ती महान परदेशी


कथा/
हर्के प्रबासी भएको २ बर्ष बितिसक्यो । बिहान सबेरै उठेर काममा जाउ साझ अबेर आएर आराम गर उसको दैनिकी हो यो । आफु भोको छ तिर्खाएको छ तर त्यसको प्रबाह हुदैन उसलाई, उसलाई त झल्झली २ बर्ष अगाडी छोडेर आएको आफ्नो परिवार अनि मुटुका टुक्रा जस्ता कल्कलाउदा भबिश्यका साहाराको चिन्ता बढी लाग्छ । आफुलाई हनहनी ज्वरो आएको छ तथापी काममा सकी नसकी लत्रेकै छ किनकी आफ्नो ज्यान जे जस्तो अबस्थामा होस मजदुरी गर्नु नै उसको कर्तब्य हो । हुन त उसको बिबशता पनि छ गाउमा भएको घरले उ तिरै मुख फर्काएर बसेको छ र भन्छ, हर्के म पनि जिर्ण छु मेरो उद्दार गर है १ अनी यस्सो सम्झन्छ गाउमा बुढा भएका आफ्नो बाबु आमाको पनि त मुहारमा खुसी ल्याउनु छ उसले।

उफ् कस्तो गर्मी भएको सोच्दा सोच्दा बिचरा पसिनाले निथुक्रै भिजेको छ। हुन त उसलाई ज्वरो आएको १ हप्ता भैसकेको छ आराम गर्नु त पर्ने तर झल्झली गाउ सम्झन्छ आफ्नो भबिश्यको साहारा सम्झिन्छ सबै तीर सम्झदा उसको शारिरीक अबस्था भन्दा बढी उसलाई गाउको आफ्नो परिवारको अबस्था दयनिय लाग्छ अनी सकी नसकी फेरी उ काममै लत्रन्छ। औसधिको नाममा उ संग २ बर्ष अगाडी नेपालबाट आउदा ल्याएको सिटामोलको एक पाटा मात्रै छ त्यो पनी प्रयोग मिती समाप्त भैसकेको ३ महिना नाघिसकेछ। तर के गरोस मनको आश न हो केही सुधार हुन्छ की भनी आजबाट त्यही सिटामोल खान थालेको छ किनकी उसलाई आजबाट ज्वरोले अलिक बेसी च्यापेको छ।

ज्वरोले लखतरान परेको छ बिचरा हर्के । हिजोसम्म त सकी नसकी काममा लत्रेकै थियो तर आज उसको ज्यान सिथिल भएको छ कमजोरीले गर्दा ज्यान लक लक कापेको छ सेभिङ गर्न नसकेको पनी ठुप्रै भएछ झुस्स निस्केर ठाडा ठाडा भएका दारीहरुले पनी उसलाई नियालेर सोधिरहेको थियो ए हर्के मलाई फाल्दैनस? हर्के निन्याउरो मुख लाएर सुतिराथ्यो सके पो फालोस बिचरालाई परदेशमा कस्ले पो स्याहारसुसार गरोस र त्यै साथीहरु छन सहानुभुतीसम्म पोख्ने हर्केको।

साथीहरु पनि बिहान उठ्नासाथ काममा दगुरिहाल्नु पर्छ साझमा कामबाट आफै लखतरान परेर आउछन उसको लागि के गर्न सकुन उनीहरुले पनि, तै पनि बिहान बेलुकी तातोपानीसम्म भ्याई नभ्याई तताएर दिन्छन, बिचरा उसको यो अबस्था देख्दा त बसेरै पालै पालो रेखदेख गर्नु पर्छ है भोली हाम्रो पनि त यो अबस्था आउन सक्छ नी भनेर नसोचेका पनि हैनन तर सोचेर मात्र के गर्नु फुर्सद भए पो १ काममा नगए हप्काउन कोठामै आउछ साहु।

आज कामबाट आइसकेका छन हर्केको साथीहरु । एक कप पानी तताएर दिनसम्म भ्याएका छन र खाना बनाउने सुरसारमा छन । किनकी काम बाट थाकेर आएका छन । साथीहरु भोली दिउसो सम्मको लागी पुग्ने खाना पकाई छिटो छिटो गरेर आराम पनि गर्नुछ भोली सबेरै काममा जानु छ। त्यही समयमा आज काममा नगएकोले हर्केको कोठामा साहु टुप्लुक्क आइपुग्यो हर्के सकीनसकी उठेर साहुलाई अभिबादन टक्र्याउन के भ्याथ्यो साहु उफ्रन थालिहाल्यो,चर्को चर्को स्वरमा के के भन्यो कुन्नी सबै त बुझेन तर उसले बुझेको चाही किन आइनस काममा त आज नआउनाले कति घाटा पर्र्यो मलाई थाहा पाएकोछस भन्या थ्यो। हर्के मलिनो अनुहार बनाउदै साहुलाई बिन्ती बिसायो साहुजी बिरामीले थला परेर आउन सकिन सकेको भए त आउथे। तर साहुले के मानोस भोलीबाट आइज नत्र नेपाल जाने ब्यबस्था गर भनेर गयो । हर्के चिन्तीत मुद्रामा मनमनै भक्कानिदै रात काट्यो आएको २ बर्ष भयो जनतन आउदाको ऋण तिर्न भ्याएको छ गाउको पानी चुहिने छाप्रो र बुढेसकालका आमाबाबुको एकसरो कपडा फेर्नु बाकी छ । फेरी ती कल्कलाउदा बच्चा र जिबन संगिनीको पनि त मुहारमा खुसी छर्नु छ अनि कसरी जान सकोस बिचरा नेपाल १ खत्पदिदै २ गोली सिटामोल खायो र सुत्यो निन्द्रा लागे पो १ घरी घरी साहुको बचन सम्झन्छ फेरी गाउ र परीवार सम्झन्छ एता पल्टयो उटा पल्टयो बिहानी भैसक्यो निन्दा नपरी, साथीहरु काममा जान तर्खर भए उसलाई बिसको उन्नाइस भाको छैन के गरोस बिबसता, लकलक काप्दै उठ्यो र मुख पनि नधोई काममा जाने आँट गर्र्यो।

