Advertisement
SKIP THIS

प्रवासी भूमिमा संघर्षरत लक्ष्मी


बाला राई
सउल– यतिखेर दक्षिण कोरियामा देखा परेको मर्स नामक भइरसका कारण व्यापार व्यवसायमा समेत असर परेको छ । रोग सर्ने आशंकाले मान्छेको भिडभाड भएको ठाउँमा जोकोहि पनि जान डराइहेको बेला व्यापार व्यवसायमा केही गिरावट आउनु स्वभाविकै हो । मर्स भाइरसका कारण कतिपय रेष्टुराँमा समेत ग्राहक घट्न थालेका छन् ।
केही समय अघिसम्म मात्र इन्डियन परिकारको स्वाद लिन आउने पाहुनाहरुको भीड लाग्ने सउलको सिन्छोनस्थित नानतन्दूरी इन्डियन रेष्टुरेन्ट अहिले प्रायः सुनसान जस्तै भएको छ । ‘यो भाइरसले गर्दा गेस्टहरु नै घटिसके’, रेष्टुरेन्ट संचालक लक्ष्मी राई भन्छिन् । सन् २००७ मा श्रीमान सुर्यकुमार राईले उक्त रेष्टुरेन्ट संचालनमा ल्याएका थिए । तर इमिग्रेसनमा समस्या परेर २०१२ मा श्रीमान नेपाल फर्केपछि लक्ष्मी एक्लैले रेष्टुरेन्ट संचालन गर्दै आएकी छिन् । नत भाषाको ज्ञान न कामको अनुभव । एक्लैले बिरानो मुलुकमा बसेर व्यवसाय धान्न त्यति सजिलो पक्कै थिएन । ‘मुख्य त भाषाको कारणले धेरै गाह्रो भयो’, उनी सुनाउछिन् ।

laxmigusee
श्रीमान नेपाल फर्केपछि रेष्टुरेन्ट आफ्नो नाममा सारेर एक्लैले संचालन गर्न उनले धेरै संघर्ष गर्नुपर्यो । प्रवासी भूमिमा कुनै नेपालीलाई गाह्रो पर्दा हरेक नेपालीमा सहयोगी भावना हुनुपर्नेमा उल्टै नेपालीबाट नै ठगिनु पर्दा उनको मन दुख्नु स्वभाविकै हो । अझ महिला भएकै कारण पुराना व्यवसायी पुरुषबाट हतोत्साहित हुनुपर्दा आफ्नो व्यवसाय अघि बढाउन धेरै गाह्रो भयो । तैपनि उनले हारेश खाइनन् । महिला कमजोर हुन्न उसले पनि पुरुषसरह गर्न सक्छ भन्ने अठोट लिएर आफ्नो व्यापार व्यवसायमा आइपरेका अनेकौं वाधा अडचनसँंग सामना गर्दै अघि बढिन् । ‘यो आइमाइले गरेर खाने भइ भनेर नेपालीहरुबाट नै मेरो व्यवसाय धरापमा पार्ने काम भयो । मलाई हतोत्साहित गराइयो । रेष्टुरेन्टको विज्ञापन समेत ह्याक गरियो । कामदार भड्काउने र रेष्टुरेन्टको इमेज नराम्रो गर्ने काम समेत हाम्रै नेपालीबाट भयो,’ उनी आफ्नो दुखेसो पोख्छिन् । ‘तैपनि मैले हारेश खाइन ।’

