Advertisement
SKIP THIS

कोरियामा नेपाली कामदारले ध्यान दिनैपर्ने कुराहरु


अनिल गुरुङ
घटना नम्बर एक :
एक जना नेपालीको  रोग व्याधिका  कारणले  मृत्यु भयो । घरमा परिवार माथि ठूलो आपत पर्न गयो ।  बीमा कम्पनीमा बीमा दावीका लागि कागजातहरु पेश गरियो तर के थाहा भयो कि उनको कोरिया बसाई अवधि तीन बर्ष पुरा भएर पनि बढी भई सकेको रहेछ । थप एक बर्ष दश महिनाको करार नविकरण भई भिसा थप समेत भएको तर उनले सामसुङको दुर्घटना बिमा नविकरण नगर्नु भएको कारणले परिवारले कोरियाको बीमा बापतको मुख्य रकम प्राप्त गर्न नसक्ने रहेछ ।

 

 

कोरियामा शुरुको कार्य अवधि तीन बर्षको हुने हुनाले शुरुको दुर्घटना बिमा  पनि प्रारम्भमा तीन बर्षको नै हुने गर्दछ । अर्थात शुरुमा दुर्घटना बिमा  बापतको प्रिमियम पनि तीन बर्षको बुझाइएको हुन्छ ।  तीन बर्षको अवधि समाप्त भएपछि थप १ बर्ष दश महिनाको करार नविकरण भएको अवस्थामा आफनो दुर्घटना बिमा  पनि नविकरण गर्नुपर्छ । बीमा नबिकरणका लागि शुरुमा आफूले तालिम केन्द्रमा दुर्घटना बिमा गर्नका लागि खोलेको बैंक खातामा आवश्यकता अनुसारको रकम जम्मा गरी प्रिमियम तिर्नका लागि फोन मार्फत सामसुङमा जानकारी गराई बीमा करार नविकरण गर्न सकिन्छ । यस सम्बन्धमा सामसुङ  कम्पनीमा  फोनबाट ( फोन नम्बर ०२२-११९-२४०० ) पनि सम्पर्क राख्न सकिन्छ । सामसुंङले अहिले सप्ताहमा एक पटक नेपाली दोभाषेको व्यवस्था पनि गरेको छ साथै अंग्रेजी भाषाका लागि उल्लेखित फोन नम्बर ०२२-११९-२४०० नम्बर पछि २ अंक थिचेर कुरा गर्न पनि सकिन्छ ।

 

 

घटना नम्बर दुई:
रुपन्देहीका रुपेश र दिपायलका दिपेशसंगसंगै काम गर्थे । जाडोका महिनामा राती अकस्मात हल्ला सुनियो । दुवै जना तत्काल सुतेको स्थानबाट बाहिर निस्किए । कम्पनीको आवास गृहमा ठूलो आगलागी भएको रहेछ । हेर्दा हेर्दै रुपेश र दिपेशको कोठा पनि खरानी भयो ।  भोलि पल्ट पुलिसले सबै मुचुल्का बनायो । के के जल्यो ? पासपोर्ट, नागरिकता, एलियन कार्ड ईत्यादि । नम्बर थाहा छ ? छैन । पर्‍यो फसाद । दुतावास धायो । नम्बर तथा जारी मिति थाहा नभएको तथा पासपोर्टको कपि पनि नभएको अवस्थाले गर्दा  नयां पासपोर्ट बनाउन पनि ठूलै  फसाद पर्‍यो । यस्ता अवस्थामा के गर्ने ? आफनो राहदानी तथा नागरिकता एवम् एलियन रजिष्ट्रेशन कार्डलाई सुरक्षित राख्नु पर्छ । कुनै अवस्थामा के पर्छ पर्छ भन्ने विचार गरी उल्लेखित कागजातको फोटोकपि गरेर आफनो साथमा तथा कम्पनीमा पनि राख्नु बेस । आज भोलि स्मार्ट फोनमा फोटो खिचेर राख्नाले पनि धेरै काम गर्दछ । घर बिदामा जांदा पासपोर्ट तथा नागरिकता लगायत एलियन रजिष्ट्रेशन कार्डको एक प्रति फोटोकपि घरमा राखी छोड्नु पनि उपयुक्त नै हुन्छ ।