गाडी कोठा अगाडी तयार भैसकेको थियो साथीहरुसंगै गाडीमा बस्यो २ गोली सिटामोलले पनि काम गरेको थिएन घरीघरी रिङ्गटा लाग्ला जस्तै भैरहेको थियो । गाडी कम्पनी पुग्यो र काममा जान कपडा लगाएर तयार भए सबै जना, हर्के पनी कपडा लाउन खोज्दै थियो कम्जोरिले रिङ्गता लागेर त्यही ढल्न पुग्यो। साथीहरुले हतार हतारमा कम्पनी म्यानेजरलाई खबर गरे म्यानेजरले एकछिनमा आउछु भन्यो साथीहरुले सिरियस छ अबस्था छिटो अस्पताल लैजाउ भनी बिन्ती बिसाए तर म्यानेजरले जरुरी काम छ अहिले एकछिनमा आउछु एकजनाले हेर्दै गर्नु भनी फोन राख्यो। साथीहरु निरास हुदै सल्लाह गरी एकजना बसेर अरु काममा लागे , साथीले पानी लिएर खुवाउन प्रयास गर्र्यो तर हर्के बेहोस अबस्थामा थियो । चिन्तीत मुद्रामा साथीले मनमनै कुरा खेलायो कस्तो नर्कको ठाउ हो यो ? बिरामी हुदा पनि उपचार नपाउने?

म्यानेजर नआउदासम्म उसले प्रतिक्षा गर्नुको बिकल्प थिएन १ घण्टा पछी म्यानेजर आयो र एम्बुलेन्सको ब्यबस्था गरी अस्पताल पुर्याएर एकजना साथीलाई राखिदिएर फर्कियो। केही समय पछी होस आयो हर्केको । अस्पतालले २ लाख नेपाली रुपैया जम्मा गर्नु पर्ने र केही दिन अस्पतालमै राख्नपर्ने जानकारी हर्केको साथीलाई दियो। साथीले सबै कुरा फोनमार्फत म्यानेजरलाई जानकारी गराउदा कम्पनीले उपचार खर्च ब्यहोर्न नसक्ने जानकारी गरायो। हर्के र उसको साथी झन गाह्रो अबस्थामा पुगे त्यसपछी जसोतसो गरेर त्यही भएका साथीहरु मिलेर पैसा उठाउन थाले भोलिपल्ट सम्म सबै साथीहरु मिलेर चारैतिर हात फैल्याई २ लाख पुर्याएर अस्पतालमा जम्मा गरिदिए पैसा जम्मा गरिसके पछी नर्सहरुले रेखदेख गर्छन भनी हर्केको साथीलाई काममा फर्काए१ छ दिनको अस्पताल बसाई पछी हर्के पनि डिस्चार्ज भै काममा फर्कीयो गहभरी आसु पार्दै आफ्ना साक्षात भगबान जस्ता साथीहरुलाई धन्यबाद दियो । उसलाई आज साथीहरुले नया जिबनदान दिएको आभाष भएको छ हर्के लाई। अब हर्केले मनमा एउटा अठोट गरेको छ ूम धेरै बस्दिन यो काल कोठीमा अब केही समय बेस्सरी दुख गर्छु अनि नेपाल फर्किएर परिवार संगै रमाउछु ! हर्केले अरु १ बर्ष बेसरी दुख गरर्यो कम्पनीले ३ बर्षको लागी लिएको कन्ट्रयाक पुरा गरी अहिले घर फर्केको छ। काम धेरै गरेको र बिरामी परेकोले पहिले भन्दा हर्के केही दुब्लाए पनि गोरो भएको छ । हर्के गाउमा जादा छुट्टै उमंग छाएको छ परिवारका सबै जना खुसी देखिन्छन। गाउका छिमेकिहरु लाहुरे आयो भनी नाचगान गर्दै रमाइलो गरिरहेका छन हर्केको घरमा । घर आनी छिमेकीहरुको खुसियाली संगै हर्के पनि आफ्नो परदेशको सबै पिडामा मल्हम लगाउदै मख्ख देखिन्छ।
(माथी उल्लेखित घटना र पात्र काल्पनिक हुन तथापी मजदुरी गर्न परदेसीएका लाखौ नेपालीहरुको भने साझा समस्या हो यो जसलाई यस कथा मार्फत उतार्ने जमर्को गरेको छु। जान अन्जानमा यो कथाले कसैको ब्यक्तिगत जिबनमा आघात पुर्यायमा वा पुग्न गएमा त्यो केबल संयोग हुनेछ र त्यसको लागी लेखक क्षमा प्रार्थी छ। धन्यबाद।)

जैमिनी न पा – 8 छिस्ती बागलुङ साबिक (छिस्ती-9 बागलुङ)
हाल याङ्जु दक्षिण कोरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...