मर्स, एनसीसी र हिङको टालो (विश्लेषण)


खेम कार्की

नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष लोचन राईले फेसबुकमा स्टाटस राख्दै आफु केही सानो विरामीले हस्पिटल आउनु परेको संकेत गरे । मे १८ मा उनले त्यो स्टाटस हालेको भोलीपल्ट मे १९ मा अर्को स्टाटस आयो एनसीसी बुसानका अध्यक्ष एल वि विष्टले फेसबुक बाटै आफू अस्पतालमा रेष्ट गर्नुपरेको अवस्थाको जानकारी दिदैं स्टाटस हाले ।

दुवैजना  दुर्घटनाको कारण अस्पतालमा उपचार गराईरहेको संकेत गरेका थिए । एक अर्को कारणले दिएको सानो चोट त एक कम्पनी दुर्घटना ।  संयोग भन्नुपर्छ एनसीसी का कोरिया अनि बुसान दुवै अध्यक्ष विरामी भएर अस्पतालमा थिए ।

मानिस त विरामी हुन्छ केवल दुवै एक पटक विरामी हुनु संयोग हो तर कोरियामा एनसीसी विरामी अवस्थामा भएको चर्चा चलिरहेको बेला दुवै अध्यक्षका यस्ता स्टाटसले केही झस्काएको चाहि थियो ।

 

कोरियामा जुन २८ मा एनसीसी अधिवेशन आउदैं गर्दा कोरियामा बढ्दो गर्मीसंगै यसको गर्मी पनि बढ्दै गईरहेको थियो । माथि लेखिएको शीर्षक दलदलमा एनसीसी जुन प्रत्यके स्टेपमा धस्दै गईरहेको अनुभव हुन्छ मौखिक रुपमा भनेर अर्को अर्थ लगाउने हो भने कोरियाका विभिन्न राजनैतिक संगठन भनिने दल दलमा अहिले एनसीसीको अध्यक्ष कसलाई बनाउने भन्ने चर्चा पनि चलिरहेको छ । तर हामीलाई  कोरियामा रहेको एनसीसी  किन भासिदैं गईरहेको भन्ने चिन्ता सवत्र छाईरहको आभास भईरहेको छ । कोरियाका विभिन्न संघ संस्थाहरुविच यसलाई राख्ने या नराख्ने भन्ने विषयको चर्चा परिचर्चा चलिरहेको छ । कोही यसलाई पुन नया ढंगमा संचालन गर्नुपर्ने पक्षमा छन त कोही यसलाई एनआरएनमा मर्ज गरेर जानुपर्छ पनि भनिरहेका छन ।

सस्थाका अध्यक्षहरु विरामी भएर बस्नु एक प्रकारको संकेत हो । अध्यक्ष लोचन राईले आफू स्वस्थ्य भईसकेको र बुसान अध्यक्ष विष्ट ठीक नभईसकेको जानकारी दिएर केन्द्रीय अधिवेशन निश्चित भएको भएपनि बुसान अधिवेशन अनिश्चित रहेको संकेत गरे । यता  एनसीसी यो एउटा संगठन यसलाई अहिलेको विरामीबाट मुक्त कसरी गर्ने प्रमुख समस्याको रुपमा देखिपरेको छ ।

