल विभिन्न अदालती मुद्दाहरुमा सकभर पर्नवाट वचौँ । सँधै स्वस्थ रहौँ, कसैलाई पनि हस्पिटल धाईरहनुपर्ने नहोस् । केहि धन अनि सीप आर्जन गरेर सकुशल नेपाल फर्किन पाऊँ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...