Advertisement
SKIP THIS

महासंघको नेतृत्वमा पवन चाम्लिङ


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको पाँचौ अधिवेशनमा पवन चाम्लिङ राई अध्यक्ष पदमा निर्वाचित भएका छन् । कोरियामा रहेका विभिन्न जातिय संघसंस्थाका छाता संगठनका रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको यही आइतबार , नोभेम्बर २६ तारिखमा सम्पन्न अधिवेशनले राईको नेत्तृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष समेत रहेका चाम्लिङ अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मल्लिका थकाली, उपाध्यक्षमा गजेन्द्र शेर्मा र बाबुलाल मोक्तान, महासचिवमा केशाव दर्लामी मगर, सचिवमा युगेल तेन्डुप र चोइस किराती, कोषाध्यक्षमा अग्नि पान्धक(मिराक), सहकोषाध्यक्षमा बमबहादुर तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा गुरु निमा शेर्पा, युवराज राई, तुल चोचाङगी मगर, विपिन चौधरी, शिवशंकर महतो थारु रहेका छन् ।


सन् २०१३ मा कामको शिलशिलामा कोरिया आएका पवन चाम्लिङ आफ्नो काम संगै नेपाली समुदाय र नेपाली संघ संस्थामा सकृय रहेका छन । झापा मिलन समाजको उपाध्यक्ष, झापा एफसीको भरपर्दो खेलाडी ब्याबस्थापक हुदै फटबलमा कप्तानी सम्म सम्हालेका चाम्लिङे कोरियन क्लबबाट विभिन्न फुटबल प्रतियोगितामा सहभागी भएका छन । साथै किरात राई यायोक्खाको सल्लाहकार रहेका उनी थेजन नेपाली समाजको सचिव, हाम्रो जमर्को नेपाल दक्षिण कोरियाको उपाध्यक्ष, साथै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको कार्यवाहक अध्यक्षमा काम गरि सकेका छन ।

नेपालमा २०६३, ६३ को जनआन्दोलन पछिको पहिलो संसदिय निर्वाचनमा राष्ट्रिय निर्वाचन आयोग काठमाडौंबाट पर्यवेक्षकका रुपमा काम गरि सकेका चाम्लिङ चौतारी सहकारी संस्था लिमिटेडको संस्थापक अध्यक्ष ,समर्पण सहकारी संस्था लिमिटेडको संस्थापक सल्लाहकार, निनोहोंछा (चाम्लिङ) राई प्रतिष्ठानका प्रबक्ता, सतासी ग्रुप प्रा.लि.का संस्थापक साथै निर्देशक पनि हुन् ।

कोरियामा उनले खालिङ राई बचाउ अभियानदेखी कोरियाको लागी राजदुत कमान सिंह लामा र फोनिज कोरियाको सम्पादक देबेन्द्र सम्बाहाम्फेलाई कार्यबाहक अध्यक्ष रहदा भब्यताका साथ सम्मान गर्नुका साथै पहिचान पुरस्कार कोषमा पनि एक लाख पचास हजार महासंघले पठाएको थियो ।

त्यस्तै बैशाख १२ र २९ गते गएको महाभुकम्पमा लगतै नेपाल गएर सिन्धुपाल्चोकको थानपालकोट गाबिसको वाड नम्बर १,२,३ मा ३०० परिवारलाई तत्काल पाँच लाखको आवश्यक खाध्यान्न समाग्री बाढ्न आफै पुगेका थिए ।
भखरै पनि कोरियाबाट पहिलो पटक डा।महाविर पुनलाई एक लाख पचास हजार राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन । यस्तै अन्य दर्जनौं थुप्रै सामाजिक काम गरेका छन् ।

अध्यक्ष चाम्लिङले आफु अध्यक्ष बनेपछि महासंघमा निम्न मुख्य काम गर्ने समेत बताएका छन् ।

१. प्रवासमा रहेर पनि आदिबासी जनजातिको पहिचान, अधिकार, भाषा, धर्म, संस्कार संस्कृति रितिरिवाज र परम्पराको लागी काम गर्ने ।

२. एक बर्षको कार्ययोजना तयारी गरि स्टेप टु स्टेप काम गर्दै जाने ।
३. महासंघको कोष बृद्धि गर्न कार्यसमिति, क्षेत्रिय महासंघ र जातीय संघ संस्थासंग मासिक लेभी साथै च्यारिटी सो सांगितिक कार्यक्रमबाट कोष अगाडि बढाउने ।
५. नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको महासंघ केन्द्र नेपालसंग विभिन्न कार्यमा सहकार्य गर्ने ।
६. देश भरिको विभिन्न जिल्लामा पिछडिएको हाम्रो समुदायमा सिप सम्बन्धी तालिम कार्यक्रम गर्ने ।
७. विश्व भरि रहेको महासंघसंग कुरा गरि अन्तराष्ट्रिय नेपाल आदिबासी जनजाति महासंघ कटनको आँखी पहल गरि नेपालको लागी एक भएर काम गर्ने ।
८. कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था र समुदायसंग सहकार्य गर्ने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...