कसरी पुग्यो आईपुग्यो अहिलको अवस्थामा

नेपाली सम्पर्क समिति दक्षिण कोरियामा १९९३ सालमा स्थापित नेपालीहरुको पहिलो ठूलो सामुदायिक संस्था हो । शुरुका दिनमा यसले दुतावास नहुँदा पासपोर्ट बनाउने देखि आपत विपतमा परेका नेपालीलाई सहयोग गरेको धेरै ईतिहास सुन्न पाईन्छ । तर पहिलेको ईतिहासले मात्र यो संस्थालाई टिकाउन सक्ने अवस्थामा छैन विगत केही समयदेखि नेतृत्वको अदुरदर्शी सोच कार्यसमितिको असफल रणनीतिको कारण एन सि सि अहिलेको संकटपुर्ण अवस्थामा आईपुगेको छ । एन सि सि जस्तो संस्था विघटन र मर्ज सम्मको अवस्था सम्मको चर्चा परिचर्चाका समाचार र भिडियो आउन थालेपछि एन सी सी कुन अवस्थामा गुज्रिरहेको छ भन्न गाहे छैन ।
कार्यक्रम बाडफाडको विवाद
एनसीसीमा सबैभन्दा विवादित विषय भनेको हरेक चुसक र सलनालमा गरिने सांस्कृतिक कार्यक्रम पनि हो । केही वर्ष पहिले यसलाई व्यवस्थित गर्न भन्दै विभिन्न संघ संस्था मिलेर बनाईएको साझा नितीहरु पनि बेला बेलामा पालना नहुदा हरेक सांस्कृतिक कार्यक्रममा कार्यक्रम जुध्ने गरेको थियो । बनाइएको अवधारणा कै विपरित चितवन सम्पर्क समिति लगायत संस्थालाई कार्यक्रम दिईनु र पाउनु पर्ने संस्था भन्दा पनि एन सि सि को नेतृत्वमा बस्नेहरुको पहुँचको आधारमा कार्यक्रम वितरण गर्नुलाई कोरियाको संघ संस्थाले एन सि सिको मनपरी तन्त्रको रुपमा मान्दै आएका छन । पहिलेको दिनमा एन सि सि बलियो हुदा कार्यक्रम जुधाएर गर्ने संस्था पुर्ण रुपमा असफल हुन्थे तर आजकल त्यो अवस्था पनि छैन । गएको चुसकलाई मात्र आधार मान्ने हो भने अध्यक्ष लोचन राइको जिल्ला खोटाङ,उपाध्यक्ष केशव गौतमको जिल्ला रुपन्देही र बलराल पुन निकट मानिने मगर समाजलाई कार्यक्रम दिइनु संयोग मात्र नहुन सक्छ भन्नेहरु पनि छन । त्यसो त त्यस अघि पनि चितवन ,भोजपुर लगायत जिल्लाहरुको कार्यक्रम दिएका समयहरुमा पनि कार्यक्रम नपाएका संस्थाहरुले कार्यक्रम छनौटमा मनपरी गरिएको भन्दै विरोध हुने गरेको थियो । यही विरोधको शैंली संगै एन सि सि भित्र संघ संस्था भित्रको मनोमटाव बढ्दै गएको अनुमान गरिन्छ । पछिल्लो समय एन आर एन नेपाल हाउस  कोरियालाई एकतर्फि कार्यक्रम दिएर केही साहसिक निर्णय गरिएको भनिएको एन सि सिले कार्यक्रम जुधाउने संस्थाको विरुद्धमा प्रेस विज्ञप्ती समेत ननिकालेको र त्यसको विरुद्धमा पहल समेत नगरेको भन्ने आरोप पनि वेहेरयो । त्यसो त नेपाल हाउस कार्यक्रममा मह जोडीको कार्यक्रम हुनु अगाडि एन सी सी अध्यक्ष लोचन राई कै नेतृत्वमा महजोडी जस्तो राष्ट्रिय कलाकारलाई जनजाती विरुद्ध कार्यक्रम नगर्न भन्दै निरुत्साहित गरिएको घटना एन आर एन भित्र चर्चाको विषय बन्यो ।

एनआरएन र एनसीसीको सम्बन्ध

कोरियामा एन सि सि मर्ज हुने भन्ने विषय एन आर एनसंग जोडेर हेरिने गरिन्छ । पछिल्लो समय दुईवटा शक्तिशाली संस्था विच समन्वय नहुदा आपसी प्रतिद्धन्दी भावनाको विकास भएको छ । हुनत अहिलेको एन सी सी अध्यक्ष लोचन राई एन आर एन कोरियाबाट सार्वजनिक रुपमा राजिनामा दिएर एनसीसी अध्यक्षमा उम्मेदवारी दिन आएका हुन । उनको त्यसबेला एन आर एन संग विग्रिएको भनिएको सम्बन्ध एन आर एन छोडेर एन सी सी मा आउनुलाई केहीले प्रतिद्धन्दी भावना उत्पन्न हुनुको कारण भनेको छन भने कतिले यसलाई एन सी सि लाई एन आर एन मा विलय गराउने षडयन्त्र मान्दै आएका छन ।

