कोरियामा तीज मैजारो


नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज पर्व यसपाली पनि कोरियामा रहेका नेपाली दिदीबहिनीहरुले धुमधामका साथ मनाएका छन् । तीजको अवसर पारेर वुमन फर वुमन दक्षिण कोरियाले नेपालबाट आएकी लोकदोहोरी गायिका भीमु गुरुङको साथ साँस्कृतिक कार्यक्रमको आयोजना गरी तीज पर्व मनायो ।
यता छनान आसान नेपाली समाजले पनि नेपाली दिदीबहिनीहरुसहित करिब ७० जनाको उपस्थितिमा तीज विशेष दर खाने कार्यक्रमको आयोजना गरेको थियो । गत २७ तारिख आइतबार ओन्याङ ओन्छनमा आयोजित उक्त कार्यक्रम वुमन फर वुमनका अध्यक्ष पद्या श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा ओन्याङस्थित माइग्रेन सेन्टरका साजाङनिम लगायत समाजका सल्लाहाकार एवं समाजका सचिव गीता राई, उमा गुरुङ, प्रवेश राई, धनकुटा सेवा समाजका सचिव राजन शाक्यलगायतले तीजको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रमुख अतिथि पद्या श्रेष्ठले नारीहरुको महान पर्व हरितालिका तिजको शुभकामना साथै अब नारीहरुले पनि हरेक क्षेत्रमा अगाडि बढ्नुपर्ने बताएका थिए ।
समाजका सचिब तिलक बुढामगरले संचालन गरेको कार्यक्रममा  उपाध्यक्ष रत्न लिम्बूले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष सञ्जिब घलेले समाज स्थापना गर्नुको साथै समाजले गरिरहेको गतिविधिहरुबारे प्रकाश पारेका थिए भने समाजका सहसचिव सम्झना सिञ्जालीले पनि शुभकामना मन्तव्य राखेकी थिइन् ।
उक्त कार्यक्रमलाई आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुहुने सबै संघसंस्था एवं व्यक्तिहरुको उच्च मुल्यांकन गर्दै छनान आसान नेपाली एकता समाजले कार्यक्रममा उपस्थिति जनाइ कार्यक्रम सफल बनाइदिनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उता आइतबारकै दिन देजनस्थित सगरमाथा नेपाली रेष्टुँराले पनि विशेष तीज कार्यक्रमको आयोजना गरेको थियो । देजनलगायत विभिन्न स्थानबाट आएका नेपाली दिदीबहिनीहरुको उपस्थितिमा विभिन्न परिकारको स्वादसँगै तीज गीतमा दिदीबहिनीहरुले दिल खोलेर नाचगान गरी यो वर्षको तीजलाई मैजारो गरेका थिए ।

त्यसैगरी नेपाल प्रवासी महिला समूह बुसानले पनि गत अगष्ट २० तारिखका दिन विशेष तीज कार्यक्रमको आयोजना गरेको थियो । विभिन्न स्थानीय कलाकारहरुको साथमा सांगीतिक प्रंस्तुतिसँगै तीजको दर खाएर नेपाली महिलाहरुको चाड तीजलाई भब्य रुपमा मनाएको थियो ।

त्यस्तै कोरियाको सुवन सहरमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले हरेक वर्ष झैं यसपाली पनि भब्य रुपमा तीज विशेष दर खाने कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा लोक तथा दोहोरी गायिका कोपिला गुरुङले विशेष प्रस्तुतिका साथ उपस्थित सबैलाई भरपूर मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा स्थानीय कलाकार चरित्र विष्ट, टिका पौडेललगायतले आफ्नो प्रस्तृति पस्केका थिए । उक्त कार्यक्रममा भलिबल खेलाडीहरुका साथै गायिका तथा मोडेल कोपिला गुरुङ , मोडेल आलिशा सिंह ,गायक टिका पौडेल ,गायक चरित्र बिष्ट ,तथा समितिलाई लामो समय देखि बिभिन्न क्रियाकलापमा सहयोग गरेबापत समाजसेवी कौसला क्षेत्रि ,रोशन पौडेललाइ समेत सम्मान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...