Advertisement
SKIP THIS

ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा छोकबुल,मणि जप र पिकनिक कार्यक्रम सम्पन्न


ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा यस वर्षको छूसकको लामो विदालाई सदुपयोग गर्दै छोगबुल म्हणी तथा संस्थाको अाफ्नो बार्षिक नियमित पिकनिक कार्यक्रम सफलता पुर्बक आयोजना गरेको छ । कोरियामा रहनु भएका ह्योल्मो दाजु भाई तथा दीदी बहिनीहरु एकजुट भई सुख दुःखमा साथ दिन,धार्मिक तथा सामाजिक कार्यमा साथ सहयोग गर्न स्थापित संस्था हो जसले बिदेशी भूमिमा रहेर पनि सामाजिक तथा धार्मिक क्षेत्रमा आफ़्नो संस्था मार्फत सक्दो साथ सहयोग तथा सहभागिता जनाउँदै आइरहेको छ ।

त्यसै अनुरूप हिन्दुहरुको महान चाड दसैँको बेला हुने प्राणी हत्यामा प्राण गुमाएका सम्पूर्ण प्राणी जगतको आत्माको चिर शान्ति तथा कल्याणको कामना गर्दै oct 4 तारीख बुधबारको दिन पूर्णिमाको पुनित अवसरमा दक्षिण कोरिया (जिहेंग) स्थित नागार्जुन गुम्बामा ह्योल्मो सम्पर्क समिति दक्षिण कोरिया द्वारा छोगबुल तथा म्हणी जप कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा कोरियामा रहनु भएका ह्योल्मो दाजु भाई तथा दिदी बहिनी लगायत सम्पुर्ण बौद्ध धर्मावलम्वीहरुको उपस्थिति रहेको थियो ।

त्यसै गरि oct ५/६ तरीखको दिन कोरियामा रहनु भएका ह्योल्मो दाजुभाई तथा दिदी बाहिनी द्वारा कोरियन छूसकको अवसर पारेर सामूहिक रुपमा मनाउदै आएको पिकनिक कार्यक्रम यो वर्ष पनि गफ्योंग क्षेत्रको “कुम्हे ग्रीन फेन्शन” मा बिभिन्न खेल, सांस्कृतिक कार्यक्रम लगायत (Nami island) को रमणीय दृश्यको अवलोकन गरि भब्यताका साथ सफल पारेको छ । उक्त पिकनिक कार्यक्रममा बिभिन्न नाच गानको साथ रात्रि अबेर सम्म रमाइलो गरिएको थियो साथै अर्को दिन संस्थाको बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरियो सो पश्चात दिउँसोको खाना खाएर अंतमा गुम्बाको दर्शन गरि पिकनिक सम्पन्न कार्यक्रम गरियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...