पछिल्लो समय भुकम्प पिडिको लागि एन सि सि ले लोचन राइको नेतृत्वमा एन आर एन अध्यक्ष विनोद कुँवरलाई समेत सदस्य राखेर समिति बनाएको भन्नु यता विनोद कुवँरको नेतृत्वमा एन आर एन अनि सपोर्ट नेपाल जस्ता संस्थाले राहत उठाउनु अनि एन सि सि को समिति भित्र आफु नरहने जानकारी दिईसकेको भनेर एन आर एन अध्यक्ष विनो कुँवरले जानकारी दिनु बाट दुई संस्थाविच आपसी सम्बन्ध राम्रो नरहेको संकेत हो । त्यसो त कोरियमा एन सि सि लाई मर्ज गराउने पक्षमा धेरै जसो एन आर एन कै पदाधिकारीहरु रहनुलाई पनि रहस्को रुपमा हेरिएको छ ।

संस्थाको आर्थिक अपारदर्शिता

एन सि सि दक्षिण कोरिया एक ईतिहास वोकेको संस्था हो । तर आर्थिक विषयमा लामो समय देखि यो संस्था विवादमा छ । पछिल्लो समयमा लगातार आर्थिक विवादमा तानिएको यो संस्था आर्थिक कारण नै विस्तारै अविस्वसनिय बनेको छ । अहिलेको कार्यसमितिका अध्यक्ष लोचन राई काजगमा लेखेको शुन्य हिसाव मात्र आफूहरुले पाएको जानकारी दिएका छन । यस अघि लोचन राईको अध्यक्षतामा बनेको समिति अगाडि डेविट राईको अध्यक्षतामा बनेको कार्यसमिति पछि डेविट राई नेपाल गएपछि शंकर वस्नेत कार्यवाहक अध्यक्ष गए उनी पनि विदामा नेपाल गएपछि कार्यवाहकको काम नरेन्द्र ढकाललाई दिइएको भनिएको छ । यही समयमा अधिवेशन हुुने भयो यसलाई कार्यवाहक अध्यक्ष शंकर वस्नेतले आफू आएपछि मात्र अधिवेशन गर्न माग गदैं प्रेस विज्ञप्ती जारी गरे । उनले अधिवेशन गरे त्यो अवैधानिक हुने र त्यसलाई नमान्ने समेत बनाएका थिए । त्यो वैधानिक र अवैधानिक विवादले हाल सम्म कार्यवाहक बनेका शंकर बस्नेतले एन सि सि सबै कार्यक्रम वहिस्कार बताएबाट यो लामो प्रकृयामा यसको आर्थिक हिसाब प्रस्ट हुन सकेन ।  अहिलेको कार्यसमितिले पनि त्यसलाई हिसाब अन्तिम यति नै हो भनेर राम्रोसंग प्रस्ट पार्न सकेत ।

त्यसो त १२ देखि १४ वर्ष अगाडिको एन सि सिको रु २ लाख भन्दा बढि रकम नेपालमा जगनाथ ओली , नवराज पन्त र थानेश्वर बन्जाडेको नाममा रहेको श्रोतको दावी छ । एन सि सि हरेक संस्थासंग कार्यक्रम गरेवापतका रकम के मा खर्च गर्छ र किन रकम लिन्छ भन्ने कारण र हिसाब प्रष्ट दिन नसक्दा पछिल्लो दिनमा एन सि सि ले आफ्नो विश्वसनीयता गुमाउदै गएको छ ।