कोरियामा व्यवसाय गर्दै आएका नेपालीहरुबिच एकता नभएकोले पनि व्यापार व्यवसाय गर्न गाह्रो भएको बताउदै उनी अगाडि थप्छिन्, ‘व्यापारमा सफल हुनको लागि हरेक नेपाली हातमा हात मिलाएर अघि बढनुपर्छ । तर यहाँ त खुट्टा तान्ने प्रविधि रहेछ । व्यापार राम्रो हुन थाल्यो भने जसरी हुन्छ तल पार्ने अनि व्यापार चलेन भने काखी बजाएर हाँस्ने ।’ व्यापारीबिच मत नमिल्ने, नेपालीले नेपालीलाई नै ठग्ने जस्ता कार्यले गर्दा व्यवसाय चलाउन कठिन हुने लक्ष्मीको अनुभव छ ।
‘कोरियामा व्यवसाय गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तै रहेछ’, उनी सुनाउछिन् । तर आँट र हिम्मत लिएर जस्तोसुकै अवस्थामा पनि विचलित नभई अघि बढनुपर्छ भन्ने उनको मान्यता छ । त्यहि दृढ विश्वासका कारण प्रवासी भूमिमा एक्लै संघर्ष गरेर सफलताको सिंढि चढ्न सफल महिला व्यवसायी लक्ष्मी राई अन्य व्यवसायी महिलाहरुको लागि प्रेरणाको स्रोत बनेकी छन् ।

खोटाङको रिप्दुङमा जन्मेकी लक्ष्मी एसएसलसी उतिर्ण गर्नसाथ गाउँकै विद्यालयमा शिक्षिकाको जागिर पाइन् । १६ वर्षको उमेरमा एसएलसी उतिर्ण गरेकी लक्ष्मीको १७ वर्षको उमेरमै सोलुखुम्बु मुक्लीका सुर्यकुमार राईसँंग मागी विवाह भयो । तै पनि आफ्नो शिक्षण पेशालाई छाडिनन् । पाँचवर्ष शिक्षण पेशामा आवद्ध रहेपछि श्रीमानका साथ काठमाडौं छिरेकी लक्ष्मीले पद्धमकन्या क्याम्पसमा अध्ययन गर्न थालिन् । अध्ययनसँंगै व्यापारमा हात हालेकी उनले अन्ततः श्रीमानले सुरु गरेको वैदेसिक व्यवसायलाई अगाडि बढाउन कोरिया आइन् ।

lax
नयाँ ठाउँ, नयाँ परिवेश उनलाई कोरियामा घुलमिल हुन धेरै गाह्रो भयो । ‘श्रीमानको व्यवसाय फस्टाएको देखेर रिस, ईश्या गर्नेहरुले पोलझोस लगाइदिए । श्रीमान नेपाल फर्केपछि उहाँको व्यवसायलाई टिकाउन मैंले धेरै संघर्ष गर्नुपर्यो’, लक्ष्मी सुरुवातका दुखद दिनहरु सम्झन्छिन् । आफ्ना दुई जना छोराहरुलाई समेत कोरिया ल्याइसकेकी लक्ष्मीको चाहना एकजनाले कोरियामै बसेर आमालाई सघावोस् भन्ने थियो तर छोराहरु कोरियामा बस्न नमानेपछि उनले पनि केही वर्षपछि नेपाल नै फर्किने सोचाइ बनाएकी छिन् । भन्छिन्, ‘पैसा भन्दा ठुलो त घरपरिवार नै हो । श्रीमान उता म यता खै, अब बिस्तारै नेपाल नै फर्कन्छु होला ।’ नेपाल फर्केपछि श्रीमानले आफ्नै घरमा चलाउदै आएको ब्वाइज होस्टलमै आवद्ध हुने उनको विचार छ ।

बिहान नौबजेदेखि बेलुकी ११ बजेसम्म आफ्नै रेष्टुरेन्टमा खटदै आएकी लक्ष्मीको नानतन्दुरी रेष्टुरेन्टमा इन्डियन परिकार मात्र राखिएका छन् । नेपालीहरु कमै मात्र जाने उक्त रेष्टुरेन्टमा आउने अधिकांश पाहुना अमेरिकन, युरोपियन, सिगापुरेन, मलेसियन, चाइनिज र कोरियनहरु हुन् । दुई जना नेपाली कुक र एकजना कोरियन वेटरसहित लक्ष्मी आफैं रेष्टुरेन्टमा खट्छिन् । ‘हाम्रो रेष्टुरेन्टको विशेषता नै धेरै भेराइटिका करी, नान र तन्दुरी हो,’ उनी सुनाउछिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...