सिरिजङ्गा साङ्गितिक सौगात भाग चारका कलाकार कोरियामा आइपुगे
सउलमा मंगलबार हुने सिरिजङ्गा साङ्गितिक सौगात भाग चारका लागि नेपालबाट कलाकारहरु कोरिया आइपुगेका छन् । कलाकारहरुलाई ईन्छन अन्तराष्ट्रिय विमान स्थलमा आयोजक संस्था किरात याक्थुङ चुम्लुङका संरक्षक, पूर्व अध्यक्ष तथा हालका पदाधिकारीहरुको टोलीले स्वागत गरेका छन् । ‘हामी अहिले नेपालबाट आएका कलाकारको साथमा छौ । भोली निक्कै रमाइलो हुन्छ ।’ चुम्लुङका अध्यक्ष सुन्दरदीप आङदेम्बेले भने । ‘सबै कलाकारहरुको जोडदार प्रस्तुति रहनेछ । हेर्न आउन सबैलाई अनुरोध छ ।’ उनले थपे ।
ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ आयोजना गरिएको हो उक्त कार्यक्रम सफल बनाउनको लागि सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई आयोजकले उपस्थितिको लागि निमन्त्रणा गरेको छ ।
कार्यक्रममा सउलको फेकजुन्यन खिम्न्यमग्वान,जोङ्नो ओ गा मा दिउँसो १२ बजेबाट सुरु हुनेछ । यहाँ जानको लागि लाईन नम्वर एक को जुङनो ओगा स्टेशनको गेट नं. दुईवाट निकिस्कए थोरै हिड्नु पर्ने आयोजकले जानकारी दिएका छन् । साथै तोङदेमुनबाट बसको ब्यवस्था भएको र पैदल जाँदा पन्ध्र मिनेटमा पुग्न सकिने पनि आयोजकले जनाएको छ ।