मर्सले ११ को मृत्यु, संक्रमित पत्ता लगाउन अस्पताल असफल
ऐश्वर्य श्रेष्ठ
सोल- दक्षिण कोरियामा मर्स भाइरसबाट मर्नेको संख्या शुक्रबार थप एक जनाको मृत्यु भएसंगैं ११ पुगेको छ । शुक्रबार बिहान एक ७२ बर्षीय बृद्ध महिलाको मृत्यु भएको हो ।
मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाईरसबाट संक्रमित ती महिला जुन ४ मा फेनथेकसिथत एक अस्पतालमा उपचारको लागि भर्ना भएकी थिईन् । स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाए अनुसार हालसम्म मर्सबाट संक्रमितको संख्या १ सय २६ पुगेको छ ।
त्यसैंगरी सामसुङ मेडिकल सेन्टर सोल मर्सबाट संक्रमित बिरामी पत्ता लगाउन असफल भएको छ । अस्पताल स्रोतले दाबी गरे अनुसार सोलको सबभन्दा ठुलो सामसुङ मेडिकल सेन्टरले मर्स आशंकामा अस्पताल आएका बिरामी मर्स लागेको हो होइन भनेर प्रमाणित गर्न असफल भएको हो ।
स्वास्थ्य तथा कल्याण मन्त्रालयले एक ७७ बर्षीय महिला मे २७ मा मर्सको परिक्षण गर्न अस्पतालमा भर्ना भएकी थिईन् । तर उनलाई अर्थोपेडिक हाडसंबन्धी रोग डिपार्टमा राखेर उपचार गरिएको थियो ।
ती महिला मर्स भाइरसबाट संक्रमित बिरामीको समपर्कबाट आइन या कसरी सो अस्पतालमा आइपुगिन् भन्ने कुरामा समेत अस्पताल अनभिज्ञ छ । जसको कारण अरुमा समेत मर्स फैंलिएको आशंका गरिएको छ । ती महिलालाई धेरैं दिनपछि मात्र अस्पतालमा अलग राखिएको हो ।