Advertisement
SKIP THIS

कोरियामा राईको ‘थ्री ईन वान’ एकल चित्रकला प्रदर्शनी हुने


धन गुरुङ्

सोल कोरिया
दक्षिण कोरियाको राजधानी दोङ्देमुन, नेपाली शहरमा युवा चित्रकार एलबिक्रम राईको ‘थ्री ईन वान’ एकल चित्रकला प्रदर्शनी हुने भएको छ ।

जुलाई महिनाको २६ तारिकमा दोङ्देमुनको शुमेच्छा रेष्टुरेण्टमा एकल चित्रकला प्रदर्शनीको औपचारिक उद्घाटन हुने चित्रकार राईले जानकारी दिए ।

उनको अनुसार आफ्नो एकल प्रयासमा तयार पारिएका चित्रकलाहरु शुभेच्छा रेष्टुरेण्टको संयोजनमा एक महिनासम्म प्रदर्शनमा राखिने कार्यक्रम तय भएको छ ।

प्रदर्शनीमा वाटर कलर र एक्रोलिक कलरको मिश्रणबाट पेन्ट गरेका करिब ६० वटा चित्रकलाहरु प्रदर्शनीमा राखिने बताईएको छ ।

प्रदर्शन गरिने चित्रकलाले नेपालको चिनारीहरु विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मिएको देश नेपाल, विश्वकै सबै भन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वमै जातीय, धार्मिक, सांस्कृतिक, भाषिक बिविधता भएको देश नेपाल भन्ने सन्देश दिने भएकाले प्रदशनीको नाम ‘थ्री ईन वान’ राखिएको राईले बताए ।

उदयपुर, कतारी–५ स्थाई घर भएका राई करिब २ वर्ष अगाडी कृषि क्षेत्रको कामदारको रुपमा कोरिया आएका हुन् । राई कोरियाको याङ्जुसीमा अण्ड उत्पादन गर्ने कम्पनीमा कर्यरत छन् ।

राईले कम्पनीको कामको बाब्जुत खाली समय निकालेर विभिन्न चित्रकलाहरु पेन्ट गर्ने गरेका छन् ।

राईले नेपालमै रहँदा समेत करिब दर्जन बढि प्रदर्शनीमा आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन् । उनले नेपाल हुँदा आर्ट टिचरको रुपमा समेत गरेको बताईन्छ ।

यस पटक कोरियामा गर्न लागिएको एकल चित्रकला प्रदर्शनी भने चित्रकार राईको पहिलो ‘एकल चित्रकला’ प्रदर्शनी हो ।

राईले सबै कोरियामा रहेका नेपाली दाजुभाई दिदि बहिनीहरुलाई चित्रकला प्रदर्शनी अवलोकन गरी सल्लाह, सुझाव र हौसला दिनुहुन समेत अनुरोध गरेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...