Advertisement
SKIP THIS

परदेशी भाइको दिदीलाई पत्र


प्यारी दिदी ,
सात समुन्द्र पारीबाट अरु केही गर्न नसके पनि तिमीलाई खुबै सम्झेको छु, दिदी, कतिपय कुराहरु आँखा चिम्म गरेपछि देखिने रैछन ! ड्युटी सकेपछि कोठामा आएर अन् गरेको मोबाइल संगै बजेको तिहारको मंगल धुनले किन किन मनलाई अमिलो बनाइदियो । त्यसपछि आँखा चिम्म गरेर बिगतका तिहारका परिदृश्य हरुलाई एक एक गरेर मानस्पटलको पर्दामा देखिए ।
दृश्यहरु सुखान्त भएपनि किन किन मन चाही भाबविह्वल बनिदियो ! ५ वर्ष भएछ दिदी तिमीसँग टिका लगाउन नपाएको, ५ वर्ष अघि वा मेरो पछिल्लो तिहारमा तिम्रा स्नेह , माया र आशिर्बादले भरिएको हातले थमाएको उपहार हेरेरै यो तिहार संगै ५ वटा तिहार बिताउने छु, दिदी त्यहाँ मखमली ढकमक्क फुलिरहेको होला तर म यहाँ ओइलाएको छु, त्यहाँ जताततै झिलिमिली बत्तिहरु बलिरहेका होलान तर यहाँ म निभेको छु ! तिमीले त्यहाँ सयपत्री माला उनिरहादा म यहाँ त्यस्सै चोइटियेको छु ! उता रंगिन बनिरहेको दिपावलीमा म भने फिक्का छु ! दिदी, मेरा रहरहरु त तिमीले सत्रु क्षय हुन् भनि फोरेको ओखर संगै छिन्न भिन्न भएछन ! दिदी , चाड पर्ब जति नजिकिन्छ बिगतका परिदृश्य हरुले तेती नै बेचैन गराइदिञ्छ ! मिस गरिरहेको छु दिदि तिम्रा ति कोमल हातले स्पर्श गरेको खाली निधार अनि तिमीले पकाएका सेल रोटि ! दिदि , तिमीले यमराजले पनि लैजान नसकोस भनेर लगाएको तेल को घेरा लाइ बिबस्ताका छालहरुले तोडेर धेरै परसम्म पुराइदियो ! दिदी , हुनत समय सधै एकै नास कहाँ हुन्छर ? तैपनि
एउटा परदेशीको निम्ति चाडपर्ब सबैभन्दा पिडादाइ हुदोरैछ । भौतिक रुपले एकै ठाउमा नभएपनि तिमी मेरो मनमा छौ ! मुटुमा छौ । यी शब्दमा लेखि रहनै पर्दैन । दिदी म नहुँदा चित्त नदुखाउनु, यो बेला संगै नभएर के भो र , तिम्रै आशिर्बाद को उर्जाले त मेरो जिन्दगीको रफ्तार चलिरहेको छ , तिमीले पहिराइदियेको कहिलै नओइलाउने मखमली फुलको मालाको शक्तिले त अहिलेसम्म रहर र आकांक्षा हरु जीवित छन् ! तिमिले नै दैलोमा ओखर संगै छिन्न भिन्न पारिदिएका शत्रु हरुसंग कुनै डर छैन ! दिदी , त्यसैले तिमी संगै नभएपनि तिम्रा आशिर्बाद हर पल संगै छन् ! यो तिहारमा संगै हुन नपाएकोमा मन दुखाउनु भन्दा बरु अबका प्रत्येक तिहारहरु संगै मनाउन पाइयोस भन्ने कामनाको मजबुत डोरीमा कहिल्यै नओइलाउने मखमली फूलहरु उनेर भाइको नाम मा राखिदिनु , यो तिहारमा पनि संगै टिका लगाउने दिदीको आकांक्षालाई पुरा गर्न नसकेकोमा क्षमा माग्दै बिदा हुन्छु !
उही दुखि भाइ
(स्याङ्जा , हाल कोरिया )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...