Advertisement
SKIP THIS

जनप्रगतिशिल मन्च कोरियाको बैठक सम्पन्न, बाम एकता लाइ स्वागत गर्दै धुर्बिरकरण अभियान लाई तिब्र पारिने निर्णय पारित


माओवादी केन्द्रको प्रबाश संगठन जनप्रगतिशिल मंच कोरियाको पुर्ण कार्य समितिको बैठक सम्पन्न भएको छ । यहि आइतबार राजधानी सौलमा भएको बैठकले विभिन्न बिषयहरुमा छलफल गर्दै संगठनलाई अझ तिब्र गतिमा बिस्तार गरेर लैजाने बिषयमा गहन छलफल भएको जनाइएको छ ।

बैठकले एन.आर.एन. अधिबेशनमा एसिया प्यासिफिकको सह-संयोजक जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएका जनप्रगतीशिल मन्च कोरियाका संरक्षक तथा चिरपरिचित समाजसेबी ब्यक्तित्व बिनोद कुवरलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ ।

त्यस्तै कोरियाको कार्यकाल सकेर नेपाल फर्कन लाग्नु भएका संगठनका केन्द्रिय कोषाध्यक्ष तथा रामेछाप सम्पर्क समितिका सस्थापक अध्यक्ष गोबिन्द गौतमलाइ पनि संगठनको तर्फबाट सम्मान तथा बिदाइ गरेको संगठनले जनाएको छ ।

त्यस्तै नयाँ शक्ति कोरियाबाट धुर्बिकृत भएका सदस्यहरुलाई संगठनमा उचित जिम्मेवारी प्रदान गरिएको छ । कोरियाभर धुर्बिकरण अभियानलाई अझ तिब्र पार्दै बाम एकतालाइ बलियो बनाउन संयुक्त कार्यदल निर्माण गरेर अगाडी बढ्ने बिषयहरुमा पनि छलफल भएको एक सहभागिले जनाएका छन् ।

औपचारिक बैठक पश्चात् एमाले संगठन कोरियाका अध्यक्ष पर्शुराम सापकोटा र जनाधिकार मन्च कोरियाका अध्यक्ष खगेन्द्र बुढाले एक आपसमा खादा लगाएर शुभकामना ब्यक्त गर्दै प्रबाशबाट बाम एकताको सहकार्यको शुरुआत भएको घोषणा गरेका थिए ।

बैठकमा बिनोद कुवर , लालकाजी बस्नेत ,खगेन्द्र बुढा , बैरागी माइला , गोबिन्द गौतम लगायत पदाधिकारीहरुले आ -आफ्ना भनाइ राखेका थिए भने नवीन गुरुङले बैठक सन्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...