Advertisement
SKIP THIS

 विश्वब्यापी कविता प्रतियोगितामा  उत्तम लिम्बु प्रथम  


अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाद्धारा आयोजित विश्वब्यापी कविता प्रतियोगिताको नतिजा मंगलबार सार्वजनिक गरिएको छ । उत्तम लिम्बुको कविता युगका स्वरहरु प्रथम भएका छन भने निरज दाहालका गरिबका आँशु शिर्षकका कविता दितिय र ज्ञानेन्द्र बहादुर सिंहको नेपाल मेरो भन शिर्षकको कविता तृतीय बनेका छन् ।

प्रतियोगिताको लागि विश्वबाट एक सय ८६ कविता सामेल रहेको थियो । निर्णयक मण्डलमा बरिष्ठ समालोचक डा. खगेन्द्र प्रशाद लुइटेल, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ, समालोचक डा. देवि नेपाल र अनेसास केन्दका प्रतिनिधी कवि गोर्वधन पुजा रहेका थिए । पुरस्कृत कविताहरु प्रथम , दितिय र तृतीयलाई क्रमशः रु. २० हजार, १० हजार र ५ हजारको व्यवस्था गरिएको छ ।

तीन चरणमा विभाजन गरी कविता छनौट गरिएको थियो । पहिलो चरणमा ५८ दोस्रो चरणमा २० र तेस्रो चरणमा १० कविता छनौट गरिएको थियो । उत्कृष्ठ १० कविताहरु मध्येबाट पुरस्कृत कविता निर्णय गरिएको थियो । उत्कृष्ठ १० मा परेका अन्य कविताहरुलाई प्रशन्सापत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

अनेसास कोरियाले गत आइतबार सोलमा सम्पन्न गरेका देवकोटा जयन्ती र काब्य सुधाको चौथो श्रृखंला बृहत रचना वाचन कार्यक्रममा सो उत्कृष्ठ १० कविता वाचन गरिएको थियो । कार्यक्रममा मिलन कान्दा किराँती, जीत लामा, समीर यात्री, महेन्द्र केसी, लोकराज न्यौपाने, गंगा बस्नेत, राम केसी नयन, धिरेन्द्र स्पन्दन, नारायण भुसाललगायत सर्जकहरुले आ आफ्नो सिर्जना वाचन गरेका थिए ।

नेपाली कविताको उन्नयन र सृजनात्मक समृद्धिका लागि विश्वव्यापी काविता प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अनेसासका अध्यक्ष प्रमोद सारंगले जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...