Advertisement
SKIP THIS

महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई कोरियाबाट १४ लाख रुपिया बराबरको आर्थिक सहयोग


सौल, कोरियामा कार्यरत केहि जागरुक युवाहरुको समुहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु .१४ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरेका छन् ।  आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका समाजिक भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान ” ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” को पहलमा संकलित उक्त रकम अहिलेको सबै भन्दा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछानेको बिसेष रोहबरमा शुक्रबार राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष समेत रहनु भएका समाजसेवी महाबिर पुनलाई हस्तान्तरण गरिएको हो ।
बैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी बिधार्थीलाइ सहयोग गर्ने उदेश्यका साथ डा . महाबिर पुनको संयोजकत्वमा खोलिएको राष्ट्रिय आविस्कार केन्द्रलाई रकम अभाब भएको भन्ने समाचार प्रकाशित भएपछी कोरियामा रहेका केहि जागरुक युवाहरु रकम संकलन अभियानमा जुटेका थिए । करिब डेढ महिनाको अभियानबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण संयोजक अभियानकर्ता सर्बजित शाहको प्रत्क्षय उपश्थितिमा हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा संयोजक शाहले सम्पूर्ण सहयोगी दाताहरुलाई बिसेष धन्यवाद प्रकट गर्दै यसरि राष्ट्र निर्माणमा जुटेको आविष्कार केन्द्र लाइ सहयोग गर्न पाउदा खुसि लागेको बिचार व्यक्त गरे l रोजगारिका लागि कोरियामा आएका केहि राष्ट्रप्रेमि सचेत नागरिक सर्कल हरु द्वारा खोलिएको “स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपालि एकता अभियान ” ले यसभन्दा पहिला पनि सप्तरीको बर्दिबासमा मुसहर बस्ति निर्माणार्थ एक दिने श्रमदान सहित धुर्मुस सुन्तली फाउन्डेसनलाइ रु १२ लाख बराबरको आर्थिक सहयोग गरिएको अभियन्ता अरुण श्रेष्ठ (EPS Chingu) ले बताएका छन ।
पछिल्लो पटक नेपालमा गएको बाढी पहिरो बाट घरबार बिहिन परिवार पहिलो चरणको तत्काल राहत वितरणबाट बचेको रकम लाइ न्युज २४ को सकृयता केहि बाढि प्रभावितहरुको निर्माण गर्न लागिएको आवशलाइ रु. २ लाख १० हजार बराबरको आर्थिक सहयोग पनि शुक्रबारकै कार्यक्रममा गरिएको अभियान्ता युबराज घिमिरेले बताए । यस सहयोग संकलनमा कोरियाको विभिन्न ग्रुप (समूह) हरुको पनि संयुक्त सहकार्य रहेको कुरा अभियन्ता अभियन्ता बिस्व श्रेष्ठ बतॉउछन ।
स्वतन्त्र राष्ट्रप्रेमि अभियानका संयोजक अभियान्ता रामदत्त जोशी (नेपाल को राम )ले भने ” राष्ट्रनिर्माण ,भावि पुस्ताको भविष्य निर्माण र प्रत्यक्ष राष्ट्रियतासँग सम्बन्धित बिषयमा हाम्रो यस अभियानले लिने गरेको चासो ,दिने गरेको समय र निर्वाह गर्ने गरेको उत्तरदायित्व र कर्तव्यबोध लाइ तन,मन ,बचन र धनले खुलेर साथ ,सहयोग ,हौसला र माया दिनुहुने देश तथा बिदेस गरि संसारभरि छरिएर रहनुहुने र खासगरि कोरियामा रहनु हुने नेपाल आमाका हरेक सन्ततिहरु प्रति हामि सदैब कृतज्ञ छौँ ! राष्ट्रिय आविस्कार केन्द्र निर्माण अब म, सहित ३ करोड नेपालिहरुको साझा सपना बनिसकेको छ यो सपना साकार होस र त्यो पनि श्रद्धेय दाजु ,हामि सबै नेपालिहरुका आशा र भरोसाका धरोहर महाबिर पुनकै नेतृत्व र कार्यकालमा समपन्न होस भन्ने सबै अभियानकर्ता र सहयोगी कोरिया वासि नेपालिहरुको तर्फबाट शुभकामना सहितको धारणा यस अभियान आर्थिक संकलन संयोजक एल. बि. श्रेष्ठले ब्यक्त गर्नु भयो। यसरि देश विदेश बाट संकलित रकमलाई जलबिधुतमा लगानी गरि आएको प्रतिफल बाट आविस्कार केन्द्र लाइ थप मजबुद र दिगो बनाउने केन्द्रका संयोजक पुन बताउछन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...