Advertisement
SKIP THIS

गलत प्रद्दतिलाई प्रोत्साहित गर्ने हामीले दोष किन अरुलाई ?


जनमत एउटा यस्तो अभिमत हो जस्ले सिङ्गो राष्ट्र राष्ट्रियता र राष्ट्रबासीको भबिश्य कुन दिशामा मोड्ने भन्ने भाबी कार्यदिशा निर्दिस्त गर्छ। बिश्वको अधिकांस देशहरु देशबासीको अभिमत अनुरुप राज्यसत्ता सञ्चालन गरिरहेका छन र धेरै जसो लोकतान्त्रिक पद्दती आत्मसाथ गरेका देशहरुको हकमा उनिहरुले संचालन गरेको राज्यसत्ताबाट देश र जनता सम्पन्नताको दिशामा अगाडी बढिरहेका छन। उनिहरुकै सिको गर्दै नेपाल पनी सम्मुन्नत दिशामा अगाडी बढ्ने जमर्को गरिरहेको छ तरपनी पटक पटक हुदै आएका ति प्रयासहरु भने बेकम्मा भैरहेका छन।

केही दशक अगाडीसम्म हालिमुहाली गरिरहेको जहानिया राणा शासनको अन्त्यका लागी भएको 2007 सालको आन्दोलन,018 सालमा भएको आन्दोलन, 036 सालको जनमत संग्रह, एकतन्त्रिय शासनको अन्त्य गर्न भएको 2046 सालको ऐतिहासिक जन आन्दोलन, 52 सालदेखी सुरु भएको 10 बर्षे द्वन्द होस वा 062-63 को जन-आन्दोलन सबै नेपाली जनताले परिबर्तनका निम्ती सुरु गरिएका अभियानहरु हुन।

अधिकार प्राप्तिका लागी नेपाली जनताले चालिएका यी महत्वपुर्ण कदमपछी हामी के कती अधिकार सम्पन्न छौ र हाम्रो प्रतिस्थाको लडाईले न्याय पाएको छ या पाउन सकिरहेको छैन ? यो कुरा सर्बबिदितै छ। तर पटक पटक चलिरहने परिबर्तनका अभियानहरुबाट पनी किन अझै सम्म हामिले आफुलाई अधिकार सम्पन्न ठान्न सकिरहेका छैनौ? ठुलै राजनैतिक फड्को मारेको देशले किन अझै पनी आर्थिक बिकासमा फड्को मार्न सकेको छैन त? मुख्य चासोको बिषय बनेको छ।

कतै हाम्रो प्रतिष्ठाको लडाईमा घुषपैठ हुदै आएको त छैन? देश र जनताको भबिश्य परिवर्तनको दिशामा अगाडी नबढ्नुमा राजनैतिक दलहरु वा भनौ देशका अगुवाहरु असक्षम भएकै हुन त? यी कुराहरु बहसको बिषय हुन सक्लान तथापी मेरो नजरमा भने राजनैतिक दल वा तिनका लिडर भन्दा पनी जनता असक्षम भएको हो भन्ने लाग्छ।

पटक पटक एकै प्रकारको चुनाबी एजेण्डा अनी उही अनुहार लिएर भोट माग्न आउने नेताहरुलाई बास्तबमै अझै पनी चिन्न नसक्नु हाम्रो गम्भिर भुल हो। 046 साल पश्चात बहुलबादको स्थापना भएपछी कहिल्यै पनी कुनै दललाई स्पष्ट बहुमत दिन सकेनौ यही नै हामी नेपालीको महा भुल हो। बहुमत नै नभएको दलले एक्लै सत्ता संचालन गर्न नसक्ने र सत्ता संचालनका लागी अन्य दलहरुसंग सहकार्य गर्नुपर्दा जे जती उपलब्धीहरु हुन पर्ने हो त्यो हुन सकिरहेको छैन तथापी हामी नेपाली जनताले अझै यो बुझ्न सकेका छैनौ र मात्र राजनैतिक दल र उनीहरुको लिडरलाई दोष दिएर आफु चोखिएका छौ।

देशले आर्थिक बिकासमा फड्को मार्न स्थाई सरकार चाहीन्छ तर लोकतन्त्र प्राप्ती पश्चात नेपालमा कुनैपनी सरकार सत्तामा गएर पाच बर्षे कार्यकाल पुरा गर्न सकेको रेकर्ड छैन त्यसको दोष राजनैतिक दल र तिनका अगुवालाई दिने की नेपाली जनताले लिने? जब सरकारनै लक्ष्यबिहिन छ 8-9 महिना टिक्छ की 2-4 मैनामै सकिन्छ भने आर्थिक बिकासले कसरी फड्को मार्न सक्छ? हामिले अहिले सम्म राम्रो मान्छेलाई भोट दिन जानेनौ हाम्रो भोट राम्रो मान्छेलाई भन्दा पनी पार्टिलाई गयो हामी सबै नेपाली पार्टिका कार्यकर्ता बन्यौ र आ-आफ्नै पार्टिलाई भोट हाल्यौ जसले गर्दा हाम्रै हातले भोट हालेर जिताएका मानिसले हाम्रै अगाडी भ्रष्टाचार गर्दा हामी मौन बस्नुपरेको छ किनकी त्यो हाम्रै पार्टिको नेता हो। फेरी चुनाबमा त्यै भ्रष्टाचारी आउछ हामीले जिताउछौ अनी भ्रष्टाचार गर्यो भन्छौ पार्टिलाई आरोप लगाउन भ्याई नभ्याई हुन्छ। ए हजुर पार्टिले जिताएको त हैन नी उसलाई तपाई हामीले नै जिताएका हौ फेरी किन आरोप प्रत्यारोप ?

यदी हामी राम्रो मान्छेलाई जिताउछौ भने त अबश्य सबै पार्टिका नेता राम्रा मात्रै जन्मिन्थे। परिबर्तनको सुरुवाट नेताले हैन जनताले गर्ने हो हामी जती शिक्षित बनेको भनेर गफ लडाउन भ्याएपनी सताब्दिऔ पछाडीको अशिक्षित सभ्यतामै रमाइरहेका छौ। हामी शिक्षीत भएर पनी स्वबिबेकले राम्रा नराम्रा कामको मुल्याङ्कन गरेर स्पस्त लक्ष्य लिन सकिरहेका छैनौ जसको फाइदा लिदै राजनैतिक दलका नेताहरु पनी फलानोले यो गरेन तिलानोले त्यो गरेन भनेर भाषण छात्ने गर्दछ तर दुखद कुरा अरुलाई आरोप नलाई मैले यो गरे त्यो गरे र अझै साथ पाएभने यो गर्नेछु त्यो गर्नेछु भन्ने नेटा एउटै हुदैनन तापनी हामीलाई त्यही भाषण प्यारो लाग्छ र उसकै जैजैकार गर्छौ र फेरी बिश्वास गर्छौ। अनी त्यही गलत पद्दतिलाई निरन्तरता दिने हामीले दोष चाही किन अरुलाई???

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...