Advertisement
SKIP THIS

दक्षिण कोरियामा एनआरएनएको अधिवेशन शुरु : कानुन मन्त्रीको सम्बोधन


 

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए दक्षिण कोरियाको छैठौं अधिबेसन सउलमा शनिबारदेखि सुरु भएको छ ।
अधिबेशनका प्रमुख अतिथी कानुनमन्त्री यज्ञ बहादुर थापाले अधिवेशन सफल रुपमा सम्पन्न गर्न शुभकामना व्यक्त गरे । मन्त्री थापाले अधिवेशनले सक्षम तथा नयाँ नेतृत्व चुन्नेमा विश्वास गर्दै उनले कोरियामा आएका युवाले आत्महत्या गरे भन्दा आफूलाई निक्कै दुःख लागेको र यसको निराकरणको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्र संस्थापक डा. महावीर पुनले विदेशमा बस्ने नेपालीको लगानीमा नेपालको विकास हुन सक्ने आशा ब्यक्त गरे । उनले राष्ट्रिय आविस्कार केन्द्र यसैको एउटा उदाहरणको रुपमा विकास गरेको बताए । कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंहले पनि सफलताको शुभकामना दिए ।

अधिवेशन दोस्रो दिन आइतबार एनआरएनए दक्षिण कोरियाको नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । निर्वाचन समितिका अनुसार अध्यक्षका लागि जुनु गुरुङ, लक्ष्मी गुरुङ र ओम नारायण जुग्जाली मगरले उम्मेद्धवारी दिएका छन् । यस अघि नै अध्यक्षका दावेदारका रुपमा रहेका रविन तामाङ र बुद्धि गुरुङले उम्मेद्धवारी फिर्ता लिएका छन् ।  आईसीसी सदस्यमा खेम कार्की ,लोचन राई ,राजु क्षेत्री र प्रकाश धमला, बरिष्ठ उपाध्यक्षमा बिपिन गुरुङ र दिपक पुन, उपाध्यक्षमा अमृत राई, बसन्त राज घिमिरे, जिबन कुमार थापा, लालकाजी बस्नेत, रबिन राई, साजन शर्मा र सुरेश खत्री, महासचिबमा राजु सन्तोषी थापा र डा. इन्दिरा तिवारी, सचिबमा भरत प्रसाद सुबेदी, नबिन पुडासैनी, नेत्र नारायण पौडेल र राजेश घिमिरे रहेका छन् । त्यस्तै कोषाध्यक्षमा दिनामणि पौडेल, गोपाल बोहोरा, लोक बहादुर बानियाँ र युबराज दाहाल सहकोषाध्यक्षमा जित बहादुर थापासारु मगर र कृष्ण प्रशाद अर्याल, महिला प्रतिनिधि भावना गुरुङ, युवा प्रतिनिधि सन्तोष राई, आकाश वली र सदस्यमा १२ जनाले उमेद्धवारी दिएका छन् ।

आइतबार बिहान १० बजे देखि दिउसो ३ बजे सम्म मतदान समय तोकिएको छ । मतदानका लागि आफ्नो परिचय खुल्ने कुनै कागजात लिएर आउनु पर्ने र त्यसैका आधारमा एनआरएनए केन्द्रले तयार गरेको सदस्यता कार्ड दिइनेछ । कार्यक्रम हुने स्थान जोंग्नो कुमिन ह्वेग्वान, हिस्ट्री एंड कल्चरल पार्क स्टेशनबाट नजिकै रहेको छ । तोङदेमुनबाट पैदल जान सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...