Advertisement
SKIP THIS

पहिचानकै आधारमा प्रदेशको नाम राख्न माग


अशोक सुजन श्रेष्ठ
हेटौडा -खोला, हिमाल, पहाडले पहिचान नमागेको भन्दै जातीय पहिचानकै आधारमा संघीय प्रदेशको नाम राख्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । मगर सचेतना तथा संगठन सुदृढीकरण राष्ट्रिय अभियान अन्तरगत आज (जेठ २५ गते) हेटौडामा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले आदिवासीहरुको धैर्य र संयममतालाई कमजोर ठानी सशक्त रुपमा उठ्न बाध्य नपार्न चेतावनी समेत दिए ।

बिगतमा राज्य र शासकले दोश्रो दर्जाको नागरिक मानेकाले बिश्वमा चलेको चलन अनुसार उत्पीडित आदिवासी जनजातीकै पहिचानका आधारमा प्रदेशको नाम नराखे ठुलो मुल्य चुकाउनुपर्ने उनीहरुको भनाई थियो  ।

कार्यक्रममा नेपाल मगर संघको संगठनात्मक पद्दती र नेतृत्व बिकास, आदिवासी जनजातिले खोजेको संघीय संरचना र मगरात स्वायत्त प्रदेश, बैशाख १२ गतेको महाभूकम्प, यसले पारेको असर र हाम्रो भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघका महासचिव नवीन रोक्का मगर, सचिव एवम् संगठन संयोजक ज्ञानेन्द्र पुनमगर र पूर्वाञ्चल उपाध्यक्ष गंगा थापा मगरले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । नेपाल मगर संघका  केन्द्रिय अध्यक्ष महेन्द्र राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य एवम् नारायणी अञ्चल संयोजक बिश्व आले मगरले सहजिकरण गर्नुभएको थियो ।

नेपाल मगर संघका मकवानपुर, बारा, पर्सा, रौतहट र चितवनका प्रतिनिधिको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य एवम् नारायणी अञ्चल सहसंयोजक देवी श्रीस मगर, मध्यमाञ्चल उपाध्यक्ष चित्रबहादुर लुङ्गेली मगर, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगर लगाएतको आतिथ्य रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...