कोरियामा आत्महत्या र मेरो बुझाई


 

कोरिया नेपालिहरुको अकार्षक वैदेशिक गन्तव्यको रुपमा पछिल्लो समयमा स्थापित भएको सर्वबिदितै छ । अहिले लगभग  ३४हजार भन्दा माथी नेपालिहरुले आफ्नो आफ्नो सुनौलो भबिष्य खोजिरहेका छन्  भन्दा अतियुक्ती नहोला । एउटा सामान्य परिवारमा नेपालमा हुर्केको मान्छे लाख सम्म कमाउने अवशर पक्कै कोरियाले दिएको छ तर यस भित्रका कठिनाइहरु प्राय: कम नेपाली दाजुभाई दिदी बैनिहरुले सोचेर कोरिया प्रवेश गरेको हुन्छ । यस्को उदाहरण पछिल्लो  आत्महत्या प्रकरणले स्पष्ट पारेको छ । यो कुरा नेपालिहरुको लागी बिकराल रुप लिदै गएको छ । यस्को निराकरण समयमा खोजिएन भने यो समस्या झन झन बड्दै जाने अवस्था देखिन्छ यस्को लागी नेपाल सरकार र कोरियामा रहेको सरोकार वाला संघ सस्थाले कतीको पहल गरेको छ?भन्ने कुराहरु मिडियामा कम प्रचार गरिएको होकी या पहल कम या नगरिएको हो त्यो स्पष्ट हुन सकेको छैन अहिले सम्म ।

कोरियामा काम अनुसारको दाम त पक्कै छ यस भित्रको जटिलटा भन्दा पनि लाखको बिटा हेरेर मानिस खुशी देख्नु हाम्रो लागी नाटकमा हासेको एक पात्र आफ्नो जिन्दगी गुजारा गरिखानको लागी जबर्जस्त संघर्षरत एक कुशल अभिनय कर्ता मात्र हो भन्नेमा हामी पक्कै कम सोचिरहेको हुन्छौ । अभिनयकर्ता बास्तविक जिवनमा कतिको स्वतस्फूर्त खुशी छ भन्ने कुरा कमले मात्र ध्यान दिइरहेको हुन्छौ यस्को परिणाम खुशी हुन नसक्नु मानसिक तनावमा पर्दै गएर अन्तिममा परिवारको सुन्दर सपना चकनाचुर पारेर आफ्नो अमुल्य जिवन डोरिमा झुण्डाएर बलिदानी दिन तयार हुने गोर्खेहरु आज पनी भेटिन्छ । भोली पनी भेटिने कुरा कुनै नौलो अनुमान हैन जस्तो लाग्छ । यो समस्याको कारण बिविध कारणहरु रहस्यको गर्भ भित्रै छ्न ।

कुनै कुनै गोर्खेको सुसाइड नोटले थोरै स्पष्ट पारे पनी धेरै कुराहरु ब्याक्तिगत समस्याहरु मृतक आफुनै साची बनेर बोकिलगेका छ्न । यस्का बिविध कारण खोज्नलाई अर्को गोर्खेलाई खोज्ने समय कहाँ छ र आफ्नो आफ्नो ब्यस्तताको कैदिमा आफ्नो असलसाथिको बारेमा बुझ्न समय नै हुदैन बिचार हामी गोर्खेलाई । खाली काम काम मात्रै छ हप्ताको ६ दिन नभए ७ दिन काममै घोटिनु पर्छ कोरियामा यस्को माने एक बाध्यता र जिवनको अमुल्य पापी सपनाको आगी सम्पूर्ण आफ्नो समय दिनु पर्छ कोरियालाई नभए सुखै छैन । धेरै नेपाली भेटिन्छ तर खुशी कमै भेटिन्छ्न ।