जन २८ तारिकको अधिवेशनको उत्साहमा कमि

यसो त यही २०१५ को जुन महिनामा एन सि सी कोरियाले आफ्नो अधिवेशन गर्ने मिति तोकेको छ । यसअघि बारम्बार सरेको यो अधिवेशन यसपटक भने तोकिएको मितिमै गर्ने एन सि सि कोरियाको अध्यक्ष लोचन राइको दावी छ । पहिलो जस्तो उत्साह नआउनु भुकम्प लगायको पछिल्लो अवस्थालाई उनले कारण ठानेपछि एन सि सि प्रतिको अविस्वास पनि त्यसको कारण हो ।

उम्मेदवार दिने मिति जुन १४ तारिख नजिक आउदा पनि यसको नेतृत्वको लागि चाख देखाउनेहरु अगाडि आएका छैनन । जुन २१ मा आपसी छलफलको लागि विभिन्न संघ संस्थाहरुलाई बोलाएको एन सि सि केन्द्रले हाल सम्म बुसान अधिवेशन गर्न सकेको छैन । बुसान अध्यक्ष एल वि विष्ट विरामी भएको विशेष अवस्थाले समयमा बुसान अधिवेशन गर्न नसकिएपनि यसलाई गराउने तयारी भईरहेको पनि राईले बताए । पहिलो जस्तो चुनावी वाताररण नभएपनि  आन्तरिक रुपमा केही साथीहरु ईच्छुक भएकोकारण रामै उपस्थिती हुने राईको बुझाई छ ।

एनसीसी पदाधिकारी नै अन्योलमा

दक्षिण कोरियामा रहेको एन सि सि संस्थालाई कसरी अगाडि लैजाने भन्ने विषयमा यस संस्थाका पदाधिकारी नै अन्योलमा छन । यसका प्रमुख पदका व्यक्तिहरु नै अन्य संघ संस्थाका व्यक्तिहरु संग यसको अस्तित्व सकिएको र मर्ज गर्नुपर्ने धारणा राख्दै हिडेको बताईन्छ । अध्यक्ष लोचन राईले भने यो संस्थालाई विघटन गर्ने पक्षमा आफू १प्रतिशत पनि नरहेको र कहिले यस्तो धारणा नराखेको दावी गरेका छन । तर यसको अवको बाटोको विषयमा संस्था भित्रै भएको विचलन संस्थालाई अगाडि बढन बाधक रहेको छ ।

अव के होला ?

एन सि सि लाई कुन अवस्थामा लैजाने र कहा पु¥याउने भन्ने कोरियामा रहेको विभिन्न संघ संस्था र नेपाली समुदायको हातमा छ । अहिलेको अवस्थामा एन सि सि चल्नै सक्दैन । यसकारण यसलाई व्यवस्थित ढंगले चलाउनु पर्छ अन्यथा अन्य संस्थामा लगेर मर्ज गर्नु वा विघटन गर्नुको वाहेककको विकल्प रहदैन । यदी यसलाई नराख्ने हो भने सामुहिक निर्ण गरेर बेलामा निर्णय गर्दा हुन्छ । यदि राख्ने हो भने यसको विस्तृत कार्ययोजना बनाएर कोरियाका सम्पुर्ण संघ संस्था एक भएर अगाडि बढनु पर्छ । वैशाख १२ को भुकम्प पछिको विशेष अवस्थामा जसरी नेपालका राजनीतिक दलहरु मिलेर संविधान,राष्ट्रिय सरकार जस्ता विषयमा छलफल गरी पुर्ननिर्माणमा लाग्ने भनि छलफलमा जुटेका छन यही एकताको विशेष अवस्था अनुसार कोरियाका नेपालीहरु सामुहिक रुपमा यसलाई अगाडि बढाउने योजना लैजानुपर्छ ।

मजदुरहरुको भरपर्दो संस्था

 

