दक्षिण कोरियामा ‘मान वन क्लब’ किन ?


वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीहरुको संख्या बढ्दै छ । यसरी बिदेशिनु रहर नभएर वाध्यता बन्दै छ । देशको राजनैतिक अवस्था, बन्द हडताल, वेरोजगारी जस्ता समस्याका कारण धेरै युवाले वैदेशिक रोजगारीका लाई विकल्पको रुपमा छानि रहेका छन् ।
रोजगारीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया नेपाल हुँदा सोच्ने गरेको जस्तो छैन । आफ्नो घर परिवार, आफन्तहरुवाट टाढिनुको पीडा त छँदैछ अर्काको भाषा, रहनसहन नबुझ्दा हुने समस्या तथा काम गर्ने ठाउँमा भोग्नु पर्ने दुःख, कष्ट झेल्न अझ गाह्रो छ । तर यी सबै दुःख, कष्ट भोगे पनि कमाईका हिसाबले कोरिया खाडी मुलुकहरु भन्दा कता हो कता राम्रो छ ।
रोजगारीका लागि नयाँ ठाउँ जाँदा त्यहाँको हावा पानी, वातावरण, रहन सहन तथा सेवा सुविधाका वारेमा पहिले जानकारी लिन सकेमा नयाँ ठाउँमा घुलमिल हुन सहज हुन्छ । यी कुराहरुमा ध्यान नपुर्याउँदा डिप्रशनको सिकार भई आत्महत्या समेत गर्नेहरुको संख्या अहिले दिनानु दिन बढिरहेको छ । धेरै कमाउने सपना बोकेर आएका साथीहरुले कार्यस्थलमा भाषाको समस्या, जटिल तथा गाह्रा काम, लगातार रुचिहिन काम गरिरहनु पर्दा विभिन्न समस्याहरु भोग्नुपरिरहेको छ भने अर्कोतर्फ अनेपेक्षित रुपमा आईपर्ने विभिन्न व्यक्तिगत तथा पारिवारिक आर्थिक समस्याले पनि कहिले काहिँ तनाव उत्पन्न गराएको पाईन्छ । यस्ता अनेपेक्षित रुपमा आईपर्ने आर्थिक समस्याका समाधानका विभिन्न उपायहरु अपनाउन सकिन्छ ।
भनिन्छ समस्या आफैँले समाधानको उपाय बोकेर आएको हुन्छ मात्र त्यसको सही समाधान पहिल्याउन जान्नुपर्छ । दृढ ईच्छाशक्ति, ईमान्दारिता, लगनशिलता र जागरुकता भएमा यस्ता समस्या निराकरण गर्न सजिलै सकिन्छ । विदेशमा हुँदा जुनसुकै बेला जो सुकैलाई पनि आपतकालिन समस्या पर्न सक्छ । त्यसैले हामीले अनावश्यक फजुल खर्च कट्टा गरि नियमित रुपमा वचत गर्ने वानी गर्नुपर्दछ । प्रायः कोरियामा तलब आएपछि तुरुन्तै तिरो तारो गरि बाँकी पैसा नेपालतिर पठाउने चलन छ । बीचमा आपत् पर्दा थोर पाकेट खर्च वाहेक अरु वाँकी हुन्न । तर कम्पनीले दिएको तलवबाट मासिक रुपमा थोरै छुट्याएर आपतकालिन रुपमा आउने समस्या समाधानका लागि वचत गर्ने वानी वसाल्ने हो भने समस्या पर्दा कसैसँग हार(गुहार गरिराख्नै पर्दैन । यसो गर्दा फजुल खर्च गर्ने बानी सुध्रिँदै जान्छ भने थोरै थोरै गरिएको वचत पछि ठुलो रकम बन्न पुग्छ ।आपत् विपतको बेला ठूलो काम दिन्छ । घर परिवारमा आईपर्ने समस्यामा यस्तो रकम प्रयोग गर्न सकिन्छ । आपतको वेला पैसा खोज्न कतै भौँतारिरहनु पर्दैन । फजुल खर्च कटौति भई घरमा एकमुष्ट पैसा पठाउन सकिन्छ ।
सँगै एउटै कम्पनीमा काम गर्ने साथी र मन मिल्ने नजिकका साथीहरु मिलेर मासिक रुपमा थोरै थोरै वचत गर्ने वानी वसाल्न सके भविष्यमा सामूहिक लगानी गरेर पछि नेपाल फर्केपछि विभिन्न व्यवसाय गर्न पनि सकिन्छ । यसरि साथीभाइ आपसमा मिलेर काम गर्दा आत्मियता बढ्ने तथा विदेशको ठाउँमा गाह्रोसाह्रो पर्दा एक अर्कालाई सहयोग पुर्याउन सकिन्छ । नेपालमा पूर्वपश्चिम, हिमाल, पहाड, तराई जताको भएपनि परदेशको ठाउँमा एउटै परिवारजस्तो भई मिलेर वस्ने बानीको विकास हुन्छ । सुख दुःख आदान प्रदान हुनुको साथै नयाँ कामको सुरुवात गर्ने महत्वपूर्ण योजनाहरु बनाउन सकिन्छ । यसरी समूहमा मिलेर काम गर्दा एक अर्काबाट सिक्ने मौका पनि पाईन्छ । हरेक कामहरु एक्लै गर्छु भनेर सोच्नुभन्दा पनि सामुहिक रुपमा गर्न सकेमा जोखिम कम गर्न सकिने तथा कामहरु सहज रुपमा गर्न सकिन्छ ।
अन्त्यमा, सामुहिक रुपमा मिलेर काम गर्दा हुने फाईदाहरुको वारेमा मैले माथि कुरा गर्नुको उदेश्य हामीले पनि कोरियामा रहेका साथीभाइहरु मिलेर भविष्यमा सबैको सल्लाहमा लगानी गर्नेगरि सामुहिक रुपमा मासिक वचत गर्ने एउटा रुप अथवा क्लब बनाउने सोच गरेका छौँ । यसरि मासिक रुपमा थोरै थोरै गरिएको वचत तत्काल समूहभित्रकै साथिहरुलाई आवश्यक पर्दा सापटि अथवा ऋण उपलब्ध गराउने सोचेका छौँ । भविष्यमा नेपालमा कुनै ब्यावसायमा लगानी गर्ने सोचेका छौ ।
कोरियामा रहेका साथीहरु तपाईलाई पनि यो योजना चित्त बुझ्यो भने मलाई फेसबुकमा EPS Sathi Santosh वा भाईवरमा ०१० २७३० २३०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
(लेखक फेसबुक पेज भ्एक् EPS Nepal Family का फाउण्डर एडमिन हुन । )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...