Advertisement
SKIP THIS

कोरियन राजदूतद्वारा एसवाई मोडल हाउसको अवलोकन


रमेश खावाजु ,काठमाडौं

नेपालका लागि कोरियन राजदुत पार्क योङ्ग सिकले महाराजगंजस्थित नवनिर्मित कोरियन कम्पनि एस वाई प्यानल नेपालको मोडल हाउसको अवलोकन गरेका छन् | एस वाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोङ सियोक पार्कले मंगलबार साढे दुइ बजे एस वाइको मोडल हाउसमा पुग्नु भएका कोरियन राजदुत सिकलाई स्वागत गरेका थिए | एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक पार्कसित छलफलको क्रममा राजदुत सिकले बिदेशी लगानीको लागि नेपालको कानुनमा केहि समस्या भए पनि कोरियाको उद्योगहरु नेपालमा प्रवेश गरेर कोरियाको छबि राम्रो बनाउनु पर्ने धारणा राखेका थिए | राजदुत सिकले भुकम्प प्रतिरोधी भवन निर्माण लागि बिश्वकै उत्कृष्ट प्यानल उत्पादन गर्ने एस वाई कम्पनीका बिभिन्न सामाग्रीहरु अवलोकन गरेका थिए |

सन् १९९४ मा दक्षिण कोरियामा स्थापना भएको एस वाई प्यानल कम्पनी आज बिश्वको १९ देशमा फैलिएका छन् | उक्त कम्पनि भवन निर्माणको लागि आवश्यक प्यानल उत्पादनमा एसियाको पहिलो तथा विश्वको दोश्रो ठुलो कम्पनी हो | नेपालमा २०७२ सालको महाभूकम्प पश्चात भुकम्प प्रतिरोधी भवन निर्माणमा तिब्र बृदिका कारण हालै एस वाई प्यानल नेपाल को स्थापना गरि असोज २५ गते उद्योगमन्त्री सुनिल कुमार थापाले महाराजगंजमा मोडल हाउसको उद्घाटन गरेका छन् | त्यस्तै असोज २६ गते चितवनको रत्ननगरमा प्यानल निर्माणको लागि कारखानाको शिलान्यास गरेका छन | एस वाई नेपालका प्रबन्ध निर्देशक पार्कले चितवनको कारखानामा नेपाल लगायत दक्षिण एशियामा आवश्यक पर्ने स्याण्डविच प्यानल ,यु पिभिसी झ्याल , स्टिल ढोका लगायत अन्य निर्माण सामग्रीहरु उत्पादन गर्ने बताए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...