२३ औं विश्व आदिवासी दिवसको सन्दर्भमा पत्रकार सम्मेलन


काठमाडौं, २३ औं विश्व आदिवासी दिवस (९ अगष्ट २०१७) को सन्दर्भमा आदिवासी किरात महासंघ, सूचीउन्मुख आदिवासी जनजाति संघर्ष समिति, आदिवासी जनजाति सूचिकरण संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा २४ साउनका दिन मधेश मिडिया हाउस, काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मंत्रीहरूबाट पटक पटक सूचीकरणको समस्यालाई समाधान गर्ने प्रक्रिया अघि बढाएको भए तापनि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघले नै ४३ भन्दा बढी सूचीउन्मुख आदिवासी जनजाति समुदायहरूलाई सूचीकृत गर्न वाधा अडचन गराइ अन्य जातिको पहिचानभित्र रहन वाध्य गराइरहेको जानकारी गराइएको थियो ।

प्रतिष्ठानको विद्यमान संचालक परिषदको गठन हुने प्रकृया र संरचना तथा जनजाति महासंघको विद्यमान प्रवृत्ती र विधानमा सदस्यता तथा संरचना समावेशी नबनाए २३ लाखभन्दा बढी जनताहरू असमानता, विभेद, अन्यायमा परिरहने हुनाले सरोकारवालाहरूले यथाशिघ्र समस्याको समाधान गर्न माग गरेका थिए । साथै अन्याय, विभेदलाई प्रश्रय दिइरहने संघसंसथाहरूको आवश्यकता नरहेको समेत जनाएका थिए ।

प्रेस विज्ञप्तिको वाचन आदिवासी जनजाति सूचीकरण संयुक्त संघर्ष समितिका संयोजक राजन डोनेले गरेका थिए । पत्रकारहरूको थप जिज्ञासालाई सम्बोधन गर्ने क्रममा सूचिउन्मुख आदिवासी जनजाति संघर्ष समितिका महासचिव कुमार विक्रम खवास र आदिवासी किरात महासंघका अध्यक्ष पृथ्वीराज मुकारूङ बान्तवाले विद्यमान आदिवासी जनजातिको ५९ जाति वा समुदायको सूची अवैज्ञानिक र असमावेशी रहेकोले ठोस मापदण्डका आधारमा आदिवासी जनजाति आयोगले पूर्णरूपमा पूर्नसूचीकरण गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रमको संचालन तथा समापन सूचीकरणको सवाललाई प्रारम्भकालदेखीनै जनपैरवी गर्दै आएका चन्द्रसिंह कुलुङले गरेका थिए । उक्त कार्यक्रममा वाचन गरिएको प्रेस विज्ञप्तिको पूर्ण पाठ संलग्न छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...