मर्सबाट ५ को मृत्यु,थप १४ जना संक्रमित
ऐश्वर्य श्रेष्ठ,सोल –
दक्षिण कोरियामा मर्स भाइरसबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम भाइरसबाट कोरियामा संक्रमितको संख्या पनि बढदैं गएको छ भने थप १४ जनामा यो भाइरस पाइएको छ ।
आइतबारसम्म संक्रमितको संख्या ६४ पुगेको छ ।९ सय भन्दा बढी विधालयहरु बन्द छन् भने सरकारले २४ वटा अस्पताल जहां मर्सको बिरामी पाइएको तथ्य समेत सार्वजनिक गरेको छ ।कोरियामा मे २० तारिखमा यो भाइरसको बिरामी पाइएको थियो भने कोरियाको प्यान्तेकमा पहिलो चोटी मर्सको संक्रमित बिरामी भेटिएको थियो ।
त्यसैैगरी एक सय सैंनिकमा पनि यो रोगको आशंकामा छुट्टैं राखी उपचार गरीरहेको छ ।विश्व स्वास्थ्य संगठनले दक्षिण कोरियामा एक टोली अध्ययनको लागि पठाउने भएको छ ।