Advertisement
SKIP THIS

कोरियामा आफ्नै साथीको २३ लाख पैसा खाएर फरार, फेसबुकमा समेत ब्लक


ईपीएस मार्फत कोरिया आएका राजकुमार राई(प्रिन्स राई )ले सँगै कम्पनीमा काम गर्ने साथीको २३ लाख वन पैसा लिएर साथीलाई फेसबुकमा ब्लक गरी फरार भएका छन् । कोरियाको छङ्ग्जु–बोउन स्थित ‘देग्वाङ्गछुछल’ फलाम कम्पनीमा कार्यरत राईले सँगैका साथी मुन्ना महतोको पैसा लिएर सम्पर्क बिहीन बनेका हुन् ।
सुरुमा सापटी भनेर पैसा लिएका राईले भरे, भोली भन्दै अढाई वर्ष झुलाए । तर गएको मे महिनादेखि सम्पर्क बिहीन भएको पीडित महतोले फोनिज कोरियासँग गुनासो गरे । महतोका अनुसार धरान ७, सुनसरीका राई २०१२ मे १९ तारिकमा कोरिया आएका हुन् । र सोहि कम्पनीमा २०१४ एप्रील २२ मा महतो आएका थिए ।
‘कम्पनीमा म भन्दा पहिला आएकाले मैले दाई भनेर राईलाई सम्बोधन गर्थे । तर उनले त्यसैको फाईदा उठाएर मेरो २३ लाख वन लिएर मलाई फेसबुकमा समेत ब्लक गरिदिए’, पिडित महतोले भने । ‘म कम्पनीमा नयाँ र कोरियामै नयाँ भएकाले उतिबेला मलाई धेरै कुरा थहा भएन । कम्पनीमा अरु साथीहरुसँग भन्दा म उसैसँग नजिक भएँ ।’
राईले २०१५ मार्चमै महतोसँग पैसा सापटी लिएका रहेछन् । सँगै कम्पनीमा काम गर्ने साथी भएकाले राईलाई पैसा दिएको कुनै प्रमाण राख्न समेत महतोले आवश्यक ठानेनन् । तर राईको कुनियत महतोले चाल पाउनै सकेनन् ।
आफुसँग फेसबुक मेसेन्जरमा भएको वार्तालाप देखाउँदै महतोले सुनाए, ‘गएको मे महिनासम्म राईले पैसा फिर्ता दिने भन्दै बैंक खाता नम्बर पठाउन भनेका थिए । तर त्यसो भनेको केही दिनमा मलाई फेसबुकमै ब्लक गरेर गायब भए ।’
महतोकै अनुसार राईले कम्पनीकै अर्को एक जना नेपाली साथीको समेत १९ लाख खाएका रहेछन् । उनले राईसँग तमसुक पनि बनाएका छन् । तर ती साथी भने सार्बजानिक हुन डराए । ‘मैले राईलाई धेरै पटक मेसेन्जर कल गरेर टाईम दिए तर फेसबुकमै ब्लक गरिदिए पछि बाध्य भएर मिडिया खोज्दै आएको हुँ ।’ उनले थपे ।
‘मैले मिडियामै प्रचार नगर्दा पनि हुन्थ्यो तर म जस्तै अरुलाई पनि राईले ठग्न नपाओस् भन्ने उद्देश्यले यति गर्न बाध्य भएको हुँ,’ उनले भावुक हुँदै भने ।
यति मात्रै होइन राई कोरियामा अबैधानिक समेत भईसकेका छन् । ईपीएस नियम अनुसार उनको ४ वर्ष १० महिनाको भिसा अवधी २०१७ मार्चमै सकिएको छ । तर राई यो भिसा अवधी बाँकी रहँदै २०१५ मै कम्पनीसँग पनि करिब ६० लाख वन अडभान्स पैसा लिएर अबैधानिक भएका रहेछन् ।
नेपाली कामदारलाई विश्वास गरि एडभान्स पैसा पेस्की स्वरुप दिने कम्पनीले समेत राई गायब भएपछि अरु नेपाली साथीहरुलाई खोजिदिन आग्रह गरेका थिए । राईको पासपोर्ट र डकुमेन्ट समेत अझै कम्पनीमै रहेको बताईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...