Advertisement
SKIP THIS

हेटौडामा जनजाति युवालाई केश काट्ने तालिम


अशोक सुजन श्रेष्ठ

हेटौडा-आदिवासी जनजाति युवाका लागि आयोजित एक महिने कपाल काट्ने तालिम आज(बुधबार) हेटौडामा समापन गरिएको छ । जिल्ला बिकास समिति मकवानपुरको आर्थिक सहयोगमा नेपाल मगर संघ मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।

 

२० जना आदिवासी जनजाति युवक/युवती सहभागी तालिममा जितेन्द्र ठाकुर ‘राजा’ले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा जिल्ला बिकास समिति मकवानपुरका स्थानीय बिकास अधिकारी भोजराज खतिवडाको प्रमुख आतिथ्य तथा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्ष भवसागर श्रेष्ठको बिशेष आतिथ्य रहेको थियो ।

 

कार्यक्रम नेपाल मगर संघ मकवानपुरका अध्यक्ष दुधराज थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगर, हेटौडा अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल मगर महिला संघकी निर्वतमान केन्द्रीय सदस्य रमा राना मगर, जिल्ला अध्यक्ष उर्मिला राना मगर, नेपाल मगर संघका जिल्ला सल्लाहकार शान्तध्वज राना मगर, जिल्ला कोषाध्यक्ष शंकर थापा मगर तथा तालिममा सहभागीहरु राजकुमार स्याङ्तान, कला आले मगर लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममै संघका केन्द्रिय सदस्य एवम् नारायणी अञ्चल संयोजक बिश्व आले मगर, जिल्ला सल्लाहकार रामेश्वर राना, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सचिव कृष्णशरण जोशी, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर लगाएतको आतिथ्य रहेको थियो ।

 

कार्यक्रमका बक्ताहरुले लक्षित बर्गका लागि छुट्याईने बजेट समान रुपमा बितरण गर्दा आदिवासी जनजातीले कम बजेट पाउने गरेको भन्दै जनसंख्याको आधारमा बजेट बृद्धी गर्न माग गरेका छन् । आदिवासी जनजातिका लागि छुट्याईने बजेट पूर्वाधार तथा अन्य क्षेत्रमा बिनियोजन नगर्न समेत आग्रह गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...