एन सि सि दक्षिण कोरिया मजदुरहरुको समस्या हेर्नको लागि मजदुरहरुले गठन गरेको बलियो संस्था हो । पहिलो एन आर एन ले नेपाल हाउसको अवधारणा ल्याउदा म आफै पनि थिए यसले मजदुरहरुको लागि भनेर नेपाल हाउस बनाए पछि पछिल्लो दिनमा पर्यटन हाउसमा परिणत गरिसकेको छ । नेपाल हाउसमा रहेको शेल्टर हात्तिको देखाउने दात मात्रै हो । यसको लागि ठोस कार्यनीतिसाथ बढने सक्ने संस्था भनेको एन सि सि नै हो । दक्षिण कोरियामा रहेका विभिन्न माईगे्रन्ट हाउस संग सहकार्य गर्न सके र कोरियामा रहेको २६हजार भन्दा बढि रहेका मजदुरहरुसंग सहकार्य गर्न सके एन सि सि लाई पुरानो अवस्थामा आउन धेरै समय लाग्ने छैन ।

 

अवको बाटो

 

एन सि सि कोरियालाई विभिन्न संघ संस्थाको छाता संगठन भनिन्छ तर त्यस अनसारको संरचना छैन । दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाहरुका अध्यक्षहरुलाई पदेन सदस्य बनाएर संस्थालाई एक छुट्टै संरचना निर्माण गर्न सकिन्छ । हरेक संस्थाबाट ५ जनाको दरले पदाधिकारीहरुलाई भोटको अधिकार दिई ५ जना अध्यक्ष ,उपाध्यक्ष,सचिव,सहसचिव ,कोषाध्यक्ष जस्ता पदाधिकारी निर्माण गरेर जानुपर्छ । संघ संस्थाहरुको सामुहिक नेतृत्वबाट चल्ने फरक खालको संस्था भयो भने मात्र यो छाता संगठन बन्न सक्छ । यसका लागि कोरियाका सबै संघ संस्था तथा समुदाय संग हातेमाले गरेर जाने वातावरण तयार हुनुपर्छ । अहिलेको अवस्थालाई हेर्दा आन्तरिक तयारी तिव्र रुपमा बढेको दावीहरुलाई मान्ने हो भने यस पटक एन सि सि को अधिवेशन ढिलो चाडो हुने नै भयो । लोचन राई ले अबको कार्यसमितिमा आफ्नो धारणा अहिलेको भन्दा नया युवा शक्ति आउनु पर्छ भनेर राखे ।

 

 

यो प्रसंग विरामी बाट शुरु भयो अहिलेको एन सि सि विरामी अवस्थामा नै रहेको राइको यो नया युवा शक्ति भनेर एन सि सिमा रहेका बाहेकको नया नेतुत्वको  संकेत हो । एन सि सि लाई विरामी अवस्थाबाट उठाउने हो भने अव रोगी उम्मेदवार हैन निरोगी ,नया जोश जागँर र विचार भएको नेतृत्व खोज्नुपर्छ जसले एन सि सि लाई अहिलेको दलदलबाट निकाल्न सकोस । यसको लागि कोरियामा रहेका सम्पुर्ण संघ संस्था र समुदायले संयुक्त पहल गर्नु पर्दछ । यस्तो अवस्थामा जवरजस्ती अधिवेशन गर्न खोजे सबै सदस्यहरुको उपस्थिती हुने अवस्था रहदैन त्यो भन्दा बढि मर्सको खतरातर्फ ध्यान दिन नसके यसको दोष वर्तमान कार्यसमिति र निर्णायक मण्डलमा पर्ने खतरा पनि छ ।

 

 

सवै संघ संस्थाहहरुको छाता संगठनको रुपमा विस्तार गर्ने हो भने आपसी सहमतिमा काम गर्नुपर्दछ । यसो नगरे हिङको टालो मात्र साबित हुने छ |  अहिले मर्स रोगको भयावह अवस्थाको कारण केही समय स्थगित गरेर आपसी सहमतिको प्रयास गर्नु नै वुद्धिमानी हुन्छ ।
लेखक परदेशी लाइफ डटकमका प्रधान सम्पादक हुन् | 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...