Advertisement
SKIP THIS

कोरियामा बृहत साहित्य महोत्सव सम्पन्न


नेपाली साहित्य समाज दक्षिण कोरियाको आयोजनामा बृहत साहित्यिक महोत्सव सम्पन्न भएको छ। नेपालको बडादशैँ र कोरियाको ठूलो पर्व छुसकको अवसरमा अक्टोबर ३ तारेखको दिन कोरियाका अधिकांश लेखक तथा कविहरुको उपस्थितिमा सम्पन्न भएको उक्त महोत्सवको प्रमुख अतिथी एन आर एन कोरिया अध्यक्ष लक्ष्मी लामा गुरुङ हुनुहुन्थ्यो भने बिशेश अतिथिमा नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु केसि रहनुभएको थियो।

‘यूग र जगतको प्रतिबिम्ब;साहित्य’ नारा दिईएको उक्त समारोहमा कविताको समसामयिक बिसयमा कवि प्रमोद सारंग,मिलनकान्छा किराती र पराजित पोमूले बृहत बहस गर्नुभयो भने यसको सहजिकरण कवि अन्जान काईलाद्वारा गरिएको थियो। त्यसैगरी गजलकार राम कँडेल “अधिश” र देव सागर ले गजलको समसामयिक बिबादहरुको बिसयमा ब्यापक छलफल चलाउनुभयो भने यसको सहजीकरण गजलकार सरोज सर्वहारालेद्वारा गरियो।

त्यस्तै कार्यक्रमको अर्को चरणमा मुक्तकको बिसयमा सन्जय घिमिरेको सहजिकरणसँगै मुक्तकारद्वय बिष्णु वाग्ले र सन्तोस अम्गाईले ब्यापक बहस गर्नुभयो। कार्यक्रममा तिनवटा पुस्तकको लोकार्पण तथा दश जना स्रस्टाहरुको सम्मान पनि गरिएको थियो। प्रवासमा रहेर पनि नेपाली साहित्य विकासमा टेवा दिनको निम्ती साहित्यका बिबिध बिसयमा/बिधामा छलफल चलाउदा नव सवसर्जकहरु लाभान्वित हुन सक्ने भन्दै यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरिने सभापती एवं आयोजक संस्थाका अध्यक्ष यल्जी विवशले बताउनुभयो ।

करिब डेढ सय स्रस्टाहरुको उपस्थितिमा सम्पन्न समारोहमा सम्मानित हुने स्रस्टाहरुमा कविहरु प्रमोद सारङ, मिलनकान्छा किराती,पराजित पोमु, जिवन खत्री,बोनम प्रताप,कृस गुल्मेली बाबु, मन्जु गुरुङ, कोरियन कवि किम ह्यङह्यो, धरती कल्पना र चर्चित संगितकार डि आर अटु रहनुभएको छ।

कार्यक्रममा करिव तीन दर्जन बढी सर्जकहरुले रचनावाचन गरेको कुरा कार्यक्रम सयोंजक विष्णु वाग्लेले जानकारी दिनुभयो। कार्यक्रममा बोनम प्रताप,जिवन खत्री विष्णु लामा, निर्गराज राई,शकुन आँशु, मात्रीका नेम्बाङ,छबिशित कुलुङ,मिलन किराती,कमल बाछिटे,रामचन्द्र शर्मा आदि स्रस्टाहरुले समसामयिक ताजा सृजनाहरु प्रस्तुत गर्नुभयो। झण्डै आठ घन्टासम्म खचाखच दर्शकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकोमा नेसास कोरियाले आभारी बन्दै सम्पूर्ण,कवि,लेखक, पत्रकार,अतिथी एवं साहित्यप्रेमिहरुप्रती हार्दिक कृतज्ञता ग्यापन गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...