Advertisement
SKIP THIS

एनआरएनए र मेरो उमेदवारी


नेपालीको लागि नेपाली भन्ने मुल मन्त्रका साथ अगाडि बढिरहेको एनआरएनए आन्दोलनलाई स्थापना कालदेखि नै नजिकबाट नियाली रहँदा र दक्षिण कोरियामा एनआरएनएको स्थापना गरि संस्थापक अध्यक्ष हुँदै दुईपटक अध्यक्ष र आईसिसि हुँदा गैर आवासिय नेपाली संघ मार्फत अझै केहि सामाजिक कार्यहरु गरि अगाडि बढ्न अभिप्रेरित भएको छु ।

विश्वभरि छरिएर रहनु भएका नेपाली दाजुभाई, दिदिबहिनिहरु र नेपाल बाहिर रहेर नेपालमा केहि गर्न चाहने व्यक्तिहरुको भावनालाई समेटेर हामी अगाडि बढ्दै गर्दा मैले कर्मभूमि बनाएर बसेको कोरियाले हाम्रै आँखा अगाडि गरेको प्रगतिले मलाई झकझकाई रहेको छ ।

हाल कोरियामा रहेका करिव ४०,००० नेपाली मध्ये बहुसंख्यक शिक्षित तथा अनुभवि जनशक्ति रहेको छ । यहाँ सिकेको सिप र कमाएको पुँजि उत्पादनमुलक क्षेत्रमा राज्यले लगाउन सकेमा देश विकाशमा ठुलो टेवा पुग्नेछ । प्रविधिमा पोख्त जनशक्ति र मित्र राष्ट्रहरुसँग प्रविधि हस्तान्तरणको अनुरोध गरि देश विकाश गर्न सकिन्छ । यसैगरि विद्यार्थिहरुको वाहुल्यता रहेको जापानबाट शिप र ज्ञान भित्राउन सकिन्छ । हङ्गकङ्ग मकाउ लगायतमा रहेका नेपालीहरु उचित र सुरक्षित लगानिको पर्खाईमा रहेको बुझिएको छ । मलेसियामा काम गरिरहेका उर्जाशिल जनशक्ति लगायत मैले उमेदवारी घोषणा गरेको एसिया पेसिफिक क्षेत्रका सम्भावनाहरु हुन ।

श्रम समस्या र पारिवारबाट टाढाहुँदाका समयमा हुने डिप्रेसन र सो बाट निम्तिने दुर्घटना, अन्य मुलुकको भाषा र समायोजनको समस्या ठुलो समस्या हुँदाहुदै पनि नेपाल र नेपालीको सहयोगि भावनाले आपसि भाईचाराको विकाश भईरहेको अवस्था छ र अझै यसलाई बढाएर समयमै सम्बोधन गर्नुपर्दछ, जसबाट दुर्घटना न्यूनिकरणमा सहयोग पुग्दछ । यो क्षेत्रमा मेरो सहयोग पहिले पनि छ र अझ शसक्त ढंगले हुने नै छ ।

प्रवासमा बसिरहनु भएका साथिहरुको समस्याका वारेमा विगत २५ बर्षदेखिको म समेत एक भूक्तभोगि भएको नाताले आफुले गनुपर्ने सहयोगको लागि कुनै कसर बाँकी राख्नेछैन साथै नेपाल सरकार र सम्बन्धित निकायको समेत एनआरएनए मार्फत ढोका ढक्ढकाई उचित सुझाव दिई समस्याहरुको तत्कालिक समाधानमा लाग्ने नै छु ।

एनआरएनमा सबै प्रवासि नेपालीहरुको भावनालाई र प्रतिनिधित्वलाई सुनिश्चित गर्दै विधानको संसोधन र व्याख्याका साथै जन्मभूमिमा केहि समस्या पर्दाखेरि एकढिक्का भई उभिने र प्रवाशमा साथिहरुलाई समस्याहरु पर्दा सहयोग र समन्वयकारी भूमिकामा प्रस्तुत हुनेगरि आवाज बुलन्द गर्ने र विदेशमा सिकेका ज्ञान, सिप, प्रविधि र पूँजिको प्रयोग गर्दै देश विकाशमा हातेमालो गर्ने प्रण गर्दै एनआरएनएको एसिया पेसिफिक क्षेत्रको उप संयोजक पदको लागि आफ्नो उमेदवारी घोषण गर्दछु ।
धन्यवाद ।
विनोद कुँवर (एसिया पेसिफिक क्षेत्रको उप संयोजकका उमेदवार)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...