Advertisement
SKIP THIS

आदिबासी जनजाति महासंघ बुसानको दीपावली साँझ सम्पन्न, सागरले तताए दर्शक


आदिबासी जनजाति महासंघ बुसान शाखाले मंगलबार गरेको दीपावली साँझ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आएका र कोरियामै रहेका कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो ।
दिउँसो दुई बजेबाट बुसानको मिन्जु ख्वङवन हलमा सुरु भएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिती थियो । कार्यक्रको सुरुमा कोरियामै रहेका गायक बाबु मोक्तानले तामाङ लोक सेलो गाएर दर्शक नचाएका थिए । त्यस्तै कोरियामै रहेका दिलिप थापा र मगरसंघ बेलायतबाट आएका सबिता रानामगर र पबित्रा थापामगरले कौडा नाच प्रस्तुत गरेका थिए ।
नेपालबाट आएका राजेश पुमा राई र ताराप्रकाश लिम्बूले आफ्ना हिट गीतहरुले दर्शकलाई नचाएका थिए । नायिका तथा मोडल एलिसा राईले ठमेल बजार, काले दाइ जस्ता गीतमा नाच प्रस्तुत गरेको थियो । त्यस्तै गायिका मेलिना राईले कुटुमा कुटु, कम्मरैमा पटुकी जस्ता आफ्नो चर्चित गीतहरुले दर्शक नचाएकी थिइन । नेपाल आइडलका प्रतियोगी सागर आलेको क्रेज कार्यक्रम भरि नै देखियो । उनले नारायण गोपाल देखि कालीप्रसाद बास्कोटासम्मका जुन गीत गए पनि दर्शकले मनोरञ्जन लिए । उनले हो नीर जहिल्यै रिसाउने, कान्छिलाई घुमाउने काठमाडौ सहर, सालैज्यू जस्ता गीत गाउँदा दर्शकले ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे ।
‘हामीले सोचेको भन्दा पनि बढि साथीभाइको सहयोग पायौ । कार्यक्रम एकदम सफल भएको छ । यसले हामीलाई हौस्याएको छ ।’ आयोजक आदिबासी जनजाति महासंघ बुसान शाखाका  सचिव दोस्तिहाङ राईले भने । ‘हामीले गर्न खोजेको राम्रो काममा सहयोग भएको छ ।’ उनले थपे । कार्यक्रम सफल भएकोमा  महासचिब सुरेश सिंह साम्बाहाम्फे पनि खुशी थिए । ‘हामीले सकेको प्रयास गर्यौ । सबैले साथ दिनु भयो । हामी आभारी छौ ।’ उनले भने ।
तीन घन्टा भन्दा बढि चलेको कार्यक्रमको अत्यमा सबै कलाकार र सहयोगी मिडियाहरुलाई सम्मान गरिएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • अर्ली बर्डमा नवाज अन्सारीको टिकट सोल्ड आउट, जिमनीबाट भने बूक गर्न सकिने
  • अक्टोबर ४ मा काभ्रे सम्पर्क समितिको आठौँ अधिवेशन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...