Advertisement
SKIP THIS

किरात याक्थुम चुम्लुङ्गद्वारा निर्देशक नवीन सुब्बा र प्रकाश आङ्देम्बे सम्मानित


किरात याक्थुम चुम्लुङ्गद्वारा निर्देशक नवीन सुब्बा र प्रकाश आङ्देम्बे सम्मानित

नोगेन नेम्बाङ

दक्षिण कोरियाको बुसान शहरमा भएको बिआइएफएफ बुसान अन्तरराष्ट्रीय चलचित्र फेस्टिभलको २२औ कार्यक्रमको अवसरमा नेपालबाट सहभागी हुन आएका नेपलाी चलचित्र निर्देशकद्धय नविन सुब्बा र प्रकाश आङ्देम्बेलाई अक्टोबर २४ तारिख मंगलबार किरात याक्थुम चुम्लुङ्ग दक्षिण कोरियाले सम्मान गरेको छ ।

नेपालको संस्कार, संस्कृति वा आफ्नो मौलिक अनुहार पर्दा मार्फत बिम्बित गराई सिंगो चलचित्र क्षेत्रमा योगदान गर्नु भई याक्थुङ समुदायलाई पनि बिश्व सामु चिनाउन सफल बरिष्ट चलचित्र निर्देशक नबिन सुब्बा र साहित्यकार तथा निर्देशक प्राकाश आङ्देम्बेलाई किरात याक्थुम चुम्लुङ्ग दक्षिण कोरियाले भेटघाट कार्यक्रम तथा समान गरेको हो । कोरियाको आन्सान अवस्थित सगरमाथा रेस्टुरेन्टमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानको प्रमुख अतिथि रहेको थियो । सम्मान तथा भेटघाट कार्यक्रममा निर्देशकद्धयलाई कि.या.चु. दक्षिण कोरियाका अध्यक्ष सुन्दर दिप आङ्देम्बे र प्रमुख अतिथि मोक्तानले सयुत्त रुपमा समान पत्र हस्तान्तरण गरेका थिए ।

सम्मान पछि आफ्नो मन्तव्य राख्ने क्रममा निर्देशक नवीन सुब्बाले नेपाली चलचित्र क्षेत्र नयाँ धारतिर उन्मुख हुँदै गर्दा हामी विभिन्न जातजाती, भेषभुषा, परम्परा, रितिरिवाज र संस्कृती बोकेको देश हुने हुदा सबै खालको चलचित्र निर्माण गर्न बिर्सुनु नहुने जिकिर गर्दै यहि सोचका साथ समाजको कथा अनि आफ्नै संस्कृती झल्किने नेपालीपन बोकेको चलचित्र ूनुमाफुङू बनाएको बताए । त्यसै गरि अर्का निर्देशक प्रकाश आङ्देम्बेले नेपाली चलचित्र नेपालीहरुको विविधता, नेपालीपन झल्किने नेपाली चलचित्र बनाउदा त्यति नचल्ने स्पष्ट पार्दै दुस्ख व्यक्त गरे ।

उक्त सम्मान कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथी नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष चित्र बहादुर मोक्तान, उपाध्यक्ष मोहन जबेगुले स्वागत मन्तव्य राखेका थिए । चुम्लुङका संरक्षक गणेश मेन्याङ्बो र चुम्लुङ कोरियाका निबर्तमान अध्यक्ष सन्तोष मादेनले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम उपाध्यक्ष गजेन्द्र सेर्माले सञ्चालन जिम्मा पाएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...