 

 

घटना नम्बर तीन :
एक जना बस्नेत थरका मित्र एक दिन  रिसाउदै आई पुगे । हेर्नास सर मेरो नाम अवैधानिकको लिस्टमा कसरी आयो ? म ई ९ भिसामा आए पनि मैले भिसा परिवर्तन गरी सकेको छु । अब मैले यहि बिहेबारी गरेर पारिवारिक भिसा बनाएको मान्छेलाई अवैधानिक भनेर टेन्सन दिने ? मैले प्रतिप्रश्न गरे : तपाईले भिसा परिवर्तन गरेको जानकारी नेपालको सम्बन्धित निकायलाई दिनु भएको छ ? छैन, किन दिने ? वहांले कडकिदै जवाफ दिनुभयो । अनि कसरी थाहा हुने कि तपाईले भिसा परिवर्तन गर्नु भयो भनेर ? मैले भने ।

 

 

ई ९ भिसामा ईपिएस कामदारको रुपमा कोरिया प्रवेश गरेकाहरुले आफनो परिवर्तित भिसाको बारेमा नेपालको सम्बन्धित निकायलाई जानकारी गराएमा माथि उल्लेखित समस्याबाट छुटकारा पाउन सकिन्छ । अनावश्यक रुपमा अवैधानिकको सज्ञा ग्रहण गर्नु पर्दैन ।

घटना नम्बर चार :
झापाका झपिन्द्र कोरिया आएको तीन बर्ष पूरा भई घर पुगे । धुमधामसंग नेपाल घुमे, बिहे पनि गरे । कोरिया फर्कने दिन पनि आई पुग्यो । श्रीमति समेत एयरपोर्टमा छोड्न आई पुगिन । हात हल्लाएर श्रीमतिसंग विदा भएर भित्र रहेको एयरपोर्टको  टिकट काउटरमा पुगे । राहदानी र टिकट देखाए । ए तपाईको त श्रम स्वीकृति नविकरण नभएको रहेछ । नविकरण गरेर आउनुस, काउटरको मान्छेले यसो भन्दा त झपिन्द्र छक्क परे । यता प्लेन छुट्ने बेला , कता जाने जाने । प्लेन पनि छुट्यो । आपत् पर्‍यो । पुन श्रमस्वीकृतिका लागि जानु पर्‍यो । बाहिर निस्केर श्रीमतिलाई फोन गरे  ूमैया मेरो फ्लाईट हुन सकेनू  । केही क्षण त श्रीमति पनि छक्क परिन कि साच्चै आफनो श्रीमान् कोरियाको भिसावाल पो हो कि होईन ?

सन् २०१२ को अन्तिम पछि कोरिया प्रवेश गरेका ईपिएस कामदारहरुको श्रम स्वीकृति पांच बर्षको छ तर सो भन्दा अगावै प्रवेश गर्नेहरुको भने तीन बर्षको छ । आफनो राहदानीको पछाडिको पानामा टांस गरिएको श्रम स्वीकृतिबाट पनि सो कुरा पत्ता लगाउन सकिन्छ । ३ बर्ष का श्रम स्वीकृति लिई आएकाहरुले नेपाल  जांदा थप श्रम स्वीकृति लिनु पर्छ । ईपिएस कामदारहरुले श्रम स्वीकृति लिनका लागि ईपिएस  शाखा ग्र्वाको मा सम्पर्क राख्नु पर्दछ ।

उल्लेखित सबै पात्र काल्पनिक हुन् तर घटना सत्य हुन् र मैले कोरियामा रहेका नेपाली कामदारहरुको हित तथा संचेतनाका लागि अभिव्यक्त गरेको हु । आशा छ हामी सबै उल्लेखित बिषयहरुमा सजग हुनेछौ ।

(लेखक सोलस्थित नेपाली दूताबासका श्रम सहचारी हुन् )

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा
  • एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...