कोरियन राजदूतद्वारा एसवाई मोडल हाउसको अवलोकन


रमेश खावाजु ,काठमाडौं

नेपालका लागि कोरियन राजदुत पार्क योङ्ग सिकले महाराजगंजस्थित नवनिर्मित कोरियन कम्पनि एस वाई प्यानल नेपालको मोडल हाउसको अवलोकन गरेका छन् | एस वाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोङ सियोक पार्कले मंगलबार साढे दुइ बजे एस वाइको मोडल हाउसमा पुग्नु भएका कोरियन राजदुत सिकलाई स्वागत गरेका थिए | एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक पार्कसित छलफलको क्रममा राजदुत सिकले बिदेशी लगानीको लागि नेपालको कानुनमा केहि समस्या भए पनि कोरियाको उद्योगहरु नेपालमा प्रवेश गरेर कोरियाको छबि राम्रो बनाउनु पर्ने धारणा राखेका थिए | राजदुत सिकले भुकम्प प्रतिरोधी भवन निर्माण लागि बिश्वकै उत्कृष्ट प्यानल उत्पादन गर्ने एस वाई कम्पनीका बिभिन्न सामाग्रीहरु अवलोकन गरेका थिए |

सन् १९९४ मा दक्षिण कोरियामा स्थापना भएको एस वाई प्यानल कम्पनी आज बिश्वको १९ देशमा फैलिएका छन् | उक्त कम्पनि भवन निर्माणको लागि आवश्यक प्यानल उत्पादनमा एसियाको पहिलो तथा विश्वको दोश्रो ठुलो कम्पनी हो | नेपालमा २०७२ सालको महाभूकम्प पश्चात भुकम्प प्रतिरोधी भवन निर्माणमा तिब्र बृदिका कारण हालै एस वाई प्यानल नेपाल को स्थापना गरि असोज २५ गते उद्योगमन्त्री सुनिल कुमार थापाले महाराजगंजमा मोडल हाउसको उद्घाटन गरेका छन् | त्यस्तै असोज २६ गते चितवनको रत्ननगरमा प्यानल निर्माणको लागि कारखानाको शिलान्यास गरेका छन | एस वाई नेपालका प्रबन्ध निर्देशक पार्कले चितवनको कारखानामा नेपाल लगायत दक्षिण एशियामा आवश्यक पर्ने स्याण्डविच प्यानल ,यु पिभिसी झ्याल , स्टिल ढोका लगायत अन्य निर्माण सामग्रीहरु उत्पादन गर्ने बताए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...