Advertisement
SKIP THIS

छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने


 यही आउदो जुलाई ३० तारिख आइतबार छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि भलिबल सिजन २०१७ को लागी नेपाल कोरिया भलिबल सङ्घले ६ वटा (अप्रिल देखी सेप्टेम्बर सम्म) प्रतियोगिता आयोजना गर्ने अनुमती दिएको थियो । जस मध्ये छन्त्याल परिवार दक्षिण कोरियाले चौथो प्रतियोगिता आयोजना गर्ने अबसर प्राप्त गरेको थियो ।
सोही अनुरुप आगामी जुलाई ३० आइतबारको दिन तुङ्देमुन गु छेयुग्वानमा यस सिजनको चौथो प्रतियोगिता “शारिरिक तथा मानसिक तन्दुरुस्तताको लागि खेलकुदको आबस्यकता” भन्ने नाराको साथ आफुहरुले आयोजना गर्न गैरहेको छन्त्याल परिवार दक्षिण कोरियाका अध्यक्ष अमर भलन्जा छन्त्यालले बताउनु भयो । साथै उक्त प्रतियोगिता छन्त्याल जातिको हक अधिकार र पहिचानको निम्ती सम्पुर्न छन्त्यालहरुलाई एकबद्ध गरी सस्थागत एकताको स्थापना गर्नु हुने नेपाल छन्त्याल सङ्घका सस्थापक अधक्ष तथा स्व. सर्बमान्य दिल बहादुर घरब्जाको सम्झनामा समर्पित रहने पनि उहाले बताउनु भयो ।
छन्त्याल जाती तथा संस्था प्रती उहाले पुराउनु भएको योगदानको उच्च सम्मान गर्दै यस प्रतियोगिताको नाम ‘ सर्बमान्य स्व.दिल बहादुर घरब्जा छन्त्याल स्मृती कप्’ राखिने जानकारी गराउनु भयो । प्रतियोगितामा प्रथम हुने समूहलाई कपसहित १३ लाख वन प्रदान गरिने भएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः दश लाख वन र तीनलाख पचासहजार वन प्रदान गरिने छ ।
भलिबल प्रतियोगिताको लागी टाइसेट जुलाई २३ तारिख आइतबारको दिन नेपाल हाउसमा हुने भएको छ । जुलाई ३० तारिखमा कोरियामा प्राय कम्पनीहरुमा गर्मी बिदा पनि पर्ने भएकोले खेलाडि तथा दर्शकको उपस्थिती धेरै हुने  अपेक्षा आयोजकले गरेको छ । सोही अबसरमा खेलाडिहरु इच्छुक रहेमा महिला भलिबल पनि खेलाउने सोच रहेको अध्यक्ष  भलन्जा छन्त्यालले बताउनु भयो । यध्यपि, महिला भलिबलको लागी भने तुङ्गो अझै लागिनसकेको बताउनु भयो । उहाले सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई जुलाई ३० तारिख आइतबार को दिन तुङ्देमुन गु छेयुग्वानमा उपस्थित भई सम्पूर्ण नेपालीहरु गर्मिबिदामा भेतघात संगै भलिबल को मनोरन्जन लिन हुन छन्त्याल परिवार दक्षिण कोरियाको तर्फदेखी हार्दिक अनुरोध गर्नु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...