कोरियामा काम गर्दै फुटबल खेलमा अगाडी बढेका बिमल


सउल,
जती धेरै कोरियामा च्याउसरि संघसंस्था छ त्यति नै यससँग निकट फुटबल क्लबहरु छन । प्रत्येक् महीना यहाँ फूट्बल गेमको आयोजना हुन्छ । वैदेशिक रोजगारिको सिलसिलामा EPS प्रणालिबाट आएको युवाहरु स्पोर्टसमा सकृय छन । ती मध्ये एक राम्रो मिड फिल्डर खेलाडी हुन   बिमल राई  ।
बुवा कल्याण कुमार राई र अामा चन्द्राकला राईको कोखबाट कान्छा छोराको रुपमा बिक्रम सम्बत् २०४५ सालमा भद्रपुर -३ पृथ्वीनगर, झापामा जन्मीएका राई बाल्यकाल देखिनै फूट्बल राम्रो खेल्थे । सुरुमा आफ्नै स्थानिय क्लब हुदै जिल्लाको चर्चित मुनाल एफसीबाट खेल्दै झापा ११”ए “डिविजनबाट क्षेत्रिय ,रास्ट्रिय स्तरमा बुढासुब्बा , झापा भिमनारायण ,मदन भण्डारी गोल्डकप र अन्तरराष्ट्रियमा इन्डिया, भुटानसम्मको खेलमा अभ्यस्त भए । यसैको फलस्वरुप उनी फूट्बलमा भविस्य खोज्न काठमाडौं आए र त्याँहाको बि डिविजन च्यासल एफ. सि हाल “ए ” डिविजन क्लब बाट राम्रो फूट्बल खेल्न सुरु गरे ।
राम्रो खेल खेलेपनी ब्यावसायिक र आर्थिकरुपमा राजधानीमा सफल हुन गाह्रो भएछी उनी आफ्नो करियर बनाउन बिदेश आए । कम्पनिमा काम गर्दै फुर्सदको समयमा बिस्तारै उनी इयु एफसी, धरान एफसी साउथ कोरियाबाट गेम सूरु गरे र पछी आफ्नै जिल्लाको क्लबमा आबद्ध भए र आफ्नो उत्कृष्ठ खेल र मेहेनतले झापा FC ,दक्षिण कोरियालाई डिफेन्डिङ च्याम्पियन र दाबेदार टिम बनाए । उनले झापा FC,साउथ कोरिया ,धरान एफसी र अन्य क्लबबाट खेलेर हालसम्म तीलिचो, चर्च , मासक , बुढासुब्बा , डेउ , माछापुछ्रे र नागार्जुन् कप प्रतियोगिता जीत्नमा महत्वपूर्ण भूमिका निभाएका छन् भने धेरै प्रतियोगितामा फर्स्ट रनर्अप (सेकेन्ड )भएका छन् ।
बेस्ट प्लयेर्रको उपाधि चुमिसकेका उनी अहिले कप्तानको भूमिकामा नीतान्त झापा एफसी ,दक्षिण कोरिया क्लबलाई अगाडि बढाइरहेका छन । खेल उत्कृष्ट खेलेकोले आफ्नो क्लबको अनुपस्थितिमा अन्य क्लबबाट पनि गेम खेल्छन् र कोरियन वोन एक लाख देखी डेढ लाख नेपाली (रु दश हजार देखी पन्ध्र हजार )सम्म पाराश्रमिक् लिने गर्छ । राई हालै झापाकी नर्स अनिता राईसँग बैवाहिक बन्धन बाँधिएका उनी यसरी बिदेशीभुमिमा ब्यस्त भएर पनि उत्कृष्ट खेल खेलेर सबै नेपालीको मनमा बस्न सफल र माया पाएर आगामि दिनमा नेपालको राम्रो “ए “डिभिजन क्लबबाट म्याच खेली आफ्नो शुभचिन्तकलाई खुशी र राष्ट्रको लागि केही गर्ने सोच छ । यसैको निम्ती अभ्यास ,मिहेनत ,शारिरीक सन्तुलन, लक्ष्य र फूट्बलप्रतिको लगाबमा निरन्तरता दिइरहेका छन् ।
अन्तयमा संस्थाहरुलाई प्रतियोगिता गराउन इजाजत दिएर आर्थिक फाईदालागि मात्र नभैई यस्ता राई र धेरै प्रतिभासालि युवा खेलाडिहरुको ,भविस्य र सपनालाई पुरा गर्न नेपाल फूट्बल संघ ,दक्षिण कोरिया कसरी ब्यावसायिकरूपमा अगाडि बढ्ने ।यिनिहरुको क्षमतालाई निखार्न अन्य राष्ट्रहरुसँग मैत्रिपूर्ण म्याच गराउने । राम्रो प्लयेरलाई यहाँको कोरियन क्लबहरुमा समाबेश गराउन परामर्स गर्ने किनकी कोरिया फिफा बरियतामा धेरै अग्र स्थानमा र प्रत्येक् वर्ल्डकपमा सहभागिता हुने राष्ट्र हो त्यसैले यस्ता बिविध कार्यहरुमा ध्यान दीए अबस्यनै नेपाली फूट्बलले भबिस्यमा एकदिन अन्तरराष्ट्रियस्तरमा फड्को मार्नेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
  • गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक
  • गायिका इन्द्रेनी लोप्चनको म्युजिक भिडियो ‘होई आपा होई आमा’ सार्वजनिक 
  • कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...