मान्छेलाई जती कमाए नि खुशी हुन गाह्रो हुने रहेछ एक सपना त पुरा होला अर्को सपना खडा भैदिन्छ तुरुन्त त्यसैले अर्को सपना पुरा गर्नको निम्ती जहिले दौडिरहेको हुन्छ । मान्छे यस भित्रका बाधा अवरोधहरुले बिभिन्न मानसिक तनाव उत्पन्न हुनु स्वाभाविक छ तर त्यो सपना पुरा गर्ने अठोटलाई बिर्साएर जिवनलाई पासोमा झुन्डाउने बिकार तत्वको न डाक्टरी औषधी छ न धामी झाक्री बैध नै उपलब्ध छ सन्सारमा । बाहिय रुपमा लागेको चोट बिमारको उपचार थोर बहुत प्राण घाटक नभए उपचार सम्भव छ तर मनको अन्तस्करणको बिमार संगै रहे पनी थाहा पाउन अत्यान्तै गाह्रो छ । थाहा पाए पनी त्यो अन्तिम अवस्थामा थाहा पाइन्छ त्यो कुरा रोक्न असम्भव नै छ । यो कुरामा नभोग्नेलाई आश्चर्य चकित तुल्याउनु स्वाभाविकै हो र के भएर त्यस्तो भएको भन्ने कुराको खोजी गर्न तिर लाग्छौ जो प्रमान मृतक आफैले लगेर स्वर्ग बास भैसकेको हुन्छ त्यो बास्तविक समस्यालाई सपनामा निराकरण खोजिनु जस्तै भइ सक्छ ।

 यो समस्याको हल गर्न त्यती सजिलो छैन यो समस्या दिनानुदिन कोरियामा आउने  नेपालीहरुमा झेलिदै गैरहेको छ यस्का थोर बहुत कारणहरु अनुमानित यस्ता हुन सक्छ्न ।

(१)कोरिया आएर पाच बर्ष काम गरेर गए पछिको भबिष्यको राज्यबाट उचित सुनिस्चितता नहुनु

(२)नेपालबाट आफ्नो परिवारको प्रवाशी बास्तविक शारीरिक मानसिक जटिलटाको नबुझी भिबिन्न कुराको माग गर्नु

(३)कोरियन शाहुले सम्झौउतामा गरिएको नियम जस्तै अवश्याक सेवा सुविधा बाट बन्चित गराई थोरै मात्र सेवा सुविधा दिइनु र उचित मानविय ब्यावहार कार्यस्थलमा नगरिनु

(४)कम्पनिमा  नेपाली नेपाली बिच प्रतिस्पर्धा हुनु र एक आपसमा समझदारी नहुनु र मानसिक रुपमा सत्रुताको ब्यवहार गरिनु

(५)साथी साथिमा एक अर्काको कामको नभै तलव सुविधाको तुलाना गरिनु  कमसल परिनुमा नैरश्यता उतपन्न भइ मानसिक तनावमा परिनु

(६)अवश्याक भन्दा बढी नशालु परदार्थको सेवन गरिनु

इत्यादी कारण हरु हुन सक्छ ।

 आफ्नो जिन्दगी आफ्नै जस्तो गर्ने हो अरुको जस्तो बनाउने सपनाले पिरोल्छ दिन रात सन्तुष्टि त हामिलाई पक्कै मिल्दैन त्यो असन्तुष्तिले केहि गर्न प्रेरित गर्छ औधी असन्तुष्तिले जिन्दगिलाई मृत्यूको बाटोतिर धकेल्ने गर्द्छ केहिहदसम्म सन्तुष्टि हुन कोशिस गरौं सकरात्मक बनौ भबिश्य बनाउन आएका हामी आफ्नो र परिवारको भबिश्यलाई सकेसम्म उज्ज्वल पार्ने पाइला अगाडी बाढाऔ भएन भने पनी के छ हिजो खोले फाडो सिस्नो गुन्द्रुक खाएर पनी जिन्दगी चलेकै थियो अरुले के भन्लान ?आफ्नो असफलतामा भन्ने चिन्ता सबैमा हुन्छ तर एक असफलताले हजारौ पाठ हरु सिकाइ रहेको हुन्छ । दिन पछी रात,रात पछी दिन पक्कै आउछ आएन भने रातमै बिताउला भन्ने शाहसले केहि हद सम्म बलियो मन पार्ला कि? कसो……………

       आहाले ३हर्दिया धनकुटा नेपाल

       हाल:दक्षिण कोरिया ,खिम्